देश

मनाङमा चुनावी सरगर्मी बढ्दै

हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थि आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । दुई मुख्य दलले पुरानै अनुहारलाई जनतामाझ ल्याएको छ भने मनाङका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ हो । पार्टी नै नयाँ हुँदा मनाङवासीले साथ दिन्छन् वा दिँदैनन् भन्ने हेर्न चुनाव नै कुर्नु पर्नेछ ।… पुरा पढौ

आजदेखि राजनीतिक दलले चुनावकेन्द्रीत जुलुस र आमसभा

राजनीतिक दल तथा उमेदवारले आज (बिहीबार)देखि मंसीर १ गतेसम्म चुनावी प्रचार–प्रसार गर्दैछन्। निर्वाचन आयोगका अनुसार मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम… पुरा पढौ

लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस ‘हेर्दाहेर्दै’मा

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस प्रारम्भ भएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भए पनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ । सो मुद्दामा सरकारी वकिलका तर्फबाट चार जनाले बहस गर्दै लामिछानेले बलात्कार गरेको जिकिर गरे । भोलि लामिछानेका तर्फबाट बहस हुनेछ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते उक्त मुद्दा दायर गरिएको थियो ।… पुरा पढौ

प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेल्धुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए । उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । देउवा हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफैँ निजी निवासमा बसेका छन् । रासस पुरा पढौ

लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी

बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् । सेमिनारमा कराँते खेलका ख्याती प्राप्त प्रशिक्षकसमेत रहनुभएका जापान गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनकोसमेत उपस्थिीति रहने आयोजक संस्था जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका संस्थापक अध्यक्ष केबी रानाले जानकारी दिए । अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक… पुरा पढौ

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिए । जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । “बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक… पुरा पढौ

कला र संस्कृतिले भरिपूर्ण बागलुङमा बनाइन छोडे ‘बुट्टेनली’

बागलुङ । बुट्टेनली’ भन्दा बित्तिकै बागलुङको नाम आउँछन् । कला र संस्कृतिले भरिपूर्ण बागलुङलाई ‘बुट्टेनली’ को जिल्लाका रुपमा लिइन्छ । ‘बुट्टेनली’ को प्रख्यात जिल्ला बागलुङमा पछिल्लो समय ओझेलमा परेको छ । कला संस्कृति नै सङ्कटमा पर्न थालेपछि साख जोगाउनै मुस्किल छ । बागलुङवासीले मायाको चिनो र कोसेलीका रुपमा पाहुनालाई दिने बुट्टेनली अहिले बन्न छाडेका छन् । ‘बुट्टेनली’ बनाउन बाँस, गजिङ, मालिङ र लेकाली भूङको काठमा हातले कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिन्छ । ‘बुट्टेनली’ मा खासगरी विभिन्न देवीदेवता, व्यक्तिका चित्र,… पुरा पढौ

बालेनकै शैलीमा डोजर लिएर पुगे पोखराका मेयर

पोखरा, कात्तिक १४ पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकै शैलीमा सडकमा उत्रिएका छन् । पोखराका मेयर आचार्य काठमाडौंका मेयर बालेनकै शैलीमा डोजर लिएर अन्डरग्राउण्ड पार्किङ खाली गराउन पोखरा–४ र ९ चिप्लेढुंगा, महेन्द्रपुललगायतका क्षेत्रमा पुगेका हुन् । महानगर प्रहरीको एक टोली लिएर पुगेका उनले चिप्लेढुंगास्थित आरके बिल्डिङ, महेन्द्रपुलस्थित बिशालबजारलगायतका बजारको अन्डरग्राउण्ड खाली गराउन डोजर लगाएका हुन् । चिप्लेढुंगास्थित बिगबजार र गरिमा विकास बैंक रहेको भवनमा पनि डोजर लिएर पुगेका आचार्यलाई घरधनी र व्यवसायीले आफैले हटाउन शुरु… पुरा पढौ

एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

नेकपा एमालेले आज (मंगलबार) चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागले जानकारी गराएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीर ४ गते हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। पुरा पढौ

निर्वाचन आयोगविरुद्ध परेको रिटमा आज सुनुवाई

निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज (मंगलबार) सुनुवाइ हुने भएको छ। सोमबार रिट दायर भएपछि आजका लागि प्रारम्भीक सुनुवाइको समय तोकिएको हो। सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए। रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्ति जारी गरेको दाबी गरिएको छ। पुरा पढौ