देश

मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान

बागलुङ । गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् । सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन् तर मूल्य वृद्धिको मारले थिचेको छ । दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन् । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन् । बजार मूल्य… पुरा पढौ

पञ्चासेमा तोरण महोत्सव गरिँदै

पर्वत । पर्वत, कास्की र स्याङ्जा जिल्लाको सङ्गमस्थल प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा तोरण महोत्सव गरिने भएको छ । यही कात्तिक १८ गते हरिबोधनी एकादशीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पछिल्लो समय पवित्र कालीगण्डकी नदीमा तोरण तार्ने प्रचलन लोपहुँदै गएकाले त्यसको जगेर्नाका लागि पञ्चासेमा विगत पाँच वर्षदेखि निरन्तर उक्त महोत्सव गरिँदै आइएको छ । हरिबोधिनी एकादशीलाई तोरण तार्ने दिनका रूपमा पनि लिने गरिन्छ । दुई–तीनदशक अगाडिसम्म जिल्लामा ‘तोरण तार्ने’ लाई ठूलो उत्सवका रूपमा लिने गरिन्थ्यो । हरिबोधिनी… पुरा पढौ

पञ्चकोट चिनाउन दोहोरी

बागलुङ । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । चल्तीका गायक÷गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न÷सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो । चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए । गायक÷गायिकाको… पुरा पढौ

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न

मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा… पुरा पढौ

माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

मंसीर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दैछन्। माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको जनाएको छ। माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उठाएको जनाएको छ। एकीकृत समाजवादीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्न लागेको छ। नागरिकको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने… पुरा पढौ

पीएम कप : पुलिसको सुखद सुरुवात

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनले हरायो। पुलिसले दिएको २९० रनको विजयी लक्ष्य पछ्याएको बागमती २८ ओभरमा सबै विकेटको क्षतिमा ९७ रनमा समेटिएको थियो। बागमतीको लागि ईशान पाण्डेले सर्वाधिक २४ रन बनाए। रामनरेश गिरीले २२, प्रतिशत जिसीले १४ र नन्दन यादवले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। करण केसीले २… पुरा पढौ

पीएम कप: एपीएफको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हरायो। एपीएफले दिएको २२० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा १६३ रनमा समेटिएको थियो। आर्मीका लागि हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा एपीएफका अमर रौटेलाले ४ विकेट लिए। कमल ऐरीले ३ तथा किशोर महतोले २… पुरा पढौ

छठपर्व सकिदैं

आज कार्तिक शुक्ल सप्तमी तिथि। अर्थात, आजदेखि यस वर्षको आस्थाको महापर्व छठ सकिदैंछ। परम्पराअनुसार आज उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्व सकिदैंछ। हिन्दुहरुका चाडहरुमध्ये यो एक महत्वपूर्ण चाड हो। प्राकृतिक तथा सर्वश्रेष्ठ शक्तिका रुपमा गरिने पूजा तथा आराधना छठ पर्वको विशेषता हो। विधिवत रुपमा विभिन्न कार्यक्रमहरु एकपछि अर्को गरी सम्पन्न गर्दै छठपर्वको सम्पन्न गरिन्छ। छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई… पुरा पढौ

विश्व सहरीकरण दिवस

आज अंग्रेजी अक्टुबर महिनाको ३१ तारिक अर्थात विश्व सहरीकरण दिवस। आजका दिन नेपाल लवायत विश्वभर विविध कार्यक्रम गरी विश्व सहरीकरण दिवस २०२२ मनाइँदैछ। अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो। सन् २०२२ को विश्व सहरीकरण दिवस नवौँ संस्करण हो।सन् २०२२ को सहरीकरण दिवसको नारा चाहिँ Act Local To Go Global तय गरिएको छ। जलवायु परिवर्तनमा सहरीकरणको भूमिका र व्यवस्थित सहरीकरणको महत्त्वलाई यस वर्ष विशेष ध्यान दिइएको छ। अक्टोबर महिनालाई अर्बन अक्टोबर पनि भनिन्छ। सहरी महिनाका रूपमा अक्टोबर मासको… पुरा पढौ

ग्रामिण भेगमा परम्परागत घुमाउने घरहरु लोभ हुदै

ढोरपाटन । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप… पुरा पढौ