देश

कार्तिक १७ देखि मंसीर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न पाइने

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरूले कार्तिक १७ गतेदेखि मंसीर १ गतेसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ। मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले स्पष्ट पारेको हो। आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ (म)… पुरा पढौ

चुनावमा सदर मत बढाउन मतदाता शिक्षा : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने भएको छ। आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट, पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ। निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। मतदातालाई लक्षित गरी मतदानमा उनीहरूको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरीका… पुरा पढौ

राहदानी किर्ते मुद्दामा कास्कीका नगेन्द्रराज अधिकारी पक्राउ

राहदानी किर्ते मुद्दामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकारीलाई पक्राउ गरेको हो। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ सेराचौर स्थायी घर भएका ४६ वर्षीय अधिकारी ६ वर्षदेखि राहदानी किर्ते मुद्दामा फरार थिए। आफ्नै भाइको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खातालगायतको कागजात तयार गरी साइप्रस गई पुन: अमेरिकामा बस्दै आएका अधिकारी नेपाल आएको सूचनाका आधारमा प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो। अधिकारीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया… पुरा पढौ

प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’

काठमाण्डौं । उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो । निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले… पुरा पढौ

एकीकृत समाजवादीको घोषणापत्र : निर्वाचन प्रणालीमा सुधार जरुरी

काठमाण्डौं । नेकपा(एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ । समाजवादीको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक… पुरा पढौ

यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत : विश्व बैंक

काठमाण्डौं । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध मुद्दा दायर

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि मङ्गलबारदेखि थुनछेक बहस हुनेछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो । प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको… पुरा पढौ

माओवादी केन्द्रको प्रतिबद्धतापत्र : ३० लाख विदेशी पर्यटक भित्र्याउने आधार तयार गर्ने लक्ष्य

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले मुलुकको आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन क्षेत्रको विकासका लागि नेपाल भ्रमण वर्ष घोषणा गरी ३० लाख विदेशी पर्यटक भित्रने आधार तयार गर्ने लक्ष्य लिएको छ । आगामी निर्वाचनका लागि पार्टीको चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै माओवादी केन्द्रले कोभिड महामारीलगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी भ्रमण वर्ष कार्यक्रममार्फत ३० लाख पर्यटक भित्र्याउने आधार तयार गर्ने भएको हो । नेपालका पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचारप्रसार र बजारीकरणका लागि निजी क्षेत्रसँग… पुरा पढौ

पर्यटन र जलविद्युतलाई गौरवको योजना बनाउछु: जल बहादुर पुर्जा पुन

पर्वत । प्रतिनिधि सभा सदस्य उम्मेदवार जल बहादुर पुर्जा पुनले पर्बतमा सम्भावना भएका पर्यटन र जलविद्युतलाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्बतबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पुनले आफ्नो उम्मेदवारी आर्थिक विकास र भ्रष्टचार मुक्त समाज बनाउनु रहेको बताए । पर्वतले पर्यटन र विद्युतको क्षेत्रमा प्रचुर सम्भावना बोकेको र त्यसको पहिचान गरि अघि बढाउन सके जिल्लाको आर्थिक उन्नति हुने उनको भनाइ छ । घरदैलो अभियानमा हिडेका उनले आफुले विजयी हासिल गरेका पर्वतको मुहार फेर्नका… पुरा पढौ

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ । असोज १४ मा अस्त भएको शुक्र मङ्सिर ६ मा उदय हुने समितिले जनाएको छ । गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ । सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ । हिन्दू जागरणले… पुरा पढौ