देश

आज गोवर्धन पूजा, म्हपूजा, नेपाल संवत ११४३ सुरु

आज कार्तिक शुक्ल प्रतिपदा अर्थात यमपञ्चक (तिहारको चौथो दिन) गोवर्धन पूजा। कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन तथा गोरुको पूजा गरिन्छ। गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ। बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएको हो। यही दिन हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने प्रचलन छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो। धार्मिक मान्यताअनुसार गोकुलमा कृष्ण बस्थे।… पुरा पढौ

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ । पुरा पढौ

पद‚ पैसा र प्रलोभनबाट चुनाब प्रभावित हुनुहुँदैन: थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन्। दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना गरेका छन्। ‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता… पुरा पढौ

७० प्रतिशत मतपत्र छपाइ सकियो, ९ जिल्लामा समानुपातिकको मतपत्र ढुवानी गर्न बाँकी

आगामी मंसीर ४ मा हुने संसदीय निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाई सम्पन्न भएको छ। प्रत्यक्षतर्फ मात्र १ करोड ६७ लाख ५०० मतपत्रको छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। जसमा प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन्।समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको छ। आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन्। यी… पुरा पढौ

आज गाइतिहार, दिउँसो खण्डग्रास सूर्य ग्रहण

आज कार्तिक कृष्ण औंसी अर्थात यमपञ्चकको तेस्रो दिन। यमपञ्चकको तेस्रो दिन गाईपूजा गरेर तिहार मनाइँदैछ। कार्तिक कृष्ण औसीका दिन मनाइँने गाईपूजा आज मनाउन लागिएको हो। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा छ। हिन्दु धर्ममा गाईलाई लक्ष्मीको अवतारको रुपमा लिइन्छ। यसपाली तिथीको घटबढ र आज (मंगलबार) खग्रास सूर्य ग्रहण लाग्ने भएका कारण लक्ष्मीपूजा भने हिँजै (सोमबार) गरिएको छ।लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कार्तिक कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ। नेपालमा यो… पुरा पढौ

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तिहारसम्बन्धी विशेष गीत/सङ्गीत, नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रपति भण्डारीले सम्पूर्ण प्रस्तुति अवलोकन गरिएको थियो । राष्ट्रपति कार्यालयमा प्रत्येक वर्ष तिहार पर्व मनाउने गरिन्छ । रासस पुरा पढौ

तिहारमा राष्ट्रपतिको शुभकामना सन्देश

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेकी छन् । शुभकामना सन्देशमा भनिएको छ, “तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु… पुरा पढौ

मौलिकता गुमाउँदै देउसी र भैलोः बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् । साथै, सोरठी… पुरा पढौ

आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने एमाले उम्मेद्धार गुरुङको प्रतिवद्धता

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् । आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् । ‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा… पुरा पढौ

गठबन्धन एक दुई दिनको यात्रा होइनः अध्यक्ष नेपाल

काठाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन । वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध… पुरा पढौ