देश

गठबन्धनको जित सुनिश्चित: देब गुरूङ

नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले शनिबार काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वको शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वोधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले भने हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि… पुरा पढौ

निर्वाचन आयोगलाई ३० वटा स्पष्टीकरणको जवाफ

निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेकोमध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ। शुक्रबारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी आएको आयोगले जनाएको छ। आयोगले शुक्रबार नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मगेको छ। शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो। झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै… पुरा पढौ

आलोचनापछि निर्वाचन आयोगले हटायो ‘निर्वाचन गीत’

निर्वाचन आयोगले मंसीर ४ गते निर्वाचनको प्रचार–प्रसार र सचेतनाका लागि भन्दै निर्माण गरेको निर्वाचनसम्बन्धी गीत हटाएको छ।आयोगले एक सूचना जारी गर्दै भिडियो सामग्री परिमार्जनका लागि हटाएको बताएको छ। ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं,’ आयोगको सूचनामा भनिएको छ, ‘यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ।’ आयोगले निर्माण गरेको उक्त सामग्री वेसुर रहेको र भिडियो निर्माणमासमेत सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका थिए।सामाजिक सञ्जाल… पुरा पढौ

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाई सक्नुपर्नेछ। आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट ५ भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको… पुरा पढौ

यम पञ्चक सुरु

आज कृष्ण त्रयोदशी अर्थात आजदेखि यमपञ्चक सुरु। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ। चान्द्रमास अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म ५ दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो ५ दिनको अवधिलाई यमपञ्चक भनिन्छ। यम यातनाबाट मुक्ति पाउन आजैदेखि घर–घरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ। यमदीप दान बेलुकी गर्ने प्रचलन छ। यस… पुरा पढौ

‘गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउँछौं’–एमाले उम्मेदवार कार्की

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने प्रतिबद्धता जनाएका छन् । पोखरा महानगपालिका वडा नम्वर १५ मा एमालेको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो प्रतिवद्धता जनाएका हुन । उम्मेदवार कार्कीले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गरे । उनले विकास अभियान व्यवस्थित बनाउन,राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको स्पष्ट पारे ।… पुरा पढौ

निर्वाचन हुन एक महिना बाँकी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन ठीक एक महिना बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन् । नेपालको संविधानले प्रतिनिधिसभा सदस्य दुई सय ७५ मध्ये एक सय ६५ र प्रदेशसभा सदस्य पाँच सय ५० मध्ये तीन सय ३० स्थान (कूल सदस्य सङ्ख्याको ६० प्रतिशत) हुन आउने सदस्यका लागि यो समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । अन्य सदस्य पहिलो निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)बाट हुन्छ ।… पुरा पढौ

एउटा निर्वाचन सक्न साढे ३ मिनेट

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो। निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमूना मतदानको शुभारम्भ गरेका थिए। पहिलो हुने निर्वाचन प्रक्रियाअन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो। वास्तविक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५०… पुरा पढौ

स्क्वासमा गण्डकी र वागमतीलाई २\२ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको स्क्वास खेलको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते । फाईनलमा पराजित वागमती प्रदेशले रजत पदक प्राप्त ग¥यो । टिम ईभेन्टर्फको… पुरा पढौ