देश

मनाइयो कुकुर तिहार

काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना… पुरा पढौ

सन्दर्भ कुकुर तिहार: सहरमा रहर, गाउँमा गोठालाका भर

प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् । परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा… पुरा पढौ

राष्ट्रपति भण्डारी साइत निकाल्ने कार्यक्रममा सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ढेचोस्थित नवदुर्गा देवी नाचको १२ वर्षे मेला र श्वेत भैरव निकाल्ने साइत कार्यक्रममा आज बिहान सरिक भएकी छिन् । सो अवसरमा उनले नवदुर्गा देवीको पूजाआर्चना गरी टीका प्रसाद ग्रहण गरिन । राष्ट्रपति यहाँ पुग्नु हुँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । पुरा पढौ

आज विश्व विकास सूचना दिवस पनि

आज अंग्रेजी महिनाको २४ तारिक अर्थात विश्व विकास सूचना दिवस पनि। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस यता हरेक वर्षको २४ अक्टुबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइँदै आएको छ। राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ। यसले विकासको लागि… पुरा पढौ

आज संयुक्त राष्ट्र संघ दिवस

आज अंग्रेजी अक्टुबर महिनाको २४ तारिक अर्थात संयुक्त राष्ट्र संघ दिवस। आजका दिन विश्वभर संयुक्त राष्ट्र संघको स्थापना दिवसको सम्झनामा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको दिवस परम्परागत रूपमा संगठनको उपलब्धीहरू र लक्ष्यहरूको बारेमा बैठकहरू, छलफल र प्रदर्शन गरी विश्वभरमा मनाइने गरिएको छ। सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको अधिकारिक स्थापनाको सम्झनामा यो दिवस मनाइँदै आएको हो। संयुक्त राष्ट्र संघ सन् १९४७ मा, संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई, संयुक्त राष्ट्रसंघको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो। जसअनुसार ‘विश्वका जनतालाई… पुरा पढौ

महाकवि लक्ष्मीप्रसद देवकोटाको ११४ औं जन्मजयन्ति

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती। आजका दिन कहाकवि देवकोटाको जन्म जयन्ती देश तथा विदेशमा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटको जन्म जयन्ती मनाइँदैछ। आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ। विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए। तत्कालीन… पुरा पढौ

आज एकै दिन लक्ष्मीपूजा र कुकूर तिहार

आज कार्तिक चतुर्दशी अर्थात यम पञ्चकको एकैदिन लक्ष्मीपूजा र कुकूर तिहार एकै दिन परेको छ। आज विहान कुकूरको पूजा गरिन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा गरिन्छ। यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा परेको छ। आज कार्तिक ७ गते सोमबार बेलुकी नै औँसी तिथि परेकाले आजकै दिन बिहान कुकुर पूजा गरी बेलुकी लक्ष्मी पूजा गर्न मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ। यसअघिका वर्षहरुमा यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन गाई तिहार अर्थात लक्ष्मीपूजा… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलब ३५ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलब ४९ मा उक्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ८८ अङ्कले बढेर तीन सय ६५ दशमलब ९३ मा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर रु ५१ करोड ६८ लाख तीन हजार… पुरा पढौ

निर्वाचनमा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक एकदिने कार्यशाला सम्पन्न

पोखरा । पोखरामा निर्वाचनमा निष्पक्ष रिपोर्टिङ तथा दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक एकदिने कार्यशाला सम्पन्न गरिएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र भैरहदा पत्रकारहरुले निश्पक्ष पत्रकारिता कसरी गर्न सकिन्छ भन्ने विषयमा मिडिया एक्सन नेपालको आयोजनामा उक्त कार्यशाला शुक्रबार सम्पन्न भएको हो । उक्त अवसरमा कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारले विशेषत् निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक पटक गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनका बेला… पुरा पढौ

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक प्रणालीको मतपत्र धमाधम ढुवानी भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ आजसम्म एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।… पुरा पढौ