देश

गृहमन्त्रीको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकप्टरबाट उद्धार

गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइतेको उद्धार गरी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । त्यहाँ विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र… पुरा पढौ

राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली हुने

काठमाडौ । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी… पुरा पढौ

एमालेले बहुमत प्राप्त गर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए । अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेको… पुरा पढौ

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन् । ललितपुरको मङ्गलबारमा नेपाल भाषा मंका खल यलद्वारा आज आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भने, “शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताए । “उहाँको बहुगुण सम्पन्न व्यक्तित्व,… पुरा पढौ

बागलुङ र पूर्वी रुकुमको सीमा विवाद कायमै

ढोरपाटन । पातीहाल्ने र रिगताल क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना हो । मध्यपहाडी लोकमार्गमा पर्ने यी क्षेत्र अहिले आन्तरिक पर्यटकको रोजाइमा छन् । स्थानीय सरकार आएपछि बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भुमे गाउँपालिकाले यहाँका पर्यटकीय क्षेत्रलाई आआफ्नो कब्जामा पर्न थालेपछि विवाद उत्पन्न भएको छ । पाँच वर्ष अगाडि भूमे गाउँपालिकाले बागलुङको भूभागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि उत्पन्न भएको विवाद अझै सुल्झिएको छैन । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन ।… पुरा पढौ

कांग्रेसको सङ्कल्प पत्र शनिबार सार्वजनिक गरिने

काठमाडौ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र शनिबार सार्वजनिक गर्ने जनाएको छ । सो सङ्कल्प पत्र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कात्तिक १२ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।रासस पुरा पढौ

प्रतिनिधिसभाका उम्मेदवारले ३ वटा मात्रै सम्पर्क कार्यालय खोल्न पाउने

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ। मंगलबार आयोगले दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको हो। आयोगले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा ३ वटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ। त्यस्तै, प्रदेशसभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क… पुरा पढौ

जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हट्यो

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो। समानुपातिकतर्फ दलहरूले आयोगमा पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जनामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जनासहित ५५० जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको जानकारी दिएको छ। आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेका दाबी विरोधउपर जाँचबुझबाट गरी ५४८ जना… पुरा पढौ

संचारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले प्रचार–प्रसारका क्रममा संचारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा संचारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट प्रचार–प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा ४ पटकसम्म प्रसारण गर्न सक्नेछन्। दलहरूले एक पटकमा बढीमा एक मिनेटसम्म मात्रै प्रसारण गराउन पाउने भएका छन्।… पुरा पढौ

निर्वाचनमा मतदाताले ४ वटा मतपत्रको चिन्हमा भोट दिननुपर्ने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाताका लागि ४ वटा मतपत्र तयार पारेको छ। आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको हो। प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न भएको… पुरा पढौ