अर्थ

राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईदै

पोखरा, चैत १४ राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईने भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ कास्कीमापनि ६८ औं राष्ट्रिय सहकारी दिवस साप्ताहिक कार्यक्रम गरेर मनाईन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सहकारी दिवसको अवसरमा चैत १४ गते विहीबार पत्रकार भेटघाट कार्यक्रम गरिएको छ भने चैत १५ र १६ गते पोखरा पार्टी प्यालेसमा बुद्धिचाल प्रतियोगिता, चैत १६ गते नै पोखरा पार्टी प्यालेसमै बुद्धिचाल प्रतियोगिता, चैत १६ गते जनप्रिय माविमा निबन्ध… पुरा पढौ

दुलेगौँडा-हर्कपुर सडक स्तरोन्नति गरिँदै

मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति थालिएको जिल्लाको दुलेगौँडा(हर्कपुर खण्डमा हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्रः एक रणनीतिक सडक’ अन्तर्गत तनहुँको दुलेगौँडा(हर्कपुर खण्डमा स्तरोन्नति थालिएको हो । लामो समयदेखि काम हुन नसकेको उक्त खण्डमा अहिले निर्माण कम्पनीका प्रतिनिधिले काम सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिका जोडिने उक्त सडकमा विसं २०७६ मङ्सिरदेखि काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार विसं २०५२… पुरा पढौ

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो । आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ… पुरा पढौ

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु,… पुरा पढौ

आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मङ्गलबार फर्किएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका,… पुरा पढौ

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । पछिल्लो आठ… पुरा पढौ

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक ९पाक शिक्षा० तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ।तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।… पुरा पढौ

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

लेखनाथ । नेपाल अडिटर्स एसोसियसन (अडान) कास्की जिल्ला समितिको सातौ अबिधेसनले अगामी कार्यकालका लागि गुणानिधी पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा मधुुुुुुुुुुमान कतिला,सचिवमा कृष्ण प्रसाद ढुगाना,सह सचिवमा छविलाल शर्मा तिमिल्सीना र कोषाध्यक्षमा भलकनाथ पौडेल रहेका छन् भने समितिको सदस्यहरुमा नारायण प्रसाद द्धा,भगवान अधिकारी,गोपाल तिमिल्सीना,प्रेमलाल पाण्डे,बन्धुराज रेग्मी,रामप्रसाद तिवारी र दिपेन्द्र तिमिल्सीना रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल अडिटर्स एसोसियसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलले हिसाव,पिसाव र निसाव चुस्त र दुरुस्त हुनुपर्ने… पुरा पढौ

कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य

पोखरा, चैत १२ कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । संघको पोखरामा सोमबार राती सम्पन्न १० औं केन्द्रीय परिषदले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । आचार्य निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । संघको बरिष्ठ उपाध्यक्ष हाललाई खाली राखिएको छ । उपाध्यक्षमा पुष्कर कोइराला, नरहरीप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए… पुरा पढौ

विगत र वर्तमान अवस्थाबारे तथ्याङ्क केलाएर जनतालाई बुझाईदिन विज्ञहरुलाई एमाले महासचिवको आग्रह

पोखरा, चैत ११ नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगत र वर्तमान अवस्थाकोबारे जनतालाई तथ्य केलाएर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । कृषि विकास बैंकमा कार्यरत नेकपा एमाले निकट कर्मचारीहरुको संस्था कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषदको उद्घाटन सत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले युरोप, अमेरिकाको विकाससँग तुलना गरेर नेपालमा केहि भएन भन्दै व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको आरोप लगाए । मक्किएको राजतन्त्र असफल, असान्दर्भिक व्यवस्था भएको टिप्पणी गर्दै उनले अहिले राजतन्त्रको पक्षमा बहस गर्ने जमात तयार… पुरा पढौ