अर्थ

हेमजामा आलु महोत्सव चैत २४ देखि बैशाख ३ गतेसम्म हुने, महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

पोखरा, चैत १८ पोखरामा चैत चौथो सातादेखि आलु महोत्सव आयोजना हुने भएको छ । विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म तेह्रौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक विष्णुपादुका क्लवले जनाएको छ । आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने क्लवले बताएको छ । जसका लागि आलु संकलन गरी भण्डारण गरेर राखिएको क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

पोखरामा स्कुटर जलाउने ५ जनासहित ८ जना पक्राउ

CHORI
पोखरामा स्कुटर जलाउने र स्कुटर चोरी गर्ने दुई समूहका ८ जना पक्राउ परेका छन् । पोखरामा यहि चैत १३ गते राती पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरिराखेको ग.११ प. ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले दीनेश गुरुङसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गुरुङको मात्रै पहिचान खुलाइएको छ । उनी गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१६ दिप बस्दै आएको प्रहरीको भनाई छ ।… पुरा पढौ

सुनको भाउमा दिनदिनै कीर्तिमानः आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन मूल्य आजसम्मकै उच्च भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार भने तोलामा २ हजार ३५… पुरा पढौ

पोखराको अमरसिंहचौरमा यामाहाको मेघा एक्सचेञ्ज अफर, नगदसहित आकर्षक छुट

पोखरा, चैत १७ पोखरामा यामाहा व्राण्डका ग्राहकवर्ग लक्षित ‘यामाहा मेघा एक्सचेन्ज’ अफर शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.ले पोखरा–१० अमरसिंहचोकस्थित अमरसिंहचौरमा मेघा एक्सचेञ्ज शुरु गरेको हो । यामाहा व्राण्डका बाईक तथा स्कुटरका ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर मेघा एक्सचेञ्ज अफर गरिएको भि.ए.डब्लु ईन्टरप्राईजेज प्रा.लि.का महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । आईतबारदेखि शुरु भएको मेघा एक्सचेञ्ज अफर चैत २२ गतेसम्म जारी रहने उनले बताए । मेघा एक्सचेञ्जमा सम्पूर्ण पोखरेली ग्राहकले रोमाञ्चक डिल र… पुरा पढौ

प्रेस सेन्टरको नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत

पोखरा, चैत १७ प्रेस सेन्टरको नया नेतृत्वमा गण्डकीका अधिकांश सर्वसम्मत चयन भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशनमा गण्डकी प्रदेशबाट पदाधिकारीमा ३ सहित ९ जना सर्वसम्मत बिजयी भएका हुन् । प्रेस सेन्टर नेपालको समावेशी उपाध्यक्षमा गण्डकीका दीपक श्रेष्ठ (जलन), केन्द्रीय सचिव (गण्डकी)मा दीपक भट्टराई र लेखा आयोग संयोजकमा अमृतराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा कास्कीका घनश्याम पाण्डे, कृष्ण दवाडी, बागलुङका थम्मन थापा (सन्देश), संगीता चेपाङ र लमजुङकी जुना तामाङ सर्वसम्मत निर्वाचित भए । यसैगरी लेखा… पुरा पढौ

पोखरामापनि एथरको ४५० एक्स र ४५० एस मोडलको स्कुटर बिक्री शुरु

पोखरा, चैत १७ एथरको ४५० मोडलको दुई फरक स्कुटर पोखरापनि बिक्री शुरु भएको छ । काठमाडौंमा शनिबारदेखि बिक्री शुरु भएको २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी २ ब्याट्री विकल्पमा नेपाली बजारमा आएको एथर ४५० एक्स र ४५० एस मोडलका दुई फरक स्कुटर पोखरामा आईतबारदेखि बिक्री शुरु भएको हो । भारतीय विद्युतीय स्कुटर एथरको नयाँ ब्रान्डका रुपमा भित्रिएको यी स्कुटर वैद्य ईनर्जी प्रालिले नेपालमा भित्राएको हो भने पोखरामा आधिकारिक विक्रेता अटोवेजले भित्राएको हो । ‘बाईक अफ स्कुटर्स’ उपमा दिइएको… पुरा पढौ

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, किसानलाई सङ्कलन गर्न भ्याइनभ्याइ

पर्वत । महत्व नबुझेर अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जोले बजार पाउन थालेको छ । चुत्रो र गुर्जो प्रशोधन गरेर औषधि निर्माण गर्ने उद्योग स्थापना भएपछि अहिलेसम्म वनजङ्गलमा खेर गइरहेको चुत्रो र गुर्जो सङ्कलन गर्न किसानलाई भ्याइनभ्याइ भएको हो । कुश्मा नगरपालिका–५ स्थित कालीगण्डकी किनारमा सञ्चालनमा आएको चिनियाँ कम्पनी छिफु बायोटेक्नोलोजी प्रालिले चुत्रोको जरा, डाँठ र गुर्जो प्रशोधन गर्न थालेको हो । रु आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ । यस कम्पनीमा… पुरा पढौ

सुनमा मूल्य उच्चविन्दुमा, आज कतिमा हुदैँछ कारोबार ? हेर्नहोस

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर रू एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । पुरा पढौ

वनमा निजी क्षेत्रको प्रवेश स्वीकार्य छैन : अध्यक्ष भण्डारी

गण्डकी,१५ चैत (रासस)सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन क्षेत्रमा निजी क्षेत्रको प्रवेश स्वीकार्य नहुँने बताएका छन् ।महासंघ गण्डकी प्रदेशको पोखरामा आयोजित बैठकलाई सम्वोधन गर्दै उनले केवलकार, हाइड्रोपावर जस्ता विभिन्न विकास निर्माणले वन क्षेत्रको क्षयीकरणसंगै संरक्षणकर्ताको अधिकार कुन्ठित हुने बताए ।निजी क्षेत्रको प्रवेशले स्थानीय वासिन्दाको अधिकारसंगै वातावरणीय र प्रथाजन्य अभ्यास समेत संकटमा पर्दै गएको बताउँदै उनले भने, यस्ता विकास निर्माणले सिमित व्यक्तिले कमाउने र स्थानीय वासिन्दाको रोजगारी खोसिने हुँदा महासंघले विरोध जनाउँदै आएको छ ।सामुदायिक वनको… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ । रासस पुरा पढौ