अर्थ

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७।९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । मन्त्रालयका निम्ति रु ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा सङ्घतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो । विनियोजित रकममध्ये चालुतर्फ रु चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो… पुरा पढौ

सुनको मुल्य हालसम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै आज… पुरा पढौ

महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।महिला लघुवित्त वित्तीय संस्था लि., केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । पौडेलले विद्यार्थीकालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठुलो कुरा भएको जानकारी दिए । आधिकारिक… पुरा पढौ

समाचार प्रभाव : माछापुच्छ्रेमा रोकियो अवैध क्रसर चलाउने धन्दा

पोखरा, चैत ४ माछापुच्छ्रेमा गाउँपालिकाका अवैध क्रसर उद्योग सञ्चालनमा रोक लागेको छ । एभरेस्ट आवाज डटकम र एभरेस्ट एफएममा निरन्तर फलोअप समाचार लेखेपछि माछापुच्छ्रेमा गाउँपालिकाले अवैध रुपमा सञ्चालित गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योगलाई बन्द गराएको हो । अवैध रुपमा सञ्चालित यी क्रसर उद्योगहरुले गाउँपालिकालाई करीब ५० करोड रुपैयाँ राजश्व तिर्न बाँकी छ । तर बारम्बार ताकेता गर्दापनि कर नतिरेपछि गाउँपालिकाले ती क्रसर उद्योगहरु तथा त्यहाँबाट दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा) बन्द गर्न… पुरा पढौ

फेवा महोत्वका पाहुनालाई २० प्रतिशत छुट

पोखरा, ४ चैत । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको जानकारी दिएको हो । महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने… पुरा पढौ

पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको शपथग्रहण

पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पदिय जिम्मेवारीको सपथ लिएका छन ।फाइनान्स सञ्चालक समितिको ५४७ औँ बैठकको निर्णय अनुसार २०८१ चैत १ देखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका गुरुङले केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा संस्थाका अध्यक्ष राज कुमार गुरुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा फाइनान्सका अध्यक्ष राजकुमार गुरुङले… पुरा पढौ

सुनको भाउ इतिहासकै उच्च, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए । “अमेरिकी डलरको मूल्यवृद्धि,… पुरा पढौ

सुन-चाँदीको मूल्य स्थिर, आज कतिमा भइरहेको छ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आज एक तोला चाँदी दुई हजार रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो । पुरा पढौ

पोखराबाट हुने भो चैत ५ गते पहिलो व्यवसायिक चार्टर्ड उडान, १० वटा चार्टर्ड फ्लाईट बुकिङ भइसकेको दाबी

पोखरा, फागुन २८ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ५ गते पोखरा–छेन्दु चार्टर्ड उडान हुने भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आगामी चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । सो दिन बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर आएको सिचुवान एयरलाईन्सको विमान पोखरा विमानस्थल अवतरण हुनेछ । सोहि विमानबाट दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायीको टोली छेन्दु प्रस्थान गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ… पुरा पढौ

लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो । आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको… पुरा पढौ