अर्थ

पश्चिमाञ्चल माविमा ‘फूड फेस्टिबल’

दुई पुरुष हात मिलाईरहेका छन् । त्यसको दाहिनेपट्टी पुरुष र बाँयापट्टी महिला छन् भने पछाडिपट्टी मानिसहरुको समूह छ ।
पोखरा, फागुन २०पुस्तकको बाहेक व्यवहारिक सीप उजागर गराउनका लागि पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबार एकदिने फूड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो ।फेस्टिबलको होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले उद्घाटन गरेका थिए । विद्यालयले पछिल्लो तीनवर्षदेखि निरन्तर फूड फेस्टिबल आयोजना गर्दै आएको छ । प्रमुख अतिथि गैह्रेले विद्यार्थीमा रहेको सीप पस्कने अवसर यस्ता फेस्टिबलले दिने बताए ।‘विद्यार्थीले पुस्तकको ज्ञान मात्र पढेर हुँदैन । उनीहरुलाई व्यवहारिक सीप पनि दिनुपर्छ ।… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदी प्रतितोला रू २५ बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयमा कारोबार भएको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रू एक हजार नौ सय ४० मा किनबेच हुने महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२… पुरा पढौ

सराङकोट महायज्ञमा भक्तजनको घुइचो, एकैदिन ४० लाख संकलन

फागुन १९ पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहदाँ भक्तजनको सहभागिता एवम् दान रकम ह्वात्तै बढेको छ । महायज्ञको छैटौं दिन आज सोमबार करिव २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छन् । आजमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । योसँगै हालसम्म यज्ञमा रु.१ करोड ५३ लाख बढी दान संकलन भएको छ । आज महायज्ञमा एक सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका छन्… पुरा पढौ

सराङकोटमा महायज्ञ जारी, आइतबार मात्रै २० लाख बढी दान संकलन

फागुन १८ पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्र्तगत पाँचौं दिन आज आइतबारसम्म कुल १ करोड १३ लाख बढी दान संकलन भएको छ । आज मात्रै २० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । आज सराङकोट जैसीथोक निवासी उमनाथ चपाई परिवारबाट रु.३ लाख २२ हजार २ सय २२, पोखरा १८ निवासी पूर्णप्रसाद तिमिल्सीनाको परिवारबाट पनि समान रु.३ लाख २२ हजार २ सय २२, पालिखेचोक निवासी विरेन्द्रमान् पालिखे परिवारबाट २ लाख ३३… पुरा पढौ

भारतीय गाडीलाई अस्थायी भन्सार पास अब पोखराबाटै

पोखरा, फाल्गुन १८ भारतीय गाडीहरुको अस्थायी भन्सार अबदेखि पोखराबाटै हुने भएको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयबाटै अब भारतीय गाडीहरुको अस्थायी भन्सार म्याद थप हुने भएको हो । भारतीय गाडीहरु पोखरा आएका बेला भन्सार अवधी सकिएको अवस्थामा उनीहरुलाई अस्थायी भन्सार म्याद थप गर्न सकिने व्यवस्था गरिएको भन्सार एजेन्ट संघ कास्कीले जनाएको छ । उनले भने,‘पोखराबाटै गाडीको म्याद थप गर्ने व्यवस्था भइसकेको छ । सम्पूर्ण प्रक्रिया टुंगिइसकेको छ । अब एजेन्टहरुले आईडी र पासवर्ड पाउने वित्तिकै त्यो काम शुरु… पुरा पढौ

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको… पुरा पढौ

दूध बेचेर मासिक रु एक लाखसम्म बचत गर्दै व्यवसायी सापकोटा

गलकोट । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन्। निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक… पुरा पढौ

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट

फागुन १७ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन् । उनले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताए । नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको शुभारम्भ गर्दै उनले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख गरे । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले व्यापार, ढुवानी तथा वितरणमा… पुरा पढौ

अन्नपूर्ण क्लिनिकल प्रालिले शुरु गर्यो शुलभ फार्मेसी सेवा

पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटनमा रहेको अन्नपूर्ण क्लिनिकल प्रालिले सुलभ फार्मेसी सेवापनि सुरु गरेको छ । ६ वर्ष अघिदेखि सञ्चालनमा आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन फार्मेसी सेवा सञ्चालनमा ल्याएको हो । यस्तो खालको फार्मेसी नेपालमै पहिलो पटक स्थापना भएको प्रालिको दाबी छ । फार्मेसीको शुक्रबार पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोला र पोखरा १३ का वडाध्यक्ष किरण बरालले संयुक्त रुपमा उद्घाटन गरे । अन्नपूर्ण क्लिनिकलमा प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलको शाखासहित भिडियो एक्सरे, ओपिडी, मुटुको भिडियो… पुरा पढौ

शनिबार राष्ट्रपति पौडेलबाट सराङकोट महाउत्सव उद्घाटन हुँदै

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल भोली पोखरा आउनले भएका छन् । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न उनी भोली पोखरा आउनले भएका हुन् । त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्नेछन् । भोली सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक… पुरा पढौ