अर्थ

‘प्रहरी मेरो दुस्मन भन्ने दिन नआओस्’

पोखरा, फागुन ७ पोखराका एक व्यवसायीले प्रहरीको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा सेदीका रामकुमार राईले बुधबार सेदीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रहरी नागरिकको साथी बन्न नसकेको बताए । प्रहरीले लेकसाईडका व्यवसायी र सेदीका व्यवसायीमाथि फरक व्यवहार गरिरहेको भन्दै उनले त्यसलाई सच्याउन आग्रह गरे । लेकसाईडमा मापसे चेकिङ नगर्ने तर सेदीमा दैनिक चेकिङ गरेर आतंकित पारेको भन्दै उनले भने,‘प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने हो । तर हामी सेदीका व्यवसायीमाथि विभेद गरिएको छ । ‘प्रहरी मेरो साथी’ भन्नुहुन्छ ।… पुरा पढौ

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

म्याग्दी । म्याग्दी धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो ।… पुरा पढौ

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए । उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ । ‘‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘‘जंगलमा बाह्रै महिना लोक्ता पाउन… पुरा पढौ

पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ । वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको छ । धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रतिमृतक रु तीन लाख र घाइतेलाई रु छ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, सोही सहमति बमोजिम मृतकको… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला सुन रु एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन… पुरा पढौ

सहारा युकेका महासचिव गुरुङद्धारा सहारा बाल आधारभूत विद्यालयमा सहयोग

पोखरा । पोखरा(९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा यु.के.का महासचिव क्याप्टेन पिताम्वर गुरुङले सहयोग प्रदान गरेका छन् । गुरुङले गत माघ २९ गते सहारा यु.के. द्वारा हस्तान्तरण गरिएको लाइव्रेरीमा प्रोजेक्टर र प्रोजेक्टर स्ट्याण्ड जडानका लागी रु पचास हजार रुपैँया विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका हुन्। विद्यालयका प्र.अ. लोचना अधिकारीले स्वागत मन्तव्यका क्रममा विद्यालयको समग्र अवस्था जानकारी गराउदै सहयोगीहरुलाई धन्यवद प्रदान गर्दै स्वागत गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथी दिपेन्द्र मर्सानीले विद्यालयलाई सद्भाव प्रकट… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमन सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ । आइतबार प्रतितोला रू. एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ ।… पुरा पढौ

साटो ब्राण्डले थाल्यो पोखरामा बिक्री, एबिसीएल सप्लायर्स पस्र्याङ आधिकारिक विक्रेता

पोखरा, फागुन ४ साटो ब्राण्डको गण्डकी प्रदेशको लागि आधिकारीक बिक्रेता एबीसीएल सप्लायर्स प्रालि पोखरा बनेको छ । । भारतमा उत्पादन हुने साटो ब्राण्डका सामानहरुको पोखरा र गण्डकी प्रदेशको आधिकारिक बिक्रेताका रुपमा एबीसीएल सप्लायर्स बनेको हो । जसको बिक्री केन्द्र पोखराको पस्र्याङमा रहेको छ । नेपालका लागि भने साटोको आधिकारीक बिक्रेता ट्राईनोक्स कम्पनी काठमाण्डौं हो । जसले गत असोजमा घटस्थापनाको अवसर पारेर काठमाडौंमा विक्री शुभारम्भ गरेको थियो । साटो ब्राण्डका उत्पादनहरु टाँस्ने र जोड्ने काममा प्रयोग हुने गर्दछ । ट्राईनोक्स कम्पनीका… पुरा पढौ

पसगाउँ महोत्सव फागुन १८ र १९ गते हुने

पोखरा, फागुन ४ लमजुङको पसगाउँमा फागुन तेश्रो साता पसगाउँ महोत्सव हुने भएको छ । लमजुङको क्होँलासोथर गाउँपालिका वडा नम्बर–६ मा पर्ने पसगाउँमा १५ औं संस्करणको पसगाउँ महोत्सव यहि फागुन १८ र १९ गते हुने भएको हो । महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । ग्रामीण पर्यटनको विस्तार गर्ने हेतुले २०६० सालदेखि हुँदै आएको महोत्सवलाई यस वर्षपनि निरन्तरता दिईन लागेको क्होँलासोथर गाउँपालिका अध्यक्षसमेत रहेका पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष सूर्यप्रसाद… पुरा पढौ

नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर दुई हजार छ सय ९८ दशमलव ०३ को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता शेयर ९६ हजार दुई सय ८२ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ बराबरको कारोबार भएको छ । आजको… पुरा पढौ