अर्थ

धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए । “बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन… पुरा पढौ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फागुन ३ पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु एक बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु चारले घटाएको छ । मूल्य समायोजनसँगै पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ यस्तै, डिजेल र मट्टीतेल तेस्रो वर्गका लागि प्रतिलिटर रु १५६ रुपैयाँ कायम गरिएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.५८… पुरा पढौ

बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं बर्निङ हस्पिटल लगियो

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाईते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि किर्तीपुरस्थित बर्निङ हस्पिटल लगिएको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । नियमित उडान नभएकाले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको उनले बताए । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किदा घाईते भएका थिए… पुरा पढौ

पोखरा भ्रमण वर्षको उद्घाटन गर्नेबेला बेलुन् पड्किदा उपप्रधानमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाईते

पोखरा, फागुन ३ पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य घाईते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन् पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाईते भएका हुन् । उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनको झुप्पो एकैपटक आगोले पड्किएको हो । सो क्रममा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न बेलुन नजिकै पुगेका उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको गाला र हत्केलामा सामान्य पोलेको… पुरा पढौ

वित्त आयोगको मूल्याङ्कनमा भरतपुर नै सर्बोत्कृस्ट

पोखरा, फागुन २ प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका नै सर्बोत्कृस्ट बनेको छ। पोखरा महानगर पाचौ बनेको छ । वित्त आयोगको मूल्याङ्कनमा पोखराले ५१.५ प्रतिशत अंक प्राप्त गरेको छ । ६ वटा महानगरपालिकामध्ये भरतपुरले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै लगातार तेश्रो वर्षपनि सर्वोत्कृष्ट भएको हो । त्यस्तै, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत अंक ल्याएर दोश्रोहुँदा ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत अंक ल्याएर तेश्रो, काठमाण्डौ महानगरले ५४ दशमलव ३ प्रतिशत ल्याएर चौथो भएको छ । गत… पुरा पढौ

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताए । यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या दुई… पुरा पढौ

पर्यटनको राजधानी घोषणापछि ‘पोखरा भ्रमण वर्ष’ घोषणा हुँदै, २० लाख पर्यटक भित्राउने लक्ष्य

पोखरा, फागुन १ पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एक वर्ष अगाडि पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । पर्यटनको राजधानी पोखरा भनेर गरिएको घोषणालाई सार्थक बनाउन पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ । यहि फागुन ३ गते शनिबार एक औपचारिक कार्यक्रम गरेर पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको पोखरा महानगरपालिकाले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । पोखरा भ्रमण वर्ष–२०२५ मा मात्रै २० लाख… पुरा पढौ

डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्ने उद्देश्यले डाडाखेतमा सवस्टेशन निर्माण गरिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाडाखेत सवस्टेशनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । पूर्वाधार निर्माण सकेर… पुरा पढौ

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमूना सङ्कलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । ऋषिङ–१ र व्यास नगरपालिका–५ को सिमानामा पर्ने सेती नदीमा… पुरा पढौ