अर्थ

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्री गिरीसँग पर्वतका स्थानियको माग

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा छन् । उनी आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन् । मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन् । पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, पूर्वअध्यक्ष राजु पौडेल र कार्यक्रमका सहभागीको एउटै… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य… पुरा पढौ

म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

चैत १२ म्याग्दी । म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पु¥याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण… पुरा पढौ

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति शुरु, ३३ जनाले लिए अनुमति

चैत १२ काठमाण्डौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको… पुरा पढौ

पदयात्रा र घरवाससँग जोडिदै ठूलास्वाराको पर्यटन

गण्डकी । प्राग ऐतिहासिककालको झल्को दिने खालका ठूलाठूला ढुङ्गा, गाउँको शिर माझथुममा परम्परागत ढिकी जाँतो र पर्खालका अवशेषलगायत कारण मादी गाउँपालिका-५ स्थित ठूलास्वाराको छुट्टै पहिचान स्थापित हुँदै गएको छ । ठूलो सङ्ख्यामा गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा अन्य जातजातिका मानिस प्राचीनकालदेखि आपसी सद्भाव र एकता कायम गर्दै बसिरहेका छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहेको प्रकृति र संस्कृतिले सम्पन्न यो गाउँ तत्कालीन बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक क्षेत्रमा पर्ने भएकाले यसलाई पदयात्रा पर्यटनसँग जोड्दै विकास गर्ने योजना… पुरा पढौ

फेवा महोत्सवलाई साथ र सहयोग रहने प्रतिवद्धता

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म आयोजना गर्ने तीन दिने १९ औं फेवा नव बर्ष महोत्सवमा पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुची समेतलाई ख्याल गरी कार्यक्रमहरु पस्कने तयारी भइरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । पर्यटक दौड र संभव भएसम्म डुंगा दौड… पुरा पढौ

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

ढोरपाटन । कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो । सर्वोच्चको आदेशपछि नदी किनारमा बालुवा उठाउँदै आएका तीन सय मजदुर बेरोजगार भए । अहिले पनि प्रहरी प्रशासनको आँखा छलेर कालीगण्डकी निरन्तर दोहन भइरहेको छ । कालीगण्डकीको दोहन नरोकिएपछि मजदुरले आफूहरुले पनि बालुवा निकाल्न पाउनुपर्ने आवाज उठाउँदै आएका छन् । विसं २०७८ असार २९ गतेको सर्वोच्चको आदेशपछि काली किनारमा बालुवा चाल्न र गिटी कुट्न छाडेका मजदुरले कामविहीन बन्नुपरेको गुनासो पोख्दै आएका छन् ।… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल चलाउन एमाले पर्खिएजस्तो लाग्यो : महासचिव पोखरेल

पोखरा, चैत १० नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउन एमालेलाई पर्खिएको छ कि जस्तो लागेको भएको बताएका छन् । एमाले कास्कीको एघारौं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘हामीले बनाएका छौं पोखरा अन्र्तराष्ट्रिय विमानस्थल तर चलाउन सकेका छैनौं । यो चलाउन सायद एमाले पर्खिरहेको छ कि जस्तो लाग्छ । एमाले सरकारमा जोडिएपछि यो विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउने प्रयास हाम्रो हुनेछ । यसले पर्यटनको आधार तयार गर्नेछ ।’ महासचिव पोखरेलले पोखरालाई नेपालको पर्यटनको राजधानी… पुरा पढौ

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

चैत ९ काठमाण्डौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई भेटेर स्थानीय उत्पादनको एकीकृत प्रवद्र्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो । चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि… पुरा पढौ

रेवान पोखराले स्वदेशी विदेशी सामेल गरि होली महोत्सव गर्ने

चैत ९ पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले होली पर्वका अवसरमा होली महोत्सव आयोजना गर्ने भएको छ । यस पटक होलीको दिन चैत्र ११ गते आइतबार होली पुर्णिमाको दिन अम्मट चौताराबाट होली खेल्न शुरु गरिने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए । अम्मट चौतारीमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई बाजागाजा सहित सामुहिक रुपमा होली खेल्दै गौरीघाट, बाराहीचोक, हल्लनचोक, खहरेचोकसम्म पुग्ने खेल्ने कार्यक्रम रहेको भट्टराईले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेवानले… पुरा पढौ