अर्थ

सर्वेश्वर मार्गका व्यवसाय अबदेखि शनिबारपनि खुल्ने

पोखरा, चैत ९ पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ । शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट थोक तथा… पुरा पढौ

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिराले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिए । “बेनी–घाँसा खण्डको करिब ४० किलोमिटर सडकमा १४ वटा ठूलो पहिरो पहिचान भएका छन्”, उनले… पुरा पढौ

दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन

ढोरपाटन । शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । शालग्रामलाई हिन्दू धर्मावलम्बीले भगवान्का रुपमा पुज्ने गर्दछन् । सवा लाख शालग्रामसँगै रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरमा हिजोआज भक्तजनको भीड लाग्ने गर्छ । बागलुङ–म्याग्दी–मुस्ताङ… पुरा पढौ

चैते दसैँ मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न गरिदै

गलकोट । ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले रु २५ लाख खर्चेर घना जङ्गलको बीचमा रहेको पदमार्गलाई झिलीमिली बत्ती जोड्नका लागि भूमिगतरुपमा विद्युतीकरण गरेको छ । करिब २१ विद्युत्का खम्बामा बत्ती राख्ने तथा रुखमा विद्युत्का बत्ती जोड्ने कार्य भइरहेको छ । सामान्य उज्यालोका लाइट… पुरा पढौ

चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्दा बन्दीपुरमा नयाँ गुफा फेला

तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका–२ पौवा नजिक करिब २० मिटर लम्बाइ भएको सरपानी गुफा भेटिएको हो । बन्दीपुरमा चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा बिहीबार उक्त गुफा भेटिएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार खोजी कार्यमा साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोली सहभागी थियो । नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको… पुरा पढौ

पोउवा संघको प्रतिनिधिमण्डल अध्ययन अवलोकन भ्रमणमा

चैत ८ पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन–अवलोकन भ्रमणमा निस्केको छ । अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की, उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी,महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्यहरु प्रभा सुवेदी सुदीप प्रधानाङ्ग,मनोज श्रेष्ठ,लीलधर चपाइँ र प्रदीप राजभण्डारी रहेका छन् । भ्रमण संयोजक वरिष्ठ उपाध्यक्ष कार्कीका अनुसार बिहीबारबाट सुरु भएको अध्ययन–अवलोकन भ्रमण करिब एकहप्ताको हुनेछ । बिहीबार भ्रमण दलले भक्तपुर र धुलिखेल उद्योग वाणिज्य… पुरा पढौ

खेलकुदभित्रको बजेटमा देखिएका समस्याहरु समाधान गर्न प्रयत्नशिल छु : मन्त्री जिसी

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिसीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री जिशीले सरकार आफ्नो उद्धेश्य प्राप्तीका लागि अघि बढिरहेको जनाउँदै भने–“हाम्रा मागहरु असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।” प्रशिक्षकहरु बिना खेलकुदको विकास सम्भव नभएको उल्लेख गर्दै… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

चैत ८ काठमाण्डौं । सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन… पुरा पढौ

सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन

चैत ८ काठमाण्डौं अर्थमन्त्री वर्षमान पुनले सन्तुलित ढङ्गले आगामी आर्थिक वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्रोतसाधन र सीमामा रहेर बजेटमा सन्तुलन कायम गरिने विश्वास व्यक्त गरे । “निर्वाचन क्षेत्र र प्रादेशिक सन्तुलन बजेटमा हुनुपर्छ भन्ने विषय संसद्मा पनि उठेको छ । यो विषयम समितिमा पनि आएको छ”, अर्थमन्त्री पुनले भने, “निर्वाचन क्षेत्रमा न्यूनतम सन्तुलन कायम गर्नेगरी स्रोतसाधन र सीमाभित्र रहेर बजेटलाई सन्तुलन कायम गर्ने प्रयास गर्नेछौँ ।” उहाँले आगामी बजेटमा कृषिको आधुनिकीकरण,… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ । यस्तै तेजाबी सुन बुधबार प्रति तोला रु एक लाख २४ हजार ६ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य रु एक लाख २७ हजार दुई… पुरा पढौ