अर्थ

नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ मार्फत

गलकोट । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ (विस्तृत रूपमा प्रतिक्रिया दिने) मार्फत दिन थालेको छ । नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो । नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनका ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ… पुरा पढौ

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

गण्डकी । “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त पोखरेलीले हिजो आइतबार बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो । पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए । एकापसमा… पुरा पढौ

बेनी अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

म्याग्दी । कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउछन् । “पचास श्यया क्षमता भएपनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ”, म्याग्दीका साथै पर्वत, बागलुङ… पुरा पढौ

पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै

पर्वत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माण गर्ने भएको छ । पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरिएको हो । सिँचाइको सुविधाबाट वञ्चित क्षेत्रका व्यावसायिक कृषकलाई यो कार्यक्रम लाभदायक हुने पैँयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजीव रिमालले जानकारी दिए। इन्जिनियर रिमालका अनुसार टकलाक सिँचाइ कुलो निर्माणका लागि रु दुई लाख, त्रिवेणीको… पुरा पढौ

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”,… पुरा पढौ

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मुग्लिन । चितवनको मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५… पुरा पढौ

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चितता गर्न पोउवा संघकोको माग

चैत ४ पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको लागि प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । आइतबार संघको तर्फबाट अध्यक्ष पवनकुमार प्रजापतिले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । संघले यसअघि पनि पटक–पटक प्रधानमन्त्रीलाई यो विषयबारे ध्यानाकर्षण गराएको स्मरण गर्दै विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग दोहो¥याएको हो । ज्ञापनपत्रमा कोरला नाका संचालन र कोरोला नाका संचालन तथा मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज बनाउन पनि माग गरिएको छ । यस्तै पृथ्वी… पुरा पढौ

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा किसानः महासचिवमा विमल

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् । सो समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए ।मुख्य तिनवटा पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । यस्तै महा–सचिवमा विमल धमला (निरबहादुर वि.क) १५५ मत प्राप्त गर्दै निर्वाचित… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ । आज विकास बैंक समूह शून्य दशमलव ८२, वित्त… पुरा पढौ

लायन्स डिष्ट्रिक्क ‘जे’ को गभर्नरमा थापा निर्वाचित

पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिवार पोखराकोमा सम्पन्न दास्रो महाधिवेशनबाट थापा डिष्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् । डेढ दशक बढी लायन्सको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी थापा लायन बर्ष २०२४÷ ०२५ का लागि डिष्ट्रिक्ट गभर्नर बन्न सफल भएकी हुन् । उनी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्व अध्यक्ष हुन् । महिला उद्यमी थापा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । लायन्समा उनी सन् २०१० बाट आबद्ध हुँदै… पुरा पढौ