अर्थ

कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी सङ्कलन

गलकोट । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा रु ३५ लाख ११ हजार पाँच सय ३५ भेटी सङ्कलन भएको बताए । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो । फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद रु… पुरा पढौ

प्रविधि प्रयोग गर्न पाउँदा स्याङजाका उखुकिसान उत्साहित

गल्याङ । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् । परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखुखेतीमा… पुरा पढौ

म्याग्दीमा चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हँुदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य छ । पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले रु १५ लाख २७ हजार सहयोग रकम जुटेको र रु १४ लाख ७७ हजार तीन सय ३३ खर्च भएको बताए । “स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ… पुरा पढौ

पोखरा पर्यटन परिषद्ले बुझायो प्रधानमन्त्रीलाई मागपत्र

गण्डकी । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो । पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो । परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ । मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्को सङ्कटको सामना गर्नुपरेको उल्लेख छ ।… पुरा पढौ

समय बचत ऋण सहकारी संस्थाको क्यान्ससम्बन्धी जाँचबाट ५२ जना लाभान्वित

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सवको अवसरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी चेकजाँच कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–९ न्यरोडस्थित सहकारीले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रमबाट ५२ जना बढी लाभान्वित भएको संस्थाका प्रवन्धक विधाता द्वाले जानकारी दिइन् । यसअघि कार्यक्रमको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका शाखा प्रमुख नवराज तिवारी, सहकारीका महिला उपसमिति संयोजक… पुरा पढौ

ट्रान्स हिमालय एडभेन्चर चैत १९ देखि

चैत ३ पोखरा । ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटोमोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो । नेपाललाई विश्वकै मोटरस्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडाँैदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाईकल टुरिङ र्‍याली हुनेछ । कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्से, झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित… पुरा पढौ

बुद्ध विशाल बजारको रक्तदान कार्यक्रममा ६४ युनिट रगत सकंलन

पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले दशौ पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै सांसद रगत दान जीवनको सवैभन्दा ठुलो दान भएको बताउदै आफ्नो तर्फबाट यशोयिसनलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्वता प्रकट गरेकी थिईन् । रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा… पुरा पढौ

निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले राती १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । पुरा पढौ

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन शुरु

काठमाण्डौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सुनचाँदा तथा रत्न आभुषण व्यवसायीहरुको गुनासो सुन्न मन्त्रालयको ढोका सधै खुल्ला रहने बताएका छन् । काठमाडौंमा आज देखि सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले व्यवसायीको समस्या र गुनासो सुन्नका लागि आफ्नो मन्त्रालय सधै तयार रहेको बताए । ‘चुनौतीपूर्ण क्षेत्रबाट सुनचाँदी व्यवसायी तथा आभुषण महासंघ अगाडि बढिरहेको छ’, मन्त्री गिरीले भने, ‘अहिले व्यवसायीहरुको गुनासो धेरै छन्, व्यवसायीहरुको… पुरा पढौ

टेम्पल ट्री १४ औं वर्षमा : कर्मचारी सम्मान सहित मानव सेवा आश्रमलाई सहयोग

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पुरा भई १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले एक कार्यक्रमको आयोजना गरि यो दिवसलाई मनाएको छ । सोहि समारोहमा रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडल सहित दिर्घ सेवा सम्मान प्रदान गरियो । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुसल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएका छन् । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक… पुरा पढौ