अर्थ

पोखरा फाईनान्सको वार्षिकोत्सवमा ४७ यूनिट रगत संकलन

चैत २ पोखरा । पोखरा फाईनान्स लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ यूनिट रगत संकलन भएको छ । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाईनान्सको २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ४७ जनाले रक्तदान गरेका हुन् । २०५३ सालदेखि बैंकिङ कारोबार शुरु गरेको फाईनान्सले देशका विभिन्न ठाउँका २४ वटा शाखा, १ एक्स्टेन्सन काउण्टर र ४ वटा एटिएम मार्फत सेवा प्रवाह गरिहेको फाईनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए । फाईनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सुविधासंगै… पुरा पढौ

ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा

डुम्रे । पछिल्लो समय ग्रामीण क्षेत्रमा गुन्द्री बुन्ने चलन लोप हुने अवस्थामा छ । प्लाष्टिकका गुन्द्री बजारमा प्रशस्त पाइन थालेपछि पराल तथा गुदका गुन्द्री बुन्ने चलन लोप हुँदै गएको स्थानीय बताउँछन् । हाल आधुनिकतासँगै जनजीवन परिवर्तन भएर कुर्सीको प्रयोग गर्नेको सङ्ख्या बढ्न थालेपछि गुन्द्रीमा बस्ने व्यवहारमा पनि परिवर्तन आउन थालेको छ । सहरी क्षेत्रका साथै ग्रामीण क्षेत्रमा पनि अधिकांशले अहिले प्लाष्टिकका कुर्सीको उपयोग गर्दछन् । परालको गुन्द्रीसँगै सिमान्तकृत दरै ९दराई० समुदायले प्राकृतिक तथा जैविक कच्चापदार्थको प्रयोग गरी गुदको गुन्द्री बुन्ने… पुरा पढौ

बागलुङमा पञ्चकोटको मात्रै चर्चा भयो बाँकी चार कोट भने ओझेलमा

गलकोट । अहिले नेपालमै चर्चा कमाएको धार्मिक पर्यटकीयस्थल पञ्चकोट हो । त्यही पञ्चकोटमध्येका अन्य कोट भने पर्यटकीय हिसाबले ओझेलमा परेका छन् । पञ्चकोटमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहँदा पञ्चकोटमध्येका अन्य चार कोट पर्यटकीय पूर्वाधारको पर्खाइमा रहेका छन् । पाँच कोटको सङ्गमस्थलका रुपमा तारजालकोटलाई पञ्चकोटका रुपमा विकास गरे पनि पञ्चकोटसँग जोडिएका अन्य महत्त्वपूर्ण ऐतिहासिकस्थल भने ओझेलमा परेका छन् । पञ्चकोटमा रु ५० करोडको भौतिक संरचना तयार भइसकेको छभने अन्य कोटमा नगन्य मात्रमा बजेट आएको छ । तारजालकोटमाथि रहेका कारिकोट, माझकोट, रायरायकोट… पुरा पढौ

ग्रामिण भेगमा उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

गलेश्वर । म्याग्दीका ग्रामीण भेगबाट उखु, अमिलो र तोरी पेल्ने परम्परागत ‘कोल लोप’ हुँदै गएका छन् । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका हुन् । ग्रामीण क्षेत्रमा सडकको विस्तारसँगै यातायात, प्रविधि र सञ्चारको विस्तार हुँदै गएपछि नागरिक सुविधाभोगी हुनाका साथै परम्परागत प्रविधिको संरक्षणमा ध्यान नदिँदा यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल… पुरा पढौ

दुई लायन्स क्लवले गरे सिजना बहिरामा सहयोग

लेखनाथ । लायन्स क्लव अफ पोखरा अर्घौ र लायन्स क्लव अफ पोखरा ग्रीन टाउनले संयुक्त रुपमा पोखरा २६ मा रहेको सिर्जना बहिरा मावि विद्यालयमा सहयोग गरेका छन् । ४४ जिल्लाका दुई सय ४५ जना विद्यार्थीहरु अध्यनरत विद्यालयमा वास्केट वल पोलको असुविधा रहेकाले उत्त समास्यलाई मध्यनजर राख्दै दुई क्लवको संयुत्त लगानीमा विद्यालय हाता भित्र निर्माण गरिएको वास्केटवल ग्राउण्डमा वास्केटवल पोल सहयोग गरिएको हो । लायन्स क्लव डिष्ट्रक एमका रिजन चियर प्रर्सन ई.सारदा मोहन काफ्ले र दुवै लायन्स क्लवका पदाधिकारीहरुले विद्यालयका प्रधानाध्यापक… पुरा पढौ

सनराईज क्लवको स्थापना दिवसमा अपाङ्गमैत्री समाजलाई सहयोग

लेखनाथ, २ चैत । युवाहरुलाई संगठित गर्दै सामाजिक क्षेत्रमा कृयाशिल हुदै आएको पोखरा महानगरपालिका वडा नं २६ को सनराईज युवा क्लवले आफनो १६ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गमैत्री समाजलाई सहयोग गरेको छ । सामाजिक क्षेत्रमा कृयासिल हुदै स्थानिय स्तरमा सरसफाई,सडक वत्ती,मठमन्दिरका क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यस वर्ष आफनो स्थापना दिवसका अवसरमा गत कातिक महिनामा पोखरा २९ मा भएको आगोलागिबाट पिडामा परेर हाल नेत्रहिन संघको भवन पोखरा २६ को वुढिवजारमा आश्रय लिईरहेका अपाङ्गमैत्री समाजलाई खाद्यन्न तथा फलफुल सहयोग गरेको… पुरा पढौ

बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै

ढोरपाटन । तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो । बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो । बुर्तिबाङ… पुरा पढौ

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो । सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरेको जानकारी दिए । “सडकको डिलतर्फ रेलिङ र… पुरा पढौ

अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनको नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाको लागि स्थलगत अध्ययन… पुरा पढौ

राष्ट्रिय राजमार्ग जोड्ने बागलुङका ग्रामिण सडक स्तरोन्नति गरिँदै

ढोरपाटन । बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् । राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन् । दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक… पुरा पढौ