अर्थ

गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा भर्ना हुने छात्राको बैङ्क खाता खोलिदिने भएको छ । आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुने सबै छात्राका नाममा गाउँपालिकाले न्यूनतम रु एक हजार मौज्दात भएको बैङ्क खाता खोल्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि गाउँपालिकाले यस किसिमको अभियान अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विद्यालयमा छात्राको आकर्षण बढाउनका लागि छात्रा बचत खाता सञ्चालन कार्यक्रम ल्याउन लागिएको गाउँपालिका अध्यक्ष चुमानले जानकारी दिए । “शैक्षिक… पुरा पढौ

गण्डकीमा ८५ पुल बने, ५३ निर्माणाधीन

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन् । सडक पुल कार्यक्रमअन्तर्गत पुल निर्माण भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार प्रदेशभर ५३ पुल निर्माणाधीन अवस्थामा छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उनले जानकारी दिए । “प्रदेश सरकार स्थापना भएयता ८५ पुल बनिसके, सम्झौता भएकामध्ये केही पुल निर्माणको अन्तिम चरणमा छन्”, प्रवक्ता पौडेलले भने, “सडक सँगसँगै पुल निर्माणलाई मन्त्रालयले… पुरा पढौ

वित्तीय सुशासन मूल्याङ्कनमा कास्कीका पालिकाहरुमध्ये रुपा पहिलो, पोखरा महानगर पुछारमा

पोखरा, फागुन ३० वित्तीय सुशासनमा रुपा गाउँपालिका कास्कीका पालिकाहरुमध्ये अब्बल ठहरिएको छ । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित स्थानिय तहहरूको आर्थिक बर्ष २०७९÷८० को वित्तीय सुशासन जोखिम मुल्यांकन (फ्रा)को नतिजामा रुपा गाउँपालिका ६७ अंक प्राप्त गर्दै कास्कीमा अब्बल ठहरिएको हो । सो नतिजा अनुसार पोखरा महानगरपालिका भने सबभन्दा कमजोर देखिएको छ । पोखरा महानगरले ६० अंक प्राप्त गर्दै वित्तीय सुशासन मूल्यांकनमा कास्कीका पाँच स्थानिय तहमध्ये सबैभन्दा पुछारमा परेको हो । जिसस कास्कीले बुधबार सार्वजनिक गरेको वित्तीय सुशासन जोखिम मुल्यांकनमा माछापुच्छ«े… पुरा पढौ

प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ

गण्डकी । ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ । समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको यो गाउँको प्राचीन मौलिकतालाई जगेर्ना गर्दै गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सती घाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई जोगाएर राखिएको छ । गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका… पुरा पढौ

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालनमा लालप्रसाद गुरुङ

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बताएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले रु पाँच लाख लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गरेका थिए । गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता शेयर ८२ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय… पुरा पढौ

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल ९शेरबहादुर०ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए । “मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर मच्छिम भ्यू स्टेशनमा पूर्वाधार बनाएका हौँ”, उनले भने, “पूर्वाधार… पुरा पढौ

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै ताराखोलाका महिला

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताए । उद्योग सातजना महिलाले सञ्चालन गरेको उनको भनाइ छ । उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र… पुरा पढौ

नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी गठन, अध्यक्षमा आचार्य

पोखरा, फागुन २९ नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी प्रदेश गठन भएको छ । गण्डकी प्रदेशमा एडभेञ्चर रनिङ खेल विकासका लागि यसमा संलग्नहरुको हालै भएको एक भेलाले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी प्रदेश तदर्थ समिति गठन भएको हो । अध्यक्ष बनेका आचार्य टान गण्डकीका बरिष्ठ उपाध्यक्ष तथा ईथिकल ट्रेकिङ नेपालका सञ्चालक हुन् । समितिको उपाध्यक्षमा उपाध्यक्षमा डा.उमेश पराजुली, समेजराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा ईन्दिरा लामिछाने र कोषाध्यक्षमा डा.गौरव च्वाई सुवेदी चयन भएका छन् । समितिको सदस्यहरुमा थानेश्वर… पुरा पढौ

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

फागुन २८ काठमाण्डौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरे । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ । विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताए । सरकारको… पुरा पढौ