अर्थ

एल आई सीले दियो २४ घण्टा भित्रको मृत्युदावी

माघ २६ पोखरा । बहुराष्ट्रिय कम्पनी एल आई सी नेपालले विमा गरेको २४ घण्टा भित्रको मृत्युदावी भुत्तानी प्रदान गरेको छ । कम्पनीले दुर्घटनमा परि ज्यान गुमाएका कास्कीको अन्नपुर्ण गाउपालिका वाड नं ३ स्थायी ठेगाना भएका माधव पौडेलको परिवारलाई दुर्घटना सहितको रु १०लाख २६ हजार पाँच सय रुपियाँ प्रदान गरेको हो । एल आइ सी नेपाल पोखरा साखाको ईतिहासमा पहिलो पटक विमा गरेको २४ घण्टा भित्र दुर्घटनामा पनि ज्यान गुमाएको परिवारलाई दुर्घटना लाभ सहितको मृत्युदावी भुत्तानी गरेको साखा प्रमुख सन्जिव खनालले… पुरा पढौ

भरतपुरका ४ वटा वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेका हुन् । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड… पुरा पढौ

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ । नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए । ४२ मेगावाट क्षमताको नीलगिरिखोला… पुरा पढौ

पन्ध्र वर्षपछि जैमिनी–बरेङ–शान्तिपुर सडक कालोपत्र हुँदै

ढोरपाटन । दक्षिण बागलुङको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेराबजारदेखि राङ्खानीसम्मको १० किलोमिटर शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते र कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलिखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो । पहिलो खण्ड निर्माणको जिम्मा पाएको शर्मा क्याराभान जेभीले तीनपटक म्याद थप्दा पनि कालोपत्र गर्न सकेको… पुरा पढौ

म्याग्दीमा आमा समूहद्वारा सामूहिक आलुखेती

गलेश्वर । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा हाते ट्र्याक्टर, औजार, स्प्रे मेसिन, सिँचाइ पाइपलगायत औजार अनुदानमा दिएको छ । रु एक लाख ८१ हजार लागतमा बीउ खरिद गरी आलुखेती विस्तार गरिएको अम्बोट आमा समूहकी अध्यक्ष लक्ष्मी… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज शुक्रबार सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रूपैयाँमा कारोबार भएको थियो । यसैगरि ,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १३ सय… पुरा पढौ

पोउवा संघको ७० औं स्थापना दिवस

माघ २५ पोखरा । पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश गरेको छ । उद्योगी/व्यवसायीहरुको हितको रक्षा गर्ने उद्धेश्यले स्वर्गीय अमृतप्रसाद शेरचनको अध्यक्षतामा २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । यो पोखराको सवैभन्दा जेठो सामाजिक संस्था पनि हो । उद्योगी/व्यवसायीहरुको हितका खातिर स्थापना भए पनि संघले पोखराको शैक्षिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण योगदान गरेको छ । पोखराको बालमन्दिरदेखि पृथ्वीनारायण क्याम्पस,पोखरा विश्वविद्यालयसम्मका दर्जनौं शैक्षिक संस्थाको स्थापना र संचालनमा सघाएको संघले महेन्द्रपुल,पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण… पुरा पढौ

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

माघ २५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन् । उत्पादन वृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए । “बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौँ”, प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रो नीति तथा कार्यक्रम… पुरा पढौ

पोखरामा फोनमा धम्काएर ५ करोड फिरौती माग गर्ने पर्वतका दुईजना पक्राउ

पोखरा । भारतीय सिमकार्ड प्रयोग गरेर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ। पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका– १४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ। ‘सच्चाइ केन्द्र’का अध्यक्ष पकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत् ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। ‘प्रकाशदीप गैरेको सम्बन्धमा… पुरा पढौ

आज सुन-चाँदीकै भाउ घट्यो , कतिमा हुदैँछ कारोबार ?हेर्नुहोस

नेपाली बजारमा आज सुन-चाँदीकै भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनर आज सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ थियो । यसैगरि, आज चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । पुरा पढौ