अर्थ

चार सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले… पुरा पढौ

गण्डकीका अर्थमन्त्रीमाथि सरकारी बजेट आमा समूहलाई बाँडेको आरोप,आयोगमा उजुरी

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ । माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग गरेर बरालले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।  उनले सरकारी ढुकुटीको पैसा रकमान्तर गरेर आमा समूहलाई बाँडेको भन्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको हो । पोखरा महानगरपालिका १७ निवासी महेन्द्र पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा उजुरी दिएका… पुरा पढौ

पोखरामा थरिथरिका प्याराग्लाईडिङ पाईलट : कोहि स्वास्थ्यमा समस्या हुँदाहुँदै उडान भर्ने, कोहि लागूऔषधको अम्मली

पोखरा, कात्तिक ३० पोखराका प्याराग्लाईडिङ पाईलटहरुले अम्मलको प्रयोग गर्ने गरेको पाईएको छ । पोखरामा प्याराग्लाईडिङ गर्ने केहि सिमित पाईलटहरुले आत्मविश्वास लगाउन उत्तेजना जगाउने अम्मल (लागुऔषध) प्रयोग गर्ने गरेको तथ्य उजागर भएको हो । हालै गरिएको स्वास्थ्य परीक्षणका क्रममा ६ जना प्याराग्लाईडिङ पाईलटहरुले गाँजालगायतका उत्तेजना जगाउने लागूऔषध प्रयोग गरेको पाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको रिपोर्टमा उल्लेख छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको प्याराग्लाइडिङ प्रतियोगिताका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापा मगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले प्याराग्लाईडिङ… पुरा पढौ

‘कालोसूचीमा नपरेका रामजीबिरुद्ध एमालेको अनर्गल प्रचार’

पोखरा ३०, कार्तिक नेकपा एमालेले कालोसूचीमै नपरेका कास्की ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजीप्रसाद बराल (जीवन)बिरुद्ध अनर्गल प्रचार गरेको पाइएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट बराल संलग्न पोखरा–९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थाले लिएको रकम नतिरेपछि सामान्य सचेत मात्र गराएको विषयलाई एमालेले चुनावको मुखमा कालोसूचीमा परेको भन्दै अनर्गल प्रचार गरेको पाइएको हो । सोहि प्रचारका आधारमा भ्रमित भई पोखरा–२४ कास्कीकोटका बोधराज सुवेदीले बरालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरीसमेत गरेका थिए । तर कोषले दिएको… पुरा पढौ

नेपाल बैंक ८६ औं वर्षमा प्रवेश, पोखरामा प्रभातफेरी

पोखरा । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेड ८६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो स्थापनाको ८६ औं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार पोखरामा प्रभातफेरी आयोजना गर्‍यो। बैंकको पृथ्वीचोकस्थित प्रादेसिक कार्यालयबाट शुरु भएको प्रभातफेरी पोखराको नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक हुँदै कार्यालयमा पुगि सभामा परिणत भएको थियो । सभालाई प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्बोधन गर्दै नेपालकै इतिहास बोकेको बैंकले आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेको बताइन् । उनले पछिल्लो समय बढ्दो बैंकिङ प्रतिस्पर्धाका बीच पनि मुलुककै पुरानो बैंकले… पुरा पढौ

रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा ५५ जनालाई न्यानो कपडा वितरण

पोखरा । रोट्रयाक्ट क्लब अफ हेमजाले शनिबार एक कार्यक्रमको आयाजना गरी आर्थिक रुपमा बिपन्न ४० जना बालबालिका र १५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ पोखरा अन्नपूर्णका आगामी बर्षका अध्यक्ष तोय बहादुर भट्टराईले जहाँ आवश्यकता, त्यहाँ रोट्रयाक्ट क्लबले सहयोग गर्ने बताउदै सहि समयमा धेरै राम्रो काम गरेकोमा रोट्रयाक्ट क्लव अफ हेमजा माथि आफु निकै प्रवाभित भएको भन्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा कार्यपालिका सदस्य एवं… पुरा पढौ

मनाङमा पर्यटक बढे

मनाङ । पर्यटकीय मौसम समेत भएकाले मनाङ क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिए । उनका अनुसार मनाङमा कात्तिकमा मात्र दुई हजार एक सय १६ विदेशी पर्यटक भित्रिएका छन् । पुरुष एक हजार दुई सय ६४ र महिला आठ सय ५२… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलब ८६ मा सीमित भएको छ । त्यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ३३ अङ्कले ओरालो लागेर तीन सय ७३ दशमलब ७१ मा ओर्लिएको छ । कूल दुई सय २९ कम्पनीको २७ लाख ४५ हजार एक सय नौ कित्ता शेयर रु एक अर्ब दुई करोड ३६ लाख… पुरा पढौ

एक हजारले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले… पुरा पढौ

ठगी गर्ने १ जना पक्राउ

पोखरा । ठगी आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विभिन्न समयमा ठगी गरेको भन्दै पर्वतको कुश्मा नगरपालिका वडा नं।०३ स्थायी घर भई हाल पोखरा वडा नं.१८ सराङकोट बस्ने २५ वर्षका अभिसेक सुनारलाई पक्राउ गरेको हो । नक्कली सुनका गरगहनाहरू धितोमा राखी पोखरा १७ बिरौटा स्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कास्कीबाट १६ लाख ६० हजार, वडा ८ पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट ७ लाख ४५ हजार गरी चौबीस लाख पाँच हजार कर्जा लिएका थिए । लामो… पुरा पढौ