अर्थ

नवलपरासीमा एक करोड बराबरको अवैध सामान बरामद

बर्दघाट । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट रु एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो । उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा,… पुरा पढौ

भेट्टाएको सुनको सिक्री प्रहरी मार्फत मालिकलाई फिर्ता

म्याग्दी । म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना देखाएका छन्। रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाएका थिए । उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको… पुरा पढौ

पालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताएका छन् । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतिलिटर दूधमा… पुरा पढौ

गण्डकी प्रदेशभित्र सार्वजनिक यातायातमा स्वचालित भाडा लागू गर्छौः मन्त्री खड्का

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का प्रदेशमा स्वचालित मूल्य प्रणाली लागू गरिने बताएका छन् । इन्धनको मूल्य बढ्दा स्वचालित रुपमा सवारी भाडा वृद्धि हुने र मूल्य घट्दा भाडा घट्ने गरी मूल्य प्रणाली तत्कालै लागू गरिने प्रतिवद्धता मन्त्री खड्काको छ । पोखरेली ट्याक्सी सेवा प्रालि पोखराको सोमबार सम्पन्न चौथो साधारणसभाको उद्घाटन गर्दै उनले मुल्यवृद्धिपछि भाडा समायोजनका लागि यातायात व्यवसायीले मन्त्रालयमा निवेदन लिएर आउनुपर्ने बाध्यता अन्त्य हुने गरी मन्त्री परिषद्बाट निर्णय गर्न लागिएको उनको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा कंडेल निर्विरोध निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा विभिन्न पदमा निर्वाचन हुँदैछ । कार्यसमिति सदस्य कर्पोरेटतर्फ व्यवसायी रामप्रसाद कडेंल निर्विरोध निर्वाचित भएका छन् । विगत ९ वर्षदेखि विभिन्न व्यवसायमा संलग्न हुँदै आएका व्यवसायी कंडेल आफ्नो व्यवसायमार्फत हजारौं युवालाई रोजगारी दिदैं आएका छन् । कर्तव्यनिष्ठ र सृजनशील युवा कंडेलले आफ्नो व्यवसायमार्फत पोखराका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका छन् । कंडेलको प्रमुख व्यवसाय अन्तर्गत चौतारी बुटिक होटल, इजि फ्यासिलिटिज प्रा.लि, इजि ट्रेडिङ प्रा.लि. तथा गोर्खाल्याण्ड सेक्युरिटी गुप्र छन् । पोखरा विश्वविद्यालयबाट… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ… पुरा पढौ

अन्नपूर्ण पदमार्ग स् यात्रा छोटियो तर सास्ती घटेन

मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ । यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन् । उनीहरु यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन् । तर अहिले भने उनीहरुको यो तालिका फरक भएको छ । तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ । लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा छोटो समयमा… पुरा पढौ

उद्योगी व्यवसायीको भरोसा अर्जुन प्यानल, व्यापार इक्युवेसन सेन्टर निर्माण गर्ने घोषणा

पोखरा । पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघ । भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ । चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिश्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् । पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्,… पुरा पढौ

अधिकतम उद्योगी व्यवसायीको समर्थन पवन प्रजापति समूहलाई

पोखरा । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने प्रतिबद्धतासहित उनीहरुको घरदैलोमा पुगिरहेको पवनकुमार प्रजापति सहितको टोलीलाई मतदाताहरुको अधिकतम समर्थन मिलेको छ । मतदाता उद्योगी व्यवसायीहरुले आफ्नो नेतृत्वको समूहलाई अत्याधिक विश्वास गरेको अध्यक्ष प्रत्यासी प्रजापतिको दाबी छ । आईतबार घरदैलोको क्रममा प्रजापति र उनको समूह प्रस्यांंग, जिरोकिलोमिटर, मालेपाटन, मासबार, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्तांगचोक लगाएतका स्थानमा पुगेर उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा मत मागेका थिए । संघमा क्रमैसँग आएको नेतृत्व र परिस्कृत सोँचसहितको नयाँ पुस्ताका सदस्य पदाधिकारीहरुको उत्कृष्ट समूह भएकोले उद्योगी व्यवसायीहरुले आफ्नो समूहलाई… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ६८ अङ्कले उकालो लागेर एक हजार नौ सय ७७ दशमलब ३० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५७ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलब ७७ अङ्कमा पुगेको छ । कूल दुई सय २७ कम्पनीको २८ लाख ७६ हजार दुई सय ८८ कित्ता शेयर रु एक अर्ब सात… पुरा पढौ