अर्थ

व्यवसायीको समस्या समाधान र संघको आर्थिक स्रोत बढाउन प्रतिबद्ध पवन प्रजापति समूह

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका पवन प्रजापतिले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि आफूले नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् । लामो ईतिहास र गरिमा बोकेको उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको पीरमर्काको साझेदारी गर्न आफूले उम्मेदवारी दिएको उनले तर्क गरे । भदौ २४ र २५ गते हुन लागेको संघको महाधिवेशनको सन्दर्भमा आफ्नो प्यानलसहित घरदैलो गरिरहेका प्रजापतिले संघप्रति व्यवसायीको अपनत्व बढाउने काम आफ्नो नेतृत्वको समूहले गर्ने बताए । लामो समयको लकडाउनका कारण व्यवसायीहरु मर्कामा रहेको यथार्थ… पुरा पढौ

सहारा क्लब हङकङ सल्लाहकार इन्द्र गुरुङद्वारा सहारा एकेडेमीमा सहयोग

पोखरा । सहारा क्लब हङकङका सल्लाहकार इन्द्र गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई ४५ हजार नगद सहयोग गरेकी छन् । पोखराको बुद्धचोक घर भइ हाल हङकङमा इमेज हेयर सलुन संचालन गर्दै आएकी उनले ग्राहकबाट प्रदान गरिएको रकम एकेडेमीलाई सहयोग गरेकी हुन् । एकेडेमीमा आफूले सहयोग गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्तै सहयोग गदै जाने उनले बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज), निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष… पुरा पढौ

पोखरा ट्रेड मलको उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिए

पोखरा । पोखराको चिप्लेढुँगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् । मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले रु १० हजार जित्न सफल भए । यसैगरी प्रतिमा गुरुङले रु दुई हजार र पोखरा सिनेप्लेक्सको टिकट , योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले रु दुई हजार र एक हजार बराबरको फेसियल सेवा… पुरा पढौ

नेप्से परिसूचकमा ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य आठ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६६ अङ्कले ओरालो लागेर तीन सय ८३ दशमलव ९३ मा पुगेको छ । कुल दुई सय २५ कम्पनीका ३९ लाख ५५ हजार आठ सय ८६ कित्ता शेयर रु एक अर्ब ३८… पुरा पढौ

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ। यसअघि, नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो। बेनी नगरपालिकामा १० ओटा वडा छन्। सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गभर्नेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए। ‘सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौं,’ उनले भने, ‘हरेक… पुरा पढौ

रामघाटमा तीजगित प्रतियोगिता सम्पन्न ,हेम्जाको कामधेनु महिला समुहले जित्यो पहिलो पुरस्कार

पोखरा । भाद्र शुक्ल तृतियाका दिन मनाईने नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसरमा पोखरा १० रामघाट स्थित शिव मन्दिर गितामन्दिर परिसरमा बृहत तिजगित प्रतियोगिता सम्पन्न भयो । हरेक बर्ष तिज कै दिनमा यस स्थानमा तिजगित प्रतियोगिता हुने गर्दछ । कोभिड १९, कोरोना भाईरसका कारण केहि बर्ष सम्पन्न हुन नसकेको तिजगित प्रतियोगिता यस पटक गिताशान्ति मार्ग महिला समूहको आयोजनामा सम्पन्न भएको हो । छोटो समय ,एक साताको तयारीले प्रतियोगिता सम्पन्न गरिएको र अन्तिम अवस्था सम्म कोभिड १९ को पछिल्लो… पुरा पढौ

बेबील्याण्डको दशैं कार्निभल २०७९ ः “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं”

पोखरा । पोखराको बेबील्याण्डमा दशैं अफर शुरु भएको छ । नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाँडपर्वहरुलाई लक्षित गरेर बेबील्याण्डले आज भदौ १५ गते बुधबारदेखि दशैं अफर शुरु गरेको हो । दशैं सपिङ्ग कारनिभल २०७९ नाम दिएर “बेबील्याण्ड जाऔं, हिरो स्कुटर ल्याऔं” भन्ने नारासहित शुरु भएको बेबील्याण्डको दशैं अफर कात्तिक १४ गतेसम्म जारी रहने जनाइएको छ । यो अवधीमा सामान खरिद गर्ने ग्राहकलाई १२ प्रतिशत छुटपनि दिईने बेबील्याण्डले जनाएको छ । बेबील्याण्डले ‘ह्याप्पी आवर’ अन्तर्गत विहान ९ बजेदेखि… पुरा पढौ

विश्व बैंकबाट १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण आउँदै

विश्व बैंकबाट नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध आउने भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो। सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरे। बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन… पुरा पढौ

एएफसीले एन्फालाई ७ हजार डलर जरिवाना तोक्यो

एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर (करिव नौ लाख रुपियाँ) जरिवाना गरेको छ। गत असारमा कुवेतमा भएको एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमविपरित काम गरेको भन्दै एएफसीले नेपाललाई जरिवाना गरेको हो। एएफसीको अनुशासन तथा इथिक कमिटीले एसियन कप छनोट अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा प्रतिबन्ध गरिएका प्रशिक्षक अलमुताइरी खेलअघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्डसहित मैदान प्रवेश गरेको भन्दै ६ हजार डलर र इन्डोनेसियाविरुद्धकै खेलको… पुरा पढौ

बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना

बागलुङमा संघीय तथा प्रदेश सरकारले कृषि तथा पशुपालन विकासको क्षेत्रमा झन्डै रू. १५ करोड खर्च गर्ने भएका छन्। चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन्। गण्डकी प्रदेश सरकार अन्तगर्तका कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङ तथा संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उक्त बजेट खर्च हुने भएको हो। कृषि ज्ञान केन्द्रले रू. पाँच करोड ५५ लाख बजेट पाएको छ। सोमध्ये चालू खर्च रू. पाँच करोड ४३ लाख… पुरा पढौ