अर्थ

यामाहा जेडआर माइलेज च्यालेन्ज सम्पन्न, पोखरेल प्रथम

पोखरा । भि.ए डब्लु इन्टरप्रइजेज यामाहा पोखराले आयोजना गरेको माइलेज च्यालेन्जमा श्याम प्रसाद पोखरेल प्रथम भएका छन् । प्रतियोगितामा पोखरले प्रति लिटर ७२.७७ किमिको दुरी पुरा गर्दै विजेता घोषित भएका हुन् । यस्तै प्रतिलिटर ७१.७२ किमि सहित अर्जुन बहादुर मगर द्वितिय र प्रति लिटर ७२.७९ किमि पुरा गरेका जेनिश ध्वजु तृतिय भए । यामाहाको जेडआर एफआई स्कुटरले प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने कम्पनीको दावीलाई प्रमाणीत गर्न उक्त कार्यक्रमको आयोजना गरिएको भि.ए डब्लु इन्टरप्रइजेज पोखराले जनाएको छ । ४० जनाको सहभागिता… पुरा पढौ

पोखरा उद्योग बाणिज्य संघमा केसी ग्रुपको ‘इण्ट्रि’

पोखरा । पोखरा उद्योग बाणिज्य संघमा देशकै प्रतिष्ठित उद्योगी घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन भएकी हुन् । उनले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गरेकी हुन् । माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहनुभएका कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित भएकी हुन् । पोखरा उद्योग वाणिज्य… पुरा पढौ

आत्मनिर्भर अर्थतन्त्रको लागि उत्पादन हुनु पर्छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आत्मनिर्भर अर्थतन्त्रको लागि बस्तु उत्पादन गर्नुपर्ने बताएका छन् । पोखरा १८ सराङकोटमा रहेको हरिवंश बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरामा सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताएका हुन् । रेमिट्यान्सबाट भित्रिएको पूंजिलाई नेपालमा उचित ढंगले सदुपयोग गर्न सहकारीहरुले कम्तिमा पनि ३० प्रतिशत कृषि र उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । कृषि प्रधान देश नेपालमा बस्तु आयातलाई रोक्न पनि कृषिलाई पहिलो… पुरा पढौ

राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा पुनः न्यौपाने

पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा पुनः कमलप्रसाद न्यौपाने निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न समितिको १५ औं साधरणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा पुनः न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा उमापति ढकाल, द्वितिय उपाध्यक्षमा जगदिश प्रसाद अधिकारी, महासचिवमा कृष्णप्रसाद चापागाई, सचिवमा नारायण प्रसाद सुवेदी, कोषाध्यक्षमा राजु सुनार र कोषाध्यक्षमा ईश्वरी प्रसाद आचार्यलाई चयन गरेको छ । त्यसैगरि समितिको सदस्यहरुमा सोभाकान्त शर्मा, मिलन ढकाल, जगनमोहन गिरी, बेदुराम लामिछाने र ईन्दुदेवी श्रेष्ठ चयन भएको नवनिर्वाचित… पुरा पढौ

उद्योगी व्यवसायीको भरोषाः पवनकुमार प्रजापति समूह

पोखरा । घरदैलोको क्रममा रहेको पवन कुमार प्रजापति र उनको समूहले शुक्रबार वीपीचोकदेखि पृथ्वीचोकसम्मका उद्योगी व्यवसायीहरुलाई भेटेको छ । विहानैदेखि प्रचारमा निस्केको यो टोलीले वीपीचोकदेखि न्यूरोड, जाल्पारोड, सृजनाचोक, जिरोकिलोमिटर, सभागृहचोक, पृथ्वीचोक हुँदै नागढुंगासम्मका उद्योगी व्यवसायीहरुलाई भेटेर आफ्नो पक्षमा भोट मागेको हो । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशन भदौको २४ र २५ गते हुँदैछ । संघको नयाँ नेतृत्वको लागि पवन प्रजापतिको समूहले संस्थागत जीवन्तताका लागि व्यवसायिक हितमा अभियन्ता बन्ने नारा सहित चुनावी प्रचारमा गएको छ । ‘हामीले संघमा… पुरा पढौ

पाकिस्तानी लगानीकर्ता पोखरामा लगानी गर्न तयार छन् : पाकिस्तानी राजदुत

पोखरा, भदौ १७ नेपालका लागि ईश्लामिक गणतन्त्र पाकिस्तानका राजदुत सैयद हैजर शाहले पाकिस्तानी लगानीकर्ता पोखरासहित नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको भेटपछि एभरेस्टकर्मी सन्देश श्रेष्ठसँग कुरा गर्दै उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका हुन् । गण्डकी प्रदेश सरकारले चाँडै गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र सम्भावित लगानीको सम्भावनाबारे गरिएको प्रश्नको जवाफमा उनले भने,‘सरकारले लगानीको वातावरण बनाउनु पर्छ । जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षा र नाफाको ज्ञारेन्टी खोज्छ… पुरा पढौ

रित्तिएको गाउँका भरिएका मन

कुस्मा । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको छ र टाढैबाट पनि यस गाउँलाई नियाल्न सकिन्छ । यस गाउँमा दुई सयको हारहारीमा घर छन् । आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको भने वर्षांै भएको छ… पुरा पढौ

२ हजार १४७ पाउन्डको फर्सीले रच्यो नयाँ कीर्तिमान

अमेरिकाको अलास्का राज्यका एकजना पुरुषले अलास्का राज्य मेलामा २ हजार १४७ पाउन्ड तौलको फर्सी ल्याएर सो राज्यमा यस विधामा आफैँले राखेको पूर्व कीर्तिमान तोडेका छन् । डेल मार्सलले सन् २०१९ को यस्तै मेलामा २ हजार ५१ पाउन्ड वजनको फर्सी ल्याएर नयाँ कीर्तिमान राखेका थिए । उनले आफ्नो यो पछिल्लो फर्सीको नाम ’कुकी मोनस्टर’ राखेका छन् । मार्सलले एन्कोरेज डेली न्युजलाई भनेका छन्, ‘यो विशाल फर्सी उमार्न मैले एटलान्टिक जायन्ट बिज प्रयोग गरेको थिएँ । ४ जुनमा कुकी मोनस्टर तयार भएको… पुरा पढौ

डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले मूल्यवृद्धि गरेको हो। यो मूल्य बिहीबार रातिदेखि लागू हुने छ। यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ पुगेको छ। यसअघि १७२ रुपैयाँ कायम थियो। निगमले पेट्रोल र ग्यासको मूल्य भने यथावत राखेको छ। आजमात्रै निगमलाई भारतीय आयल कर्पोरेशनले पेट्रोलिय पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। निगमले मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब २० करोड ५२ लाख घाटा रहेको जनाएको छ। पुरा पढौ

व्यावसायीको आवाज : ‘अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित’

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको व्यावसायीहरुले बताएका छन् । चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजीको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरका साथ चुनावमा होमिएको टिमलाई व्यावसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् । ‘एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यासायीहरुले विजयी… पुरा पढौ