अर्थ

अन्तरदेशीय व्यापार मेला नहुँदा स्थानीयवासी मर्कामा

कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सञ्चालन नहुँदा मुस्ताङका बासिन्दा मर्कामा परेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा रहेको कोरला नाकामा पछिल्लो तीन वर्षयता अन्तरदेशीय व्यापार मेला सञ्चालन हुन सकेको छैन । बर्खा र हिउँद शुरू हुनुअघि हरेक वर्ष असार र भदौ महिनामा लाग्दै आएको व्यापार मेला कोरोना (भाइरस)को महामारी फैलिएपछि रोकिएको थियो। कोरोना महामारीको असर घटेको र खोपको विकास भइसकेपनि नाकामा व्यापार मेला सञ्चालन नहुँदा मुस्ताङका बासिन्दा मर्कामा परेका लोमान्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष ढुढुके विष्टले… पुरा पढौ

पवन प्रजापती टिमको विकल्प नरहेको व्यवसायीको धारणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको चुनानी सरगर्मी बढेसँगै पवन प्रजापतीको समुहले आज अम्मरसिंह चोक, राम वजार, वुद्धचोक आसपासका स्थानमा घरदैलो गरेका छन् । घर दैलो अभियानमा सहभागि स्थानिय व्यवसायीहरुले अवको संघको नेतृत्वमा पवन प्रजापतीको विकल्प नभएको धारणा राखेका छन् । उनीहरुले पवन प्रजापतीको टिम समावेसी, अनुभवी र समझदार टिम भएकाले यसपालि संघको खस्कदो अवस्थालाई उकास्ने टिम भएको भन्दै अग्रिम शुभकामना समेत दिए । घरदैलो अभियानमा अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले सवै महिला व्यवसायी सवै महिला उद्यमी भन्दै घरघरमा तीजको… पुरा पढौ

उद्योग वाणिज्य संघमा युवा नेतृत्व आवश्यक

पोखरा । राजनीतिमा युवा नेतृत्व खोजिरहेको समयमा हरेक क्षेत्रले युवा नेतृत्व चाहिरहेको छ । आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अधिवेशन हुदैछ । संघको नेतृत्वले युवा खोजिरहेको संघमा आवद्ध युवा व्यावसायीहरुको धारणा छ । पोखरा २ मोहोरिया टोलका सन्तोष विजुक्छे पनि अब हरेक क्षेत्रमा युवा नेतृत्व आवश्यक पर्ने बताउँछन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि २ प्यानल अहिले घरदैलोमा व्यस्त छ । सोही क्रममा अर्जुन पोखरेल प्यानल सोमबार बिहान बिजुक्छेले… पुरा पढौ

मानव सेवा आश्रमलाई सहयोग

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमद्धारा मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरिएको छ। समाजद्वारा सञ्चालित चूडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैयाँ मूल्य बरावरको खाद्यान्न सामाग्री र कार्यक्रमका सहभागीहरुले संकलन गरेको नगद २० हजार २५० वितरण गरिएको हो। समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उनी परिवारजनबाट २ लाख २ हजार १०१ को अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट प्रत्येक बर्ष विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गर्दै आएको छ। कुशेऔशी (बाबुको… पुरा पढौ

नेपालीपन हराउदै गएमा राष्ट्रियतामा समेत खतरा हुन्छः मन्त्री बराल

पोखरा ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले संस्कृतिमा नेपालीपन हराउदै गएमा राष्ट्रियता समेत हराउन सक्ने खतरा भएको बताएका छन् । सराङकोटमा आइतबार देखि सुरु भएको प्रथम तीज मेलाको उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रिय भनेको भूगोल मात्र नभई संस्कृतिसंग समेत जोडिएकोले कुनै देशको संस्कृति हराउदा राष्ट्रियता नै हराउन सक्ने खतरा हुने भएको बताएका हुुन् । नेपालीपन र नेपाली संस्कृति हराएमा नेपालको राष्ट्रियता हराउने उनको दाबी थियो । तिजले नेपाली भाषा, समाजको सथार्थता छर्रलङग पार्न सक्नुपर्ने बताउदै मन्त्री बरालले… पुरा पढौ

जोण्टाको ‘गो रेड फर उमन’

पोखरा । जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन् । उनका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक… पुरा पढौ

संबृद्धि सहकारीमा भट्टराई

पोखरा । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल रहेका छन् । संचालक समितिको सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, बीरेन्द्र बानिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्यमा निर्वाचित गरेको छ ।… पुरा पढौ

मतपत्र छाप्ने कागज किन्न समस्या

आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ । मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताए । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो । तर, न्यूनतम मूल्यसँग मेल खानेगरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ । आयोगले… पुरा पढौ

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुुको चोरी हुँदा स्थानीय तह आम्दानी गुमाइरहेका छन् । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरूले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ । सर्वोच्चको आदेश र कानूनी व्यवस्थाविपरीत पर्वत, बागलुङ र म्याग्दीस्थित कालीगण्डकी नदी किनारबाट बर्खायाममा बालुवा उत्खनन भएको कालीगण्डकी बचाउ अभियानका आरके आदिप्त गिरीले बताए । कुश्मा, बागलुङ र बेनी… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका अध्यक्षका आकांक्षी पोखरेल प्यानलसहित घरदैलोमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो सुरु गरेको छ । उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन… पुरा पढौ