अर्थ

जेष्ठ नागरिक सरोकार समाजको मानव सेवा आश्रम हेमजालाई सहयोग

पोखरा । जेष्ठनागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमद्धारा आज मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरेको छ । समाजद्धारा सञ्चालित चुडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैया मुल्य बराबरको खाद्यान्न सामाग्री र कार्यक्रमका सहभागिहरुले संकलन गरेको नगद २० हजार २५० वितरण गरिएको हो । समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उनको परिवारजनबाट दुई लाख दुई हजार १०१ को अक्षयकोष स्थापना गरि त्यसको व्याजबाट प्रत्येक बर्ष विभिन्न सामाजिक संघसंस्थालाई सम्मान गर्दै… पुरा पढौ

काठमाडौंको जस्तै नेवारी टेस्ट पोखरामा पस्कँदै नेवाः दरबार

पोखरा । पोखराको ड्यामसाइडमा ५ जना युवा व्यवसायीहरुले १ करोडको लगानीमा नेवाः दरबार रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । वीरेन्द्र श्रेष्ठ, अर्जुनप्रसाद मैनाली, परशुराम चौधरी, नरेश महर्जन र फेसल रफर मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा नेवारी परिकारका अलावा कास्मिरी खानाका परिकारहरु पाइन्छन् । काठमाडौंमा पाइने नेवारी टेस्ट पोखरामै उपलब्ध गराउने उद्देश्यले आफूहरुले रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । न्युनतम मूल्यमा स्वाथ्यवद्र्धक खाना उपलब्ध गराइने उनीहरुको दाबी छ । रेष्टुरेन्टमा एकपटकमा १ सय जना सम्मलाई सेवा दिन… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ । कूल दुई सय १३… पुरा पढौ

वीरगञ्ज नाकाको आर्थिक कारोबार घट्दै

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८÷७९ मा सङ्कुचन देखिएको छ । वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो । गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम अर्थात् ११ हजार आठ सय ४८ वटा प्रज्ञापनपत्रमात्र… पुरा पढौ

माछापालनबाट मनग्य आम्दानी

सुन्दरहरैचा । मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचितछा । भुरा बिक्री वितरण तथा माछापालन व्यवसायमा रमाइरहेका राई विगत २५ वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन । व्यावसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा खाने माछा खरिद बिक्री गदै आएका राई ११ जति कामदारलाई स्वदेशमै रोजगारीसमेत दिन सफल भएका छन । उनले आफ्नो आठ कट्ठा जमिनमा रहेको… पुरा पढौ

घरमै सामाजिक सुरक्षा भत्ता

जाजरकोट । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् । बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ… पुरा पढौ

पोउवा संघमा प्रजापति–पोखरेलको प्यानल आमने–सामने

निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका छन् । संघको यही भदौ २४ र २५ गते हुने ३४ औं महाधिवेशनबाट नेतृत्व हत्याउन पवनकुमार प्रजापति र अर्जुन पोखरेल समूह बनाएरै चुनावी मैदानमा उत्रिएका हुन् । संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापति वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् । १० वर्षअघि सदस्यबाट संघको कार्यसमितिमा प्रवेश गरेका प्रजापति कोषाध्यक्ष, उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । त्यस्तै, पोखरेल… पुरा पढौ

विद्युतको लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी

गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले त्यस दिन काम सकेर घर फर्कदा छोरालाई देख्दिनन् । सधैँजसो स्कुलबाट आएर खेल्न गएको होला ठानेर आफ्नो घरयासी काममा लागेकी उनलाई केही छिनमा कसैले ‘तिम्रो छोरोलाई करेन्ट लाग्यो, बेहोस भएको छ,’ भनेर फोन गरिदिन्छ । यो खबरले उनी अर्धचेत अवस्थामा पुगिन् । त्यसपछि छोरालाई चार महिना काठमाडौंको अस्पताल भर्ना गरियो । पछि फूलमाया छोरासँगै कुश्मा फर्किएकी… पुरा पढौ

पुरानो टुडिखेलमा तीजमेला भोलिदेखि

पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०७९ को अवसर पारि पोखरा महानगरपालिका १ स्थित पुरानो टुडिखेलमा शुक्रबार अर्थात १० भदौदेखि ऐतिहासिक तीज मेला सुरु हुदैछ । इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १६ भदौसम्म चल्नेछ् । मेलाको गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल जिवनले उद्घाटन गर्नेछन् । उद्घाटन पुर्व मेला स्थल पुरानो टुडिखेलबाट बिभिन्न जात जाति, आमा समुह, संघ सस्था, स्थानीय सहभागी झाकी सहितका र्र्याली पुनः… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड… पुरा पढौ