अर्थ

मकवानपुरमा पनि मिटरब्याजीविरुद्ध प्रशासनमा ११ उजुरी

मकवानपुर । मकवानपुरमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा ११ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै सञ्चालन गरेपछि मकवानपुरमा पनि चर्को ब्याजबाट पीडित हुनेले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकरी दिए । मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरिका ७७ जिल्ला… पुरा पढौ

डागर स्मृति पुरस्कार डा तुलिका र सुमल गुरुङलाई

पोखरा । डागर स्मृति पुरस्कार २०७८ बाट डा. तुलिका दुवे र २०७९ बाट साहित्यकार सुमलकुमार गुरुङ पुरस्कृत हुने भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवम् सम्मानित गर्दै आएको छ । २०७८ सालको पुरस्कार कोरोनाका कारणले रोकिएकोमा दुई वर्षको पुरस्कार एकै साथ अर्पण गर्न लागिएको प्रतिष्ठानका पूर्व अध्यक्ष हिरादेवी बास्तोलाले जानकारी दिइन् । उक्त पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, सोनाम साङ्पो, गोविन्दराज पहारी, साहित्यसेवातर्फ… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु… पुरा पढौ

रु एक करोड पच्चीस लाख राजश्व सङ्कलन

तनहुँ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा रु एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि सञ्चालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । सो नगरपालिकाभित्र लिफ्टिङ… पुरा पढौ

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

म्याग्दी । कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ । सर्वोच्चको आदेश र कानुनी व्यवस्थाविपरीत पर्वत, बागलुङ र म्याग्दीस्थित कालीगण्डकी नदी किनारबाट बर्खा याममा बालुवा उत्खनन भएको कालीगण्डकी बचाउ अभियानका आरके आदिप्त गिरीले बताए ।… पुरा पढौ

क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक एक लाखसम्म तलब हुने भन्दै पीडितसँग ६ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर… पुरा पढौ

मिटरब्याजी आरोपितविरुद्ध सर्लाहीमा चार सय २७ उजुरी

सर्लाही । मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिए । उनका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत… पुरा पढौ

धौलागिरि लघुवित्तको आइपिओको बाँडफाँट

काठमाडौँ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बाँडफाँट भएको हो । बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता शेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ… पुरा पढौ

सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार एक… पुरा पढौ

नेपाल उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा पराजुली

पोखरा । नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा जनक राज पराजुली चयन भएका छन् । महासंघको प्रथम गण्डकी प्रदेशस्तरिय भेलाले पराजुलीको अध्यक्षतामा ६१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ट उपाध्यक्ष अर्जुन चोखाल,उधोग उपाध्यक्ष गणेश लामीछाने,वाणिज्य उपाध्यक्ष मोहन सुवेदी महिला उपाध्यक्ष हेमा कुमारी तराङ (सामना),माहासचिव गोविन्द थापा,कोषाध्यक्ष गोकुल कँडेल ,उप माहासचिव विरेन्द्र कुमार श्रेष्ठ ,सचिव सडानन्द सापकोटा,मोतिलाल पौडेल,नारायण श्रेष्ठ रहेको पदाधिकारी सहित ६१ सदस्य समिती चयन गरेको छ। सदस्य हरुमा सुवर्ण रिजाल –म्याग्दी,ईस्वर खत्री–म्याग्दि,कृष्ण प्रसाद श्रेष्ठ–पर्वत… पुरा पढौ