अर्थ

आस्था र विचारभन्दा माथि उठेर विकासमा लागौँ : शिक्षामन्त्री पौडेल

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आस्था र विचारभन्दा माथि उठेर सबै राजनीतिक दल देशको विकासमा लाग्नुपर्ने बताएका छन् । आस्था र विचारका पछि लागेर मात्रै व्यावहारिक विकास नभएको र जनताले सुविधा नपाएको उनको भनाइ थियो । उनले नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार निर्माण तथा जनशक्तिको व्यवस्थापनलगायतका क्षेत्रमा अझै धेरै काम बाँकी रहेको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासले मात्रै सामाजिक क्षेत्रको विकास हुने बताए । समुदायको तत्परता बिना विकास निर्माण सम्भव नरहेको भन्दै मन्त्री पौडेलले त्यस्ता… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्यद्वारा उम्मेदवारी घोषणा

पोखरा, भदौ ७ पोखरा उद्योग वाणिज्य संघको महासचिवमा बलराम आचार्यले उम्मेदवारी दिने भएका छन् । आचार्यले पवनकुमार प्रजापति समूहबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आचार्य वर्तमान कोषाध्यक्ष हुन् । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । संघको अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेल भिड्दैछन् । आचार्यले विगत ८ वर्षदेखि निरन्तर संघको कार्यसमितिमा बसेर काम गर्दै आएका छन् । २७ वर्षदेखि फेन्सी व्यवसायमा रहेका… पुरा पढौ

नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ५४ दशमलब ९८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ९७ दशमलव ६९ मा पुगेको छ । कूल दुई सय २२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर रु एक अर्ब ३३ करोड ३५ लाख… पुरा पढौ

चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन । महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दासमेत नेपालमा नघट्नु दुःखद कुरा भएको बताए ।… पुरा पढौ

विन्ध्यावासिनीको दान पेटिका चोरी गरेको भन्दै एक जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका-२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मी दोर्जे रहेका छन् । मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले दोर्जेलाई दानपेटिकासहित पक्राउ गरेको हो । दोर्जेमाथि जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद गरी अनुसन्धान भइरहेको छ । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : उद्योग उपाध्यक्षमा सापकोटाद्वारा उम्मेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा हरिहर सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । सापकोटाले आफू उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवार बन्ने एभरेस्ट आवाजलाई बताए । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । संघको नया नेतृत्वका लागि हुने निर्वाचनमा आफूले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने उनले बताए । उनले एभरेस्ट आवाजलाई भने,‘मेरो उम्मेदवारी सम्पूर्ण उद्योगीको तर्फबाट हो ।’ यसअघि प्रजापति प्यानलबाट उद्योगतर्फको उपाध्यक्षमा हिरामणी पण्डितले उम्मेदवारी घोषणा गरिसकेका छन् । सापकोटाले भने पोखरेल प्यानलबाट… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता बुझ्न यातायात सुविधा

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–१ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ । सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन बैंकमा आउन करिब एक दिन लाग्ने र हिँडेर कठिन हुने भएकाले वडा कार्यालयले सबैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न तथा घर आउन सहजका लागि यतायाता सेवा उपलब्ध गराउन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिए । वडाका चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरी सेवा प्रदान गरिएको छ । त्रैमासिक रुपमा बैंकले तोकेको… पुरा पढौ

सिर्जनशील लघुवित्तको आइपिओ आउँदै

काठमाडौँ । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल जारी पुँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको… पुरा पढौ

तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु… पुरा पढौ

२४ भदौबाट नाम्सको राष्ट्रिय अधिवेशन

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को छैटौं राष्ट्रिय महाधिवेशन यही भदौको २४ र २५ गते चितवनको नारायणगढमा हुने भएको छ । गत शनिबार बसेको संघको १० औ पूर्ण बैठकले सो निर्णय गरेको हो । महाधिवेशन सम्पन्न गर्न संघका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिको सह –संयोजकमा संघका केन्द्रीय उपाध्यक्ष पुष्पराज पराजुली, सदस्य–सचिवमा महासचिव पदम भट्टराईलाई चयन गरेको छ । मूल आयोजक समिति मा केन्द्रीय कमिटीका पदाधिकारी… पुरा पढौ