अर्थ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलब ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलब शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ७६ अङ्कले ओरालो लागेर तीन सय ८७ दशमलब ९० मा ओर्लेको छ । कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर रु एक अर्ब ८७ करोड ३२ लाख ८१… पुरा पढौ

सरकारद्वारा १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

काठमाडौँ । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड ९अमेरिकी डलर १०० मिलियन० सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यही साउन २६ गते गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट पूर्वी तराइको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब रु दुई अर्ब १३ करोड ६४ लाख जापानी येन दुई हजार २५६ मिलियन अनुदान सहायता स्वीकार… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा… पुरा पढौ

इष्टर्न हाइड्रोपावरको आइपिओ खुला हुँदै

काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु. एक सय अङ्कित दरमा रु. छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख… पुरा पढौ

रिसोर्ट र पार्कबाट आम्दानी

विराटनगर । आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन । चार बिघा १० कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा ल्याइएको सो रिसोर्ट हेर्न लायकको बनाउने क्रम जारी छ । आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो… पुरा पढौ

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन । कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन । कार्यदलको सदस्य सचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ… पुरा पढौ

अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो सेवा सुविधा विद्यालयलाई

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन् । उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन् । “मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ” उनले भने, “यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ ।” सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारीदिए । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ… पुरा पढौ

राष्ट्रिय सौन्दर्यकर्मी युनियन पोखरा महानगर कमीटीको अध्यक्षमा दर्जी

पोखरा, साउन २६ राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पोखरा महानगर कमीटीको अध्यक्षमा ज्ञानुकुमारी दर्जी चयन भएकी छन् । युनियनको विहीबार पोखरामा भएको तेस्रो अधिवेसनले दर्जीको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितीको उपाध्यक्षमा गंगादेवी पुन, सचिवमा सृजना घले, सह–सचिवमा मन्दिरा बस्नेत र कोषाध्यक्षमा रमा रानाभाट चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदश्य मिना गुरुङले सौन्दर्यकर्मीको पेशालाई मर्यादित र व्यवसायिककरण गर्दै लैजानुपर्नेमा जोड दिईन् । उनले लामो समयदेखि सौन्दर्य पेशालाई शैक्षिक कार्यक्रममा समावेश गर्ने आफ्नो… पुरा पढौ

बेगनासताल पचभैयालाई प्रमुख पर्यटकीय बनाईने, संरक्षणमा जुटे स्थानिय

पोखरा, २६ साउन पोखराको बेगनासताल पचभैयालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । जसका लागि स्थानिय पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न स्थानिय जनता जुटेका छन् । यहि प्रयास स्वरुप स्थानियले आज विहीबार देउराली मन्दिरदेखि गुम्बासम्म करिब १०० वटा फुलका बिरुवा रोपिएृको स्थानिय पर्यटन व्यवसायी तथा होटल एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । स्थानीय पचभैया सामुदायिक होमस्टेको आयोजना तथा स्थानिय होमस्टेको लगानीमा वृक्षारोपण गरिएको थापाले बताए । उनका अनुसार विहीबार गुल्मोहर, असारे, मुसुन्डा,… पुरा पढौ

कर समायोजन प्रगतिशील कर सिद्धान्तमा आधारित छ : अर्थमन्त्री बराल

पोखरा २६, साउन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताएका छन् । गण्डकी प्रदेश सभाको शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले संघीयता माथि नै प्रश्न उठ्ने गरेर कर बढाएको आरोप लगाएपछि जवाफमा उनले यस्तो बताएका हुन् । ‘प्रगतिशिल कर सिद्धान्तको आधारमा थोरै हुनेसँग कम र धेरै हुनेसँग बढी कर लिने गरी समायोजन गरिएको हो । यो विषय अहिले आएर कार्यान्वयनमा आएको मात्र हो । तर यसलाई अनावश्यक रुपमा आलोचना गरियो’–उनले भने ।… पुरा पढौ