अर्थ

अर्थमन्त्री बरालले दीन दुःखीको सेवा गर्दै मनाए आफ्नो जन्म दिन

पोखरा, साउन २३ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आफ्नो जन्म दिन दीन दुःखीको सेवा गर्दै मनाएका छन् । अर्थमन्त्री बरालले पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजास्थित मानव सेवा आश्रममा आश्रित दीन दुःखीको सेवा गरेर जन्म दिन मनाएका हुन् । दीन दुःखीको सेवा गर्दै जन्म दिन मनाउन पुगेका अर्थमन्त्री बरालले त्यहाँ आश्रितहरुलाई विहानको भोजन दान गरे । साथै उनी आफैले खाना पस्केर आश्रितहरुको टेबल टेबलमा पु¥याएका थिए । करीब २० हजार बराबरको भोजन दान गरेका अर्थमन्त्री बरालले मानव सेवा आश्रमलाई एउटा… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७।६८ अङ्कले ओरालो लागेर दुई हजार १०६।१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३।४४ अङ्कले ओरालो लागेर ४०६।११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई… पुरा पढौ

पोखरा उ.वा.संघको अध्यक्षमा पवन प्रजापतीद्वारापनि उम्मेदवारी घोषणा

पोखरा, साउन २३ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापतीलेपनि उम्मेदवारी घोषणा गरेका छन् । संघका वर्तमान बरिष्ठ उपाध्यक्ष प्रजापतीले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि संघका वर्तमान उद्योग तर्फका उपाध्यक्ष अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रजापती यसअघी सदस्य, कोषाध्यक्ष, उपाध्यक्षहुँदै बरिष्ठ उपाध्यक्ष भइसकेका छन् । १० वर्षअघि सदस्यका रुपमा संघमा प्रवेश गरेका प्रजापतीले बाँकी एक कार्यकाल अध्यक्ष भएर काम गर्ने भन्दै अध्यक्षका लागि मत मागेका छन् । प्रजापतीले… पुरा पढौ

केन्द्रबाट म्याग्दीका कृषकलाई दुई करोड अनुदान

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत चार सय ३२ कृषक, फार्म, समूह र सहकारीले रु.एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धी, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए । बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र… पुरा पढौ

मेगा बैंकद्धारा अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

पाल्पा। । अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले पाल्पाको तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो । बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका सामग्री सहयोग गरिएको तानसेन शाखाका प्रबन्धक विष्णुप्रसाद भण्डारीले बताए । कर्मचारीले आफ्नो आम्दानीमध्येको केही रकम सङ्कलन गरेर अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरिएको बैंकले जनाएको… पुरा पढौ

नेप्से परिसूचकको उकालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अङ्कले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच… पुरा पढौ

खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल

पोखरा २२, साउन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा बोल्दै मन्त्री बरालले गण्डकी प्रदेशमा ४ अर्ब बराबरको खाद्य सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका हुन् । पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालले बताए ।… पुरा पढौ

उपाध्यक्ष पोखरेलद्वारा पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी घोषणा

पोखरा, साउन २२ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । नीजि क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आगामी भदौ २५ र २६ गते पोखरामा हुँदैछ । अध्यक्षमा बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतीले पनि दाबी गर्दै आएका छन् । यद्यपी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेल वर्तमान उद्योगतर्फका उपाध्यक्ष हुन् भने यसअघि उनी सदस्य, उपमहासचिव… पुरा पढौ

चार करोड सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

भोजपुर । झण्डै रु चार करोड खर्च गरेपछि भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ । बाह्र वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको हो । पुल निर्माणमा हालसम्म रु तीन करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक÷पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए… पुरा पढौ

पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन… पुरा पढौ