अर्थ

घट्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार आठसय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार तीनसय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५… पुरा पढौ

तनहुँमा दर्ता र मापदण्ड पूरा नगरी क्रसर उद्योग संचालन

तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग दर्ताबिनै सञ्चालन हुँदै आएका छन्। जिल्लामा सञ्चालन भएका १९ क्रसर उद्योगमध्ये १० वटाले दर्तासमेत गरेका छैनन् । अन्य ९ वटा दर्ता भएपनि मापदण्ड पूरा गरेका छैनन् । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय, अन्तरराष्ट्रिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई… पुरा पढौ

व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र संचालनसम्बन्धी त्रिपक्षीय समझदारी

पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र नेपाल सहरी उत्थानशील परियोजनाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। सार्वजनिक निजी संवादसमेतका माध्यमबाट ‘उद्यमशीलता विकास तथा नवउद्यम प्रवद्र्धनका लागि व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र संचालनसम्बन्धी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। ६ बुँदे समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गरेकी हुन्। समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति वा समूहलाई उद्यमशीलताको… पुरा पढौ

नेपाल बजार बिक्री प्रतिनिधि पोखरामा तिवारी

नेपाल बजार बिक्री प्रतिनिधि संघ, पोखरा शाखाको अध्यक्षमा बाबुराम तिवारी निर्वाचित भएका छन्। संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशनले तिवारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। कमिटीको उपाध्यक्षमा जयनारायण सापकोटा, सचिवमा भुबन पौडेल, अर्थ उपसचिवमा अग्नी पनेरु, संगठन उपसचिवमा मोनिका बराल, प्रचार प्रसार उपसचिवमा सुनिलकुमार गोर्खाली साथै अतिरिक्त उपसचिवमा सूर्यप्रसाद भट्टराई छन्। त्यस्तै, सदस्यहरुमा गोबिन्द रेग्मी, माधब बराल, बबिता भुषाल, केदार पौडेल, गुणराज गिरी, अजयराज खनाल र हृदयबाबु पौडेल छन्। यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ गण्डकी… पुरा पढौ

तनहुँका १० क्रसर उद्योग दर्ता बिना सञ्चालन

तनहुँ । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हँुदै आएका छन् । जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन् । अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी शिक्षण संस्था,… पुरा पढौ

भानुको दोरदोरकोटलाई पर्यटकीय गन्तव्य बनाउन पहल

तनहुँ । तनहुँको भानु नगरपालिका–३ दोरदोरकोटलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । बाइसे चौबिसे राज्यको पालामा तनहुँसुरको सेन वंशीय राजाले सुरक्षा पोष्टका रुपमा प्रयोग गरेको उक्त गढीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो । भानु नगरपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चासो देखाएको छ । नगरपालिकाको उक्त कदममा भानुस्थित नेपाली सेनाको रुरु भैरव दल गणले पनि हातेमालो गर्ने भएको छ । नगरपालिकाले गढीलाई व्यवस्थित बनाई नेपालको राष्ट्रिय झण्डा राख्ने योजना बनाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । साथै… पुरा पढौ

महिलाको नाममा जग्गा पास गर्ने बढ्दै, ५१ करोड बढी राजस्वमा छुट

झापा । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको हो । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा रु ५१ करोड ४२ लाख एक हजार ५१३ राजश्व छुट दिइएको छ । अघिल्लो आवमा सात हजार ६१ वटा लिखद पास गर्ने महिलालाई रु ३९ करोड २१ लाख आठ… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँचदशमलव ८० अङ्कले ओरालो लागेर ४०६ दशमलव ४५ मा ओर्लेको छ । कूल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर रु. दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार… पुरा पढौ

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

तनहुँ । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार छ सय ९० मध्ये आधा बजेट मात्र खर्च भएको हो । उक्त अवधिमा जिल्लामा रु तीन अर्ब १२ करोड ६१ लाख नौ हजार आठ सय ३५ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठका अनुसार उक्त वर्ष… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक… पुरा पढौ