अर्थ

लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणा पत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको हो । कार्यालयले जिल्लाका ८ वटै… पुरा पढौ

मुख्यमन्त्री र मन्त्रीका ‘बा–आमाको नामका ट्रष्टका लागि छुट्याएको बजेट स्वरोजगार उत्पादनमा लगाउ’

पोखरा, साउन १९ बा–आमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा खर्चिन सरोकारवालाहरुले आग्रह गरेका छन् । प्रेरणा नेपालले विहीबार पोखरामा आयोजना गरेको ‘स्वरोजगार प्रवद्र्धनमा सरकार, गैरसरकारी, राजनीतिक दल र नीति क्षेत्रको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मुख्यमन्त्री, मन्त्री र नेताहरुको बुबाआमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा लगाउन आग्रह गरेका हुन् । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सत्तारुढ नेताहरुको बा–आमाको नाममा खुलेका ट्रष्टलाई करोडौं रुपैयाँ बजेट विनियोजित गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका… पुरा पढौ

ताराखोलाका शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता

बागलुङ । बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ शहीद र दुई बेपत्ता भएका… पुरा पढौ

अभियानबाट उठेको रकम ७१७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई बुझाइयो

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीका पारिवारिक ट्रस्टका लागि विनियोजित बजेटको सांकेतिक विरोध स्वरुप संकलित रकम ७१७ रुपैयाँ दान गरिएको छ । अनेरास्ववियु गण्डकीले बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सो रकम हस्तान्तरण गरेको हो । अनेरास्ववियुले हालै पोखराका चोकचोकमा बिरोध स्वरुप १ रुपैयाँ दान अभियान चलाएको थियो । त्यसबेला संकलित ७ सय १७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई प्रदान गरेको अनेरास्ववियु गण्डकी प्रदेश सचिव रोमाकान्त पोखरेल (आरके)ले जानकारी दिएका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷०८० को बजेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सत्तारुढ… पुरा पढौ

निगमको प्रष्टीकरण–ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन ९आइओसी० लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो । आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७… पुरा पढौ

गण्डकीका यातायात व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित, साउन २२ गतेदेखि घर र ग्यारेजमा थन्काउने

पोखरा, साउन १८ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले सवारी कर वृद्धिको विरोधमा गाडी सञ्चालन नगर्ने घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले अन्यायपूर्ण कर वृद्धि गरेको विरोधमा यहि साउन २२ गते आईतबारदेखि सवारी साधन सञ्चालन नगर्ने घोषणा गरेको हो । उसले सो दिनदेखि आफू मातहत रहेका सम्पूर्ण गाडीहरु घर÷ग्यारेजमा थन्काउने बताएको छ । यसअघी यातायात व्यवसायीलाई सरकारले साठी प्रतिशत कर छुट दिदै आएको थियो । सो करछुट बापत व्यवसायीले विद्यार्थी, वृद्धवृद्धा,… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

काठमाडौँ । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका हुन । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु… पुरा पढौ

ऐजेरुले घट्यो आलु उत्पादन

म्याग्दी । ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष उत्पादन घटेको किसानले बताएका छन् । ‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि म्याग्दीको आलु खेतीमा सो समस्या देखिएको थिएन् । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर पुर्जाले गत वर्षको तुलनामा आधा कम आलु फलेको बताए । गतसाल बीस… पुरा पढौ

प्रतितोला रु ३००ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार १०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार… पुरा पढौ

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए । उक्त समयपश्चात् इच्छुक पर्यटकहरुले केबुलकार रिजर्भ… पुरा पढौ