अर्थ

प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न छुट्टीयो बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट छुट्याएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनेसँगै पोखराको सराङ्कोट र तोरीपानी क्षेत्रबाट उडान भर्ने प्याराग्लाईडिङ बिस्थापन गर्ने नीति लिएसँगै सरकारले प्याराग्लाईडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको हो । त्यस्तै प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपलाईन, बञ्जीजम्प, वीच… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३६ अर्ब

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन् । यो चालु आर्थिक वर्ष २०७८/७९ को बजेट भन्दा ५ अर्ब ८६ करोड ९५ लाख ७३ हजारले कम हो । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट ल्याएको थियो । सरकारले आगामी… पुरा पढौ

सहीद र वेपत्ता परिवारका आश्रित परिवारलाई घरजग्गा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा दिइने

गण्डकी प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका क्रममा सहीद र वेपत्ता भएका परिवारका आश्रित परिवारलाई घरजग्गा कारोबारमा शुल्क मिनाहा दिने भएको छ । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका क्रममा सहीद र वेपत्ता भएका परिवारका आश्रित पती, पत्नी, छोरा, छोरी तथा माता र पीताको नाममा स्वामित्व प्राप्त हुनेगरी पारित हुने लिखतमा गण्डकी प्रदेश सरकारको आर्थिक ऐन वमोजिम घरजग्गा कारोबारमा सबै प्रकारको शुल्क पूर्ण रुपमा मिनाहा गर्ने… पुरा पढौ

ट्राफिक प्रहरीले संकलन गर्ने जरिवाना प्रदेश सञ्चित कोषमा ल्याईने

पोखरा । गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीले संकलन गर्ने सबै किसिमका जरिवाना प्रदेश मातहत ल्याउने भएको छ । गण्डकी सरकारका तर्फबाट अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार बजेट सार्वजनिक गर्दै प्रदेश भित्र ट्राफिक प्रहरीले संकलन गर्ने सबै किसिमका जरिवाना प्रदेश मातहत ल्याउने तयारी भएको बताएका हुन् । त्यसका लागि प्रदेश सञ्चित कोषमा दाखिला गर्ने कानूनी आधार तयार गर्ने अर्थमन्त्री बरालले उल्लेख गरे । यसले राजश्व अभिवृद्धि हुने उनको भनाई छ । पुरा पढौ

लिफ्टिङ खानेपानी आयोजनाको विद्युत महशुलमा सतप्रतिसत छुट दिने घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महशुलमा सतप्रतिसत छुट दिने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिकबाट विध्यमान लिफ्टिङ खानेपानी आयोजनामा लाग्ने विद्युत महशुलमा सतप्रतिशत सहुलितयको व्यवस्था गरेको बताए । यस्का लागि ५ करोड विनियोजन गरिएको उनले बताए । साथै यसबाट दुर्गम ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकको लागि खानेपानीको सेवा सहज पुग्ने उनले विश्व व्यक्त गरे । पुरा पढौ

स्थानिय तहको सहकार्यमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले सरकारी सहयोगमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने अनिवार्य गरेको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रामजीप्रसाद बरालले स्थानिय सरकारको सहकार्यमा विद्यालयमा खुवाईने दीवा खाजा स्थानिय उत्पादनकै हुनुपर्ने अनिवार्य गरिएको उल्लेख गरे । उनले यसो गरेर सरकारले स्थानिय उत्पादनको व्यवसायीकरण गर्न खोजेको स्पष्ट पारे । पुरा पढौ

प्रदेशमा भूमि बैंकको सम्भाव्यता अध्ययन गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याएको हो । जसका लागि भुउपयोग नीति अनुरुप बाँझो जग्गालाई कृषि कार्यमा उपयोग गर्न प्रदेशमा भूमि बैंक स्थापनाको सम्भाव्यता अध्ययनका निम्ति व्यवस्था मिलाएको अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । तर बजेट भने खुलाइएको छैन । पुरा पढौ

एक निर्वाचन एक कृषि सडकका लागि ३६ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले एक निर्वाचन, एक कृषि सडक निर्माण अभियानलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा एक निर्वाचन, एक कृषि सडक निर्माणलाई निरन्तरता दिएको हो । जसको कार्यान्वयनका लागि ३६ करोड बजेट विनियोज गरिएको अर्थमन्त्री रामजीप्रसाद बरालले जानकारी दिए । पुरा पढौ

हिमाली तथा दुर्गमका विद्यालयलाई नमुना बनाइने

पोखरा । गण्डकी प्रदेशले हिमाली तथा दुर्गम स्थानका विद्यालयलाई नमुना विद्यालय बनाउने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै त्यसको लागि २ करोड छुट्याएको बताए । उनले कोभिड–१९ बाट वुवा आमा गुमाएका बालबालिकाको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । पुरा पढौ

गण्डकी सरकारले विपद तथा आपतकालिन उद्दार गर्ने

पोखरा । गण्डकी प्रदेशले विपद तथा आपतकालिन उद्दारका लागि आवश्यक बजेट उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । उनले क्यानोनिङ, क्यानोपिङ लगायतका साहासिक पर्यटनको विस्तार गरिने बताए । साथै पोखराको प्याराग्लाइडिङ विकल्पको खोजी गरिने बताए । पुरा पढौ