अर्थ

पोउवाद्वारा विपन्न बस्तीका बालबालिकालाई जीवनपयोगी शिक्षा

पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा पोखरा नगर क्षेत्रभित्रका ९ ठाउँमा रहेका अव्यवस्थित बस्तीका ७६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास… पुरा पढौ

मातृभुमि बचत समुहको २९ औं साधारण सभा सम्पन्न

पोखरा १९ घार्मी, माझटोलमा रहेको मातृभुमि कृषि बचत समुहको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै समुहका सल्लाहकार हुतराज शर्मा पौडेलले ग्रामिण क्षेत्रमा संचालित समुहले स सानो रकम बचत गरी स्थानीयमा बचत गर्ने बानीको विकास गरेको बताए । उनले समुहले बचत मात्र नगरी केही रकम उत्पादन मुलक कृषि क्षेत्रमा लगाउन सुझाव दिए । सल्लाहकार संयोजक ढुण्डिराज पौडेलले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका सहकारीको अध्ययन गरी अनुभव आदान प्रदान गर्नुपर्नेमा जोड दिए । समुहका अध्यक्ष नन्दराज… पुरा पढौ

ढुंगेसाँघु मेलामा भक्तजनको घुँईचो, कन्दमूल प्रतियोगितामा शंकर आचार्य प्रथम

सन्देश श्रेष्ठपोखरा, माघ १ पोखरामा विहीबार ढुंगेसाँघु मेला धुमधामका साथ लागेको छ । धार्मिक आस्थाको धरोहर गण्डकीमा मकर सक्रान्तीको स्नान गर्ने र कन्दमूल तरकारीको प्रदर्शन गर्ने परम्परागत धार्मिक मेला माघ १ गते विहीबार पोखरा–१७ ढुंगेसाँघुमा लागेको हो । मेलामा दशौं हजारको भीड लागेको थियो । जहाँ माघे सक्रान्तिको अवसरमा खाईने घर तरुल, वन तरुलदेखि भ्याकुर, गिठा, सखरखण्डलगायतका कन्दमूल तथा तरुलहरु बेच्नका लागि राखिएको थियो । त्यस्तै, परम्परागत रुपमा प्रयोग हुने हातहतियारहरु दाउ, खुकुरी, डोको, नाम्लो, नाङ्लो, भकारीदेखि लत्ताकपडासम्म, अनि खानेकुराका… पुरा पढौ

उज्वल सहकारीको अध्यक्षमा पुनः बास्तोला

उज्वल बचत तथा ऋण सहकारी संस्था लि पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा पुनः नरेन्द्र बास्तोला निर्वाचित भएका छन् । ९ सदस्यीय संचालक समितिको उपाध्यक्षमा बैकुण्ठराज तिमिल्सिना, सचिवमा सुरेन्द्र बास्तोला र कोषाध्यक्षमा मिना कुमारी गुरुङ निर्वाचित भए भने सदस्यहरूमा इन्दिरा बराल, विमला श्रेष्ठ, सिता पाण्डे, उमाकान्त रिजाल र सिता शर्मालाई चयन गरिएको छ । यसैगरी, लेखा समितिको संयोजकमा धिरज थापा तथा सदस्यहरुमा ओमनाथ अधिकारी र केशव… पुरा पढौ

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत

चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ ।चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ९० अर्ब २१ करोड ५४ लाख बराबर खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५ दशमलव १४ प्रतिशत हुन आउँछ ।यो अवधिको चालुगत… पुरा पढौ

सुनचाँदीको मूल्य आज पनि बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ कायम भएको छ । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो । गत आइतबार प्रतितोला रु दुई लाख… पुरा पढौ

ज्योति विकास बैंकले गर्यो कास्की जिल्ला अदालतलाई कम्प्युटर सहयोग

ज्योति विकास बैंकले जेनजी प्रदर्शनका बेला क्षतिग्रस्त भएको कास्की जिल्ला अदालतलाई सहयोग स्वरुप कम्प्युटर प्रदान गरेको छ । आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट अदालतका भौतिक तथा सूचना प्रविधि सम्बन्धी उपकरणहरू जली नष्ट भएको अवस्थामा अदालतलाई डेल ब्राण्डका दुई थान कम्प्युटर सेट सहयोग गरेको जनाएको छ । उक्त सहयोग बैंकका गण्डकी क्लस्टर,प्रदेश प्रमुख सुजित नेपाल र बैंकका न्यूरोड पोखरा शाखा प्रमुख रेशम लाल श्रेष्ठले कास्की जिल्ला अदालतलाई हस्तान्तरण गरे। बैकिंग क्षेत्रमा क्रियाशील ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अदालतलाई आवश्यक सहयोग… पुरा पढौ

नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा पोखराका २२ विद्यालयमा एआई र साइबर सुरक्षा सिकाउने

पोखरा, पुस २९ नेपाल टेलिकम पोखराले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा सूचना प्रविधि र डिजिटल साक्षरता सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ । वार्षिकोत्सवको अवसरमा टेलिकम पोखराले एक साता लामो व्यापार प्रवर्द्दन इभेन्टदेखि २२ दिनसम्म चल्ने उपहार योजना र विद्यालय केन्द्रित साक्षरता अभियान सञ्चालन गर्ने जनाएको हो । जस अन्तर्गत पोखराका २२ वटा सरकारी विद्यालयमा ’डिजिटल साक्षरता कक्षा सञ्चालन गरिने टेलिकम पोखराका कार्यालय प्रमुख प्रेमराज ढुंगानाले जानकारी दिए । सो साक्षरता कक्षामा कशोरकिशोरीहरुलाई साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेटको सही प्रयोग… पुरा पढौ

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ । यो मुल्य अहिलेसममकै उच्च हो ।गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४… पुरा पढौ

पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड

पोखरा । पौष २८ ।  पोखराबेशी बहुद्देश्यीय सहकारी संस्था, पोखरा–२, बाग्लुङ बसपार्कको शनिबार ७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अनुसार सहकारीले आ.व ८१÷८२मा ४ करोड ९६ लाख २२ हजार ५ सय ७५ रुपैयाँ निक्षेप सङ्कलन गर्ने सफल भएको छ । २ करोड ८९ लाख ६० हजार ७ सय शेयर पुँजी रहेको सहकारीले ६ करोड ७० लाख ८५ हजार ९१ रुपैया कर्जा लगानी गरेको छ ।    वार्षिक साधारणसभा अवसरमा संस्थाका अध्यक्ष नारायण पहारीले सहकारीको आव २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कुरा जनाएका हुन् । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६का निर्वतमान वडाअध्यक्ष तथा सल्लाहकार जगत… पुरा पढौ