अर्थ

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय

सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली ९इपिएस० परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवारसमेत अवसरबाट वञ्चित भएकाले हालको प्रणालीमा देखिएको रोस्टर मान्य अवधि थप गर्ने विषयमा कोरिया सरकार समक्ष कूटनीतिक पहलमार्फत अनुरोध गर्ने निर्णय गरेको छ… पुरा पढौ

‘महिला उद्यमी बन्न अझै चुनौतिपूर्ण’

सन्देश श्रेष्ठपोखरा, पुस २३ पोखराका अगुवा उद्योगी व्यवसायीले महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बताएका छन् । राजनीतिक परिवर्तनसँगै शिक्षा र सचेतनामा फड्को मारे पनि समाज र परिवारमा व्यवहारिक परिवर्तन नहुँदा महिला उद्यमशीलता अझै पनि चुनौतिपूर्ण रहेको बुधबार महिला उद्यमी संघ नेपाल, कास्कीको दशौं साधारण सभा तथा छैटौं अधिवेशनमा बोल्ने वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै महिला सीप विकास तालिम केन्द्रकी प्रमुख रामकली खड्काले महिला उद्यमशीलता पहिले भन्दा केहि सहज भए पनि व्यवहारिक कठिनाई ज्यूँका त्यूँ रहेको बताईन् । भनिन्,‘पहिले भन्दा… पुरा पढौ

स्याङ्जामा धान उत्पादन बढ्यो

गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष १३ दशमलव आठ प्रतिशतले धान उत्पादन बढेको हो । गत वर्ष ३६ हजार ५६० मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानकारी दिए । स्याङ्जामा यस वर्ष नौ हजार ७२ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको थियो । जिल्लामा क्रमशः धान उत्पादन हुने क्षेत्रफल घट्दै गइरहेको छ भने उत्पादनमा वृद्धि हुँदै गइरहेको… पुरा पढौ

पोखरा महानगरपालिकाले किसानलाई गोबर मल खरिद र ढुवानीमा अनुदान दिने

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका किसानलाई गोबरको मल खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरभित्रका स्थानीय पशुपालक किसानका फार्ममा मल पूर्ण रूपमा उपयोग नभई खेर जाने गरेकाले मलको सदुपयोग एवं खरिद गर्ने किसानलाई पनि राहत पुगोस् भन्ने उद्देश्यले अनुदानको कार्यक्रम राखिएको महानगरका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । जिल्ला दररेटअनुसार मलको खरिदमा ५० प्रतिशत र ढुवानीमा ५० प्रतिशत अनुदान दिने गरी महानगरबाट सूचना प्रकाशन गरिएको बताउँदै उनले प्राप्त निवेदनका आधारमा अनुदान दिन लागिएको बताए… पुरा पढौ

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट म्याग्दीको ताराखेतमा सडकबत्ती

म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् । तिहारमा देउसीभैलो खेलेर जुटाएको रु ३५ हजारसहित रु ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरेर ताराखेतलाई झिलीमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए । “देउसीभैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उनले भने, “स्थानीय अगुवा र अभिभावकहरूले पनि… पुरा पढौ

बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि

पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।  एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि  एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।  बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पौडेल त्रिलोकेश्वर… पुरा पढौ

कास्कीमा अनलाइनबाट एक वर्षमा १९ करोड ठगी, सचेत हुन एसपी कार्कीको अनुरोध

पोखरा, १९ पुस कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत… पुरा पढौ

सुनौलो बचत तथा ऋण सहकारी संस्थामा सापकोटा

पोखराको लेकसाइडमा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले जीवनराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ तिमिल्सिना, सचिवमा ईश्वरीप्रसाद पौडेल, कोषाध्यक्षमा गुणराज आचार्य र सदस्यहरूमा झबिलाल अधिकारी, उमादेवि अधिकारी, पार्बता पाण्डे, झन्कनाथ पौडेल र सुधा सुवेदी बराल रहेका छन् । त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकत्वमा लिला भट्टराई र सदस्यद्वयमा ताराप्रसाद गौतम र श्रीकृष्ण श्रेष्ठ निर्वाचित भए । संस्थाका बरिष्ठ सल्लाहकार डम्बरबहादुर के… पुरा पढौ

बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

म्याग्दीको सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ । आज बेनीमाआयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको बताईन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य… पुरा पढौ

म्याग्दीको मुदीमा प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । वडा भवन बनाउन मुदीका पूर्वप्रधानपञ्च गङ्गलाल घर्तीले दुई रोपनी १६ आना र रेशमबहादुर घर्तीले तीन आना जग्गा दान गरेका थिए । गाउँपालिकाले यसअघि मुदीमा २०८१ मा रु ८९ लाखको लागतमा… पुरा पढौ