अर्थ

रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३,८४ मा सुस्त भई तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ ।प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष… पुरा पढौ

विशाल बजार भित्र टिकटक प्रतियोगिता,उत्कृष्ट ३ जनालाई नगद पुरस्कार

नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उद्धेश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बजार… पुरा पढौ

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा करिब ६८ करोड आम्दानी

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गत आव २०८२÷०८३ मा पर्यटक शुल्कबाट मात्रै करिब ६८ करोड रुपैयाँ सङ्कलन गरेको छ । एक्यापले गत आवमा ६७ करोड ७५ लाख ९० हजार नौ सय ८६ रुपैयाँ सङ्कलन गरेको जनाएको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत आवमा दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार… पुरा पढौ

दसैँका लागि पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

दसैँ नजिकिँदै आउँदा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ । बडादसैँलाई लक्षित गरी डोल्पाको जगदुल्ला गाउँपालिकाबाट भेडाच्याङ्ग्रा पोखरा ल्याइएको व्यापारी बुद्धिराम बोहराले बताए । भेडाच्याङ्ग्रा लिएर हिँडेको २३ दिनपछि शनिबार पोखरा आइपुगेको उनले जानकारी दिए । यहाँ ल्याइएको भेडाच्याङ्ग्रा पोखरा महानगरपालिका–१ स्थित जौबारी, याम्दी क्षेत्रमा आइतबार बिहानदेखि नै बिक्रीका लागि राखिएको उनले बताए । तीन जना व्यवसायी मिलेर २०० भेडाच्याङ्ग्रा पोखरा ल्याएको व्यापारी बोहराले जानकारी दिए । “यो पटक हामी तीन जना साथीहरु मिलेर डोल्पाको जगदुल्ला गाउँपालिकाको विभिन्न ठाउँबाट… पुरा पढौ

ब्रोइलर कुखुरा पालक किसानका समस्या समाधान गर्न कास्कीमा नयाँ समिति, अध्यक्षमा सापकोटा

पोखरा ।कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५ हेमजाका ईश्वर सापकोटाको अध्यक्षमा कास्की जिल्ला ब्रोइलर किसान संघ गठन गरेको छ । उक्त तदर्थ समितिको उपाध्यक्षमा चिरञ्जीवी ढु·ाना, सचिवमा प्रेम जोशी, सह सचिवमा बसुन्धरा लम्साल, कोषाध्यक्षमा प्रकाश थापा तथा सदस्यहरुमा निराज बराल क्षेत्री, गणेश गौतम, दुर्गा सुनार, सुशिल भण्डारी, लिलाधर पौडेल र धु्रवराज गौतम रहेका छन् । ब्रोइलर कुखुरा किसानहरूले भोग्दै आएका विभिन्न समस्या समाधानका लागि नयाँ समिति गठन गरिएको छ। किसानको हकहित संरक्षण गर्दै कुखुरा व्यवसायलाई… पुरा पढौ

आर्थिक पारदर्शिता अप्नाउँदै कास्की नेकपा

सन्देश श्रेष्ठपोखरा, असोज १८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको छ । पोखरा शिवालयचोकस्थित कास्की पार्टी कार्यालय भवनको माथिल्लो तलामा सभाहल बनाउँदा लागेको खर्च सार्वजनिक गरेर नेकपा कास्कीले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको हो । यसअघि नेकपालगायत कुनै पनि पार्टीले आर्थिक संकलन गर्दा होस् वा खर्च गर्दा आर्थिक कारोबार सार्वजनिक गर्ने प्रचलन थिएन । तर नेकपा कास्कीले भवनको माथिल्लो तलामा सभाहल निर्माणमा लागेको खर्च र संकलन भएको रकम दुबै बुँदागत रुपमा आईतबार सार्वजनिक गरेर आर्थिक पारदर्शिताको नमूना… पुरा पढौ

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” भनिन् । उनी तीनदिने भ्रमणमा लोमान्थाङ पुग्नुभएको, टोलीमा पाँच जना चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन् । लामो समयदेखि… पुरा पढौ

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको सरसफाई सम्पन्न

पोखरा, असोज १७ चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले शनिबार सरसफाई गरेको छ । समितिका सदस्यहरुसहित स्थानियको सहभागितामा चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्मको क्षेत्रमा शनिबार विहान सरसफाई गरिएको हो । सँधै सुकिलामुकिला भएर व्यवसायमा व्यस्त यस क्षेत्रका व्यवसायी शनिबार भने भिन्न रुपमा देखिए । कोहि हातमा झाडू बोकेर त कोहि हातमा ग्लोब्स र प्लाष्टिक बाँधेर सडक तथा नालामा रहेका फोहोर हटाउँदै हिंडेका थिए । कोहिचाहिं स्थानियलाई पनि जिम्मेवार बनाउनेभन्दै प्रत्येकको घरघरमा गएर बोलाएर सरसफाईमा सहभागी गराउनुका साथै आगामी दिनमा सडक तथा नालामा फोहोर नफाल्न सम्झाईबुझाई… पुरा पढौ

सुनचाँदी व्यवसायीद्वारा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुको सम्मान

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीले बधाई तथा सम्मान गरेको छ। पोखरामा शनिबार आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले सुनचाँदी व्यवसायमा रहेका विविध नीतिगत जटिलता र राज्यको हेर्ने दृष्टिकोणबारे चिन्ता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमले व्यवसायीका समस्या समाधानका… पुरा पढौ

ससरधारा सहकारीको सभा सम्पन्न, १४ जना सम्मानित

पोखराको लामाचौरमा मुख्य कार्यालय रहेको ससरधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाका अवसरमा सहकारीले असल बचतकर्तादेखि उत्कृष्ट कर्मचारीसहित १४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा असल बचतकर्ता केशबहादुर मगर,पवित्रा दर्लामी मगर,मनकुमारी गुरु,कारोवारी राजकुमार विक,रामबहादुर गैरे,पम्मती पुन,बाल बचतकर्ता एलिसा पुन मगर,उईकल बुढाथोकी, मनोज पुन,पेन्सन बचतकर्ता ग्रिम फगामी पुन,उत्कृष्ट कर्मचारी अञ्जना चौधरी फगामी पुन, ज्योति पुन,उत्कृष्ट बचतकर्ता कमला फकामी र दलबहादुर गर्बुजा पुन रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शालिजा… पुरा पढौ