शिक्षा

कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी र सदस्यमा किरण केसी चयन

पोखरा । कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षपदमा प्रेमकुमारी केसी सर्वसम्मत रुपमा चयन भएका छन् । समितिका जेष्ठ सदस्य जे.बी कुवरको अध्यक्षतामा शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहेकी केसी लामो समय देखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्य पदमा रही कार्य गर्दै आएकी थिइन् । नवनियुक्त अध्यक्षकेसी क्याम्पसका संस्थापक अध्यक्ष समाजसेवी एवं उद्योगपति स्व. सुर्यबहादुर केसीकी धर्मपत्नी हुन् । समितिको सोही बैठकले रिक्त सञ्चालक समिति सदस्य पदमा यूवा… पुरा पढौ

गण्डकी प्रदेशमा कहिले खुल्ला विद्यालय ?

गण्डकी प्रदेशका आधा भन्दा बढी विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गर्न थालेका छन् । गण्डकी प्रदेशका ११ जिल्लाका करीब ६० प्रतिशत विद्यालयले भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेका हुन् । बाँकी ३५ प्रतिशत विद्यालयले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् भने ५ प्रतिशतले पढाई सञ्चालन गर्न नसकेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाले जनाएको छ । सुगम ठाउँका थोरै विद्यार्थी भएको स्कुलमा भौतिक उपस्थितिमै पढाई सञ्चालन शुरु गरेको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले जानकारी दिए । त्यस्तै, धेरै विद्यार्थी भएका… पुरा पढौ

जनप्रिय क्याम्पसको २९ औं वार्षिकोत्सव ,जग्गा प्राप्तिका लागि प्रतिवद्ध : थापा

पोखरा । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आफ्नो वडाको क्याम्पस र स्वयम् सिनेटर र सल्लाकार पनि भएकाले मानित विश्वविद्यालयका निम्ति चाहिने भौतिक संरचना र जग्गा प्राप्तिका लागि प्रतिवद्ध भएको जनाए । जनप्रिय बहुमुखी क्याम्पसको २९ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले क्याम्पसको शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे । क्याम्पसका सल्लाहकार परशुराम बरालले कोरोनाका कारण क्याम्पस सञ्चालनमा चुनौती देखिएको हुँदा समास्या समाधानका लागि लाग्न जोड दिए । रूपान्तरणका… पुरा पढौ

नवप्रभातका विद्यार्थीको खाजा कोषमा यामाहाद्वारा एक लाख सहयोग

मोटरसाईकल र स्कुटरमा छुट्टै छाप छोड्न सफल यामाहाले पोखराको नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयलाई १ लाख रपैयाँ प्रदान गरेको छ। नवप्रभातका भू.पू बिद्यार्थीद्वारा संचालित नवप्रभात खाजा कोषका लागि यामाहाले सो रकम प्रदान गरेको हो। विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच यामाहाका तर्फबाट यामाहाको आधिकारिक विक्रेता भिएडब्ल्यु ईन्टरप्राईजेज पोखरा प्रालिका प्रवन्ध निर्देशक सरोज श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानीलाई १ लाखको चेक हस्तान्तण गरे । चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले आफ्नो कम्पनीले ब्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी… पुरा पढौ

नवप्रभातका विद्यार्थीको खाजा कोषमा यामाहाको एक लाख सहयोग

मोटरसाईकल र स्कुटरमा छुट्टै छाप छोड्न सफल यामाहाले पोखराको नयाँबजारमा रहेको नवप्रभात माध्यमिक विद्यालयलाई नगद एकलाख रपैयाँ प्रदान गरेको छ । नवप्रभातका भू.पू बिद्यार्थीद्वारा सञ्चालित नवप्रभात खाजा कोषका लागि यामाहाले सो रकम प्रदान गरेको हो । विद्यालयमा मंगलबार आयोजिक एक कार्यक्रमका बीच यामाहाका तर्फबाट यामाहाको आधिकारिक विक्रेता भि.ए.डब्लु ईन्टरप्राईजेज पोखराका प्रालिका प्रवन्ध निर्देशक सरोज श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानीलाई एक लाखको चेक हस्तान्तण गरे । चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले आफ्नो कम्पनीले ब्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई… पुरा पढौ

विद्यार्थीको रोजाइ बन्यो दरबार हाइस्कुल

२२ मङ्सिर नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल । यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक… पुरा पढौ

एसिया प्यासिफिक युवा सम्मेलनको अवसरमा बिबिसीको प्रभावशाली महिलामा परेकी सपनालाई १ लाख प्रदान

गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनको अवसरमा बिबिसीको प्रभावशाली १०० महिलामा पर्न सफल सपना रोका मगरलाई रु १ लाख १ हजार प्रदान गरिएको छ । सहयोग प्राप्त गरेपछि बोल्दै सपनाले एनआरएनएले गरेको सहयोग र सम्मानले आफूलाई खुसी बनाएको बताईन् । उनले बाध्यकारी अवस्थामा आफूले बेवारिसे शव जलाउने गरेको उल्लेख गर्दै त्यहि बाध्यकारी कामले आज खुसी दिएको भन्दै सो कामप्रति गर्व लागेको बताईन् । उनले सहयोग रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च… पुरा पढौ

यस पटकको त्रिवि दीक्षान्तमा उपल्लो तहका २ सय विद्यार्थी मात्रै

यस वर्ष त्रिभुवन विश्वविद्यालयले उपल्लो तहका विद्यार्थीहरुलाई मात्रै सहभागी गराएर  दीक्षान्त समारोह गर्ने जनाएको छ। त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल। र गोल्ड मेडलप्राप्त विद्यार्थीलाई मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको हो। कोरोना भाइरसको संक्रमण कायमै रहेका कारण उपल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडलप्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको हो। आगामी पुसको ६ गते आयोजना गरिने विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा  पीएचडी, एमफिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब २ सय विद्यार्थीहरु… पुरा पढौ

विन्ध्यवासिनी मावि शिक्षक अभिभावक संघको अध्यक्षमा पौडेल

पोखरा १६ बाटुलेचौर स्थित विन्ध्यबासिनी माविमा शनिबार भएको अभिभावकहरूको भेलाले भिमप्रसाद पौडेलको अध्यक्षतामा ६ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छसमितिको सदस्यमा गीता रेग्मी, विस्णुकुमारी अर्याल, शोभा पौडेल, बलराम थापा र ढाकामोहन अधिकारीलाइ चयन गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र अधिकारी थापाले विद्यालयको भौतिक पूर्वाधार विकास र गुणस्तरिय शिक्षाका लागि सबै पक्षको भूमिका महत्वपुर्ण हुने बताए ।संघका निवर्तमान अध्यक्ष शिवराम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य यदुनाथ बञ्जारा, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले सबैको मेहनतका कारण विद्यालय गण्डकी प्रदेशमा नै… पुरा पढौ

पहिले कक्षा ११ को नतिजा पठाउ : राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म पहिले कक्षा ११ को नतिजा पठाउन बोर्डले निर्देशन दिएको हो। बोर्डका अनुसार त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरेको हो। कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा… पुरा पढौ