शिक्षा

विद्यालय, जिमखाना र सिनेमा हलहरु खुल्दै

कोभिडका कारण बन्द भएका विद्यालयहरू खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी) निर्देशक समितिको बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो। सरकारको पूर्व निर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरिएको हो। यस्तै, बैठकले नयाँ कोरोना भाइरसको संक्रमणको… पुरा पढौ

सामुदायिक विद्यालयलाई ल्यापटप र टेलिभिजन

गण्डकी गाउँपालिकाभित्रका ३० सामुदायिक विद्यालयलाई ल्यापटप तथा टेलिभिजन प्रदान गरिएको छ । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन गण्डकी गाउँपालिकाभित्रका नौवटा माध्यमिक र २१ वटा आधारभूत विद्यालयमा ल्यापटप तथा टेलिभिजन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख सुदीप पन्तका अनुसार विद्यालयमा आइटिसी सामग्री कार्यक्रम सञ्चालनका लागि सहजता प्रदान गर्न नेपाल युथ फाउन्डेशन र गण्डकी गाउँपालिकाको सहकार्यमा ती सामग्री उपलब्ध गराइएको हो । उहाँले भन्नुभयो, “फाउन्डेशनले सबै सामग्री खरीद गरी प्रत्येक विद्यालयलाई एक÷एक थान ल्यापटप र टेलिभिजन वितरण गरेको छ ।”… पुरा पढौ

शिवालय माविको शिक्षक–अभिभावक सङ्घमा ओझा

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नं. २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको शिक्षक–अभिभावक सङ्घको अध्यक्षमा रामचन्द्र ओझा सर्वसम्मत चयन भएका छन् । सङ्घका सदस्यहरुमा काजीमान सुर्खाली, मीना परियार, नवराज सुवेदी, सपना आले मगर, वसन्त थापा मगर, कालिका ओझा र दीपा ओझा चयन भएका छन् । सङ्घमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदी पदेन सदस्य तथा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी पदेन सदस्य सचिव रहेका छन् भने शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना चयन भएकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा… पुरा पढौ

विभागीय पुस्तकालयको तयारी तीब्र

पोखरा । क्याम्पस हाता भित्रै क्षेत्रीय पुस्तकालय भएपनि विद्यागत पाठ्यबस्तुको अप्रर्याप्तता भएको भन्दै पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको पहल जारी राखेको छ । जसबाट नेपाली विषयका विभिन्न विद्याको पठनपाठनका थप सहजता आउने तथा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने विभागको विश्वास छ। जसअन्र्तगत यतिवेला पुस्तक संकलन कार्य तीब्र पारिएको छ । हालसम्म विभिन्न संघसंस्था एवम् सृष्टाबाट कुल ५ हजारको सङख्यामा पुस्तक संकलन भइसकेको विभागीय प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले जानकारी दिए । जसअन्र्तगत आइतवार नेपाल संगीत तथा… पुरा पढौ

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताउनुभएको छ । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिनुभएका भट्टराईले आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको विषमावस्थामा पनि मन्त्रालयले नीतिगत र प्रशासनिक सुधारका काम गरेको जिकिर गर्नुभयो । नागरिक उड्डयनतर्फ पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउँदै उहाँले भन्नुभयो, “चाहेर पनि मन फुकाएर काम गर्न र… पुरा पढौ

धम्पुसका जेहेन्दार विद्यार्थीलाई सहयोग

पोखरा । हेमजा स्थित बहुउद्देश्यीय किसान सहकारी संस्था लिमिटेडले शनिवार एक कार्यक्रमका बीच माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको हो । सहकारीले त्यहाँ स्थित पृथ्वीनारायण माविका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेको छ ।सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयका आधारभूत तह(बालविकास देखि कक्षा ५ सम्म) का कुल ९० जना विद्यार्थीलाई सहयोग गरेको सहकारीले जनाएको छ । कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले सहयोगी संस्था प्रति आभार प्रकट गर्दै सहयोगको सदुपयोग हुनेमा विश्वास व्यक्त गरे… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने

पोखरा । नवौं चरणको नेपाल लिटरेचर फेस्टिभल यसपटक भर्चुअल रुपमा हुने भएको छ । पोखरामा हुँदै आएको फेस्टिभल कोरोना महामारीका कारण यसपटक भर्चुअल रुपमा गर्न लागेको आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । बुकवर्म फाउण्डेसनको आयोजना र ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा हुन लागेको फेस्टिभल यही पुस १४ र १५ (२९ र ३० डिसेम्बर, २०२०) मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप… पुरा पढौ

तत्काल विद्यालय नखोल्ने काठमाडौं महानगरपालिकाको निर्णय

काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय नखोल्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड १९) कारण ९ महिनादेखि बन्द रहेका विद्यालय अझै केहि समय नखोल्ने महानगरले निर्णय गरेको हो । केहि विद्यालयले विद्यालय खोलेर पठनपाठन शुरु गर्ने तयारी गरिरहेका बेला महानगरले तत्काल विद्यालय खोल्नु जोखिम हुने भन्दै नखोल्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।विद्यालय खोल्ने÷नखोल्नेबारे निर्णय गर्न महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग… पुरा पढौ

कास्कीका सामुदायीक क्याम्पसहरुले भौतिक उपश्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय

नेपाल पब्लिक क्याम्पस संघ कास्कीमा आवद्ध क्याम्पसहरुले आफ्ना विद्यार्थिहरुको पठन पाठन भौतिक उपश्थितिमानै सञ्चालन गर्ने भएका छन् ।जिल्लामा रहेका सामुदायीक क्याम्पसहरुको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघ कास्कीको मंगलवार बसेको वैठकले विद्यार्थिहरुको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई ध्यान दिदै भौतिक उपश्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा वसेको सो बैठकले त्रिवि रजिष्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मंसीर १४ गते जारी गरेको सूचनालाई अवलम्वन गर्दै यही पौष १३ देखि पठनपाठन गर्ने निर्णय गरेको हो ।… पुरा पढौ

रुची अनुसारको शिक्षा लिने वातावरण निर्माण गर्नु अभिभावकको दायित्व हो : तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाको रुची अनुसारको शिक्षा लिने वातावरण निर्माण गर्ने दायित्व अभिभावकको रहेको बताएका छन् । पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की भवनको सोमबार शिलान्यास गर्दै उनले भने, “जसमा जे रुची छ सोही अनुसारको शिक्षा भएमा मात्र श्रेष्ठता र प्रगति हासिल हुन सक्दछ ।” उनले एसइइमा मात्र नभई उच्च शिक्षा, विश्वविद्यालय तथा विश्वका जुनसुकै विश्वविद्यालयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी उत्पादन गरेर विद्यालयहरुले गर्व गर्न सक्ने वातावरण बन्नु आवश्यक रहेकामा जोड दिए ।अध्यक्ष तिमिल्सिनाले रोजगारमुलक,… पुरा पढौ