शिक्षा

कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ । पुरा पढौ

कुमिदिनी होम्समा भाषा कौसल प्रतियोगिता सप्पन्न

पोखरा महानगरपालिका गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार वार्षिक कार्यतालिकाअनुसार नेपाली भाषा कौशल प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको आधारभूत तह (६/८) अन्तर्गतको कार्यक्रममा यती सदनका आदित्य खत्री , श्रद्धा के।सी।, एन्जिला ढकाल र एलिस आउजीको समूह प्रथम र गुँरास सदनका रियाना लामिछाने , चाहना आचार्य, नस्बिना गौतम र रबिना महतराको समूह द्वितीय भएका छन् । त्यस्तै दोस्रो चरणको माध्यमिक तह (९ र १०) अन्तर्गतको कार्यक्रम सह प्राचार्य मुकेश कुमार… पुरा पढौ

पोखरामा शुक्रबारबाट हुने इक्यान शैक्षिक मेलाको तयारी पुरा

पोखरा । इक्यान कास्कीले भदौ २० र २१ (शुक्रबार र शनिबार) आयोजना गर्न लागेको ‘आठौं इक्यान शैक्षिक मेला’को तयारी पुरा भएको छ । टाइम्स एजुकेशनलको प्रस्तुतिमा हुन लागेको मेलाको तयारी पुरा भएको इक्यान कास्कीले जनाएको छ । शुक्रबार बिहान ९ बजे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थिति रहने जनाइएको छ ।… पुरा पढौ

कालिका माविको अध्यक्षमा मोहन थापा

पोखरा, भदौ १८ गते ।  पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता… पुरा पढौ

लायन्स पोखरा फिस्टेल सिटि स्टारको सहारा विद्यालयमा सहयोग

पोखरा ९ बसपर्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा लायन्स क्लब पोखरा फिस्टेल सिटि स्टारले १ थान सेनिटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको छ । विद्यालयका निवर्तमान संयोजक तथा वडा नं ९ का जनप्रतिनिधि नन्दराम गिरिको समन्वयमा लायन ठाकुर प्रसाद अधिकारीमार्फत उक्त कार्यक्रम आयोजना भएको थियो । सोहि क्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रतिवद्दता गरेअनुसार विद्यालयलाई रु।१ लाख रुपैँयाको आफ्नो स्वर्गीय छोरा देवेन्द्र थापाको स्मृतिमा अक्षयकोष मार्फत छात्रबृत्ति प्रयोजनका लागि चेक प्राप्‍त भएको विद्यालयका… पुरा पढौ

प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान

पोखरा, १४ भदौतमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा.चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो।प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग तमु

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २३ औं साधारणसभा तथा ९ औं अधिवेशन आज शनिबार पोखरामा सम्पन्न भएको छ ।संस्थाका कानूनी सल्लाहकार अधिवक्ता कर्ण बहादुर तमुको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा प्रमुख अतिथि तमुले संस्थाले समुदायमा शिक्षा क्षेत्रमा पुर्याएको योगदानबाट आफू अत्यन्त प्रभावित भइ संस्थाप्रतिको प्रेम र सम्मानमा सृजना गर्नु भएको कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा तमु धीं नेपालका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार हुम तमु, तमु धीं यु.के. का पूर्व अध्यक्ष तथा प्रतिष्ठानका अक्षयकोष दाता मुक्षेत्र तमु, गुरुङ साहित्यिक मन्चका संस्थापक… पुरा पढौ

प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान

तमु धिं नेपालले पोखरामा शनिवार हालै प्लस टु उतिर्ण तमु बिद्यार्थीलाई करिअर कान्सिलिङसहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।प्लस टु उतिर्ण ७४ जना तमु बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी डा.चन्द्रबहादुर गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले खादा र सम्मानपत्रले सम्मान गरेका थिए भने वरिष्ठ संचारकर्मी दिपेन्द्र श्रेष्ठले करिअर कान्सिलिङ गरेका थिए । कार्यक्रममा मिस एस इ इ पोखरा २०२५ बिजेता प्रीन्सु गुरुङलाई विशेष सम्मान गरिएको थियो।प्रमुख अतिथी डा. चन्द्रबहादुर गुरुङले बिद्यार्थीहरुलाई बधाई दिदै लाहुरेको एतिहासिक योगदान र तमु जातिको बारेमा… पुरा पढौ

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन विरुद्ध कास्कीमा कोण सभा

पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा बिहीबार कोण सभा गरेको छ । प्याव्सन, एन प्याव्सन, हिसानमा कास्कीले जिल्ला प्रशाशन कार्यालय कास्की अगाडि कोण सभा आयोजना गरेको हो । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै कास्कीका निजी तथा आवसीय विद्यालयले कोण सभाको आयोजना गरेका हुन् । कोण सभामा बोल्दै प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले असहमतिका वुदाँ नसच्याएमा कडा रुपमामा… पुरा पढौ

प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न

लेखनाथ उसु क्वान र भद्रकाली उसु क्वानको संयुक्त आयोजनामा कास्की जिल्लामा उसु खेलको प्रबर्द्धन गर्न यही भदौ ६ र ७ गते प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा रङ्गशालामा भएको उक्त प्रतियोगितामा विद्यालय स्तरमा प्रशिक्षण लिइरहेका २२ ओटा विद्यालयका खेलाडीहरूको सहभागिता थियो । प्रतियोगितामा ताओलु र सांस्यौं विधामा कुल १६० खेलाडीहरूले २४ स्वर्ण, २४ रजत र ४८ काश्य पदक गरी कुल ९६ ओटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समग्र पदकका हिसाबले बाल मन्दिर… पुरा पढौ