शिक्षा

विन्दुवासिनी संस्कृत विद्यापीठमा आर्थिक अनियमितताको आरोप पूर्व प्राचार्यहरुद्वारा अस्विकार

पोखरा, असोज २४ । विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराका पूर्व प्राचार्यहरूले विद्यापीठमा आर्थिक अनियमितताको आरोप अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका छन्। असोज २३ गते बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का नाममा दामोदर संजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यापीठमा लामो समयदेखि आर्थिक अनियमितता भएको आरोप लगाइएको थियो। सो आरोपप्रति विद्यापीठका स्थापना कालदेखि हालसम्मका पूर्व प्राचार्यहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूले त्यसको कडा खण्डन गरेका छन्। पूर्व प्राचार्यहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यापीठमा हालसम्म भएका सम्पूर्ण आर्थिक गतिविधिहरु विधिविधान र नियमसम्मत… पुरा पढौ

शिक्षा मन्त्री पुन समक्ष विद्या भट्टराईले दिइन् ३० बुँदे कार्ययोजना

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले,पूर्व शिक्षामन्त्री विद्या भट्टराईसँग शैक्षिक सुधारका लागि सुझाव मागेका छन् । मन्त्री पुनले फोन गरेर सुझाव मागेपछि पूर्वशिक्षामन्त्री भट्टराईले आफ्नो कार्यकालमा सुरु गरेका तर पूरा हुन नपाएका केही कार्ययोजना सहितका सुझाव दिएकी छिन्। विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरूले आन्दोलन गरिरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएपछि गत वैशाखमा शिक्षामन्त्री पदबाट राजीनामा दिएकी एमाले नेता भट्टराईले वर्तमान शिक्षामन्त्री पुनलाई त्यसबेला आफुले तयार गरेका ३० वटा कार्ययोजनाको जानकारी गराएकी हुन्। ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री… पुरा पढौ

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । परियोजना अन्र्तगत आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा , रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराई लगायतबाट प्रशिक्षार्थीहरुलाई परियोजनाको लोगो अङ्कित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो । रिड नेपाल अन्र्तगतको टेक एज युथ… पुरा पढौ

पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको रकम हिनामिना भएको अनेरास्ववियू क्रान्तिकारीको आरोप

सन्देश श्रेष्ठपोखरा, असोज २३ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा आर्थिक अनियमितता भएको आरोप लगाएको छ । अखिल क्रान्तिकारी विन्दुवासिनी क्याम्पस शाखाले आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुली अन्य केहि प्राध्यापकहरुले क्याम्पसको विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्ति कोषको लाखौं रकम हिनामिना गरेको विहीबार विज्ञप्ती निकालेर जनाएको छ । आर्थिक शाखा प्रमुख पराजुलीले आन्तरिक लेखा परीक्षणलाई समेत प्रभावमा पारेर वर्षौंदेखि आर्थिक अनियमितता गर्दै आएको पूर्व क्याम्पस प्रमुखहरुले बताएको पनि विज्ञप्तीमा उल्लेख छ । अखिल क्रान्तिकारीले… पुरा पढौ

असल अभ्यासमा बाटुलेचौरको विन्ध्यवासिनी मावि उत्कृष्ट बन्न सफल

असल अभ्यासमा बाटुलेचौरको विन्ध्यवासिनी मावि उत्कृष्ट बन्न सफल पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले शैक्षिक गतिविधी तथा क्रियाकलापको असल अभ्यास तर्फ देशभरि नै उत्कृष्ट दोस्रो बन्न सफल भएको छ। शिक्षा विभाग अन्र्तगतको मानव श्रोत विकास केन्द्रले गरेको सर्वेका आधारमा बाटुलेचौरको विन्ध्यवासिनी मावि गण्डकी प्रदेशमा उत्कृष्ट पहिलो र देशभरवाट छानिएका विद्यालयमा दोस्रो बन्न सफल भएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । विभिन्न मापदण्डका आधारमा सामुदायिक मावि तर्फ विद्यालयको मापन गरिएको थियो । उत्कृष्ट पहिलो भने रुपन्देहीको कालिका मानव ज्ञान मावि… पुरा पढौ

सुरक्षाकर्मि विनै पोखरा आए शिक्षामन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा महावीर पुन बिना सुरक्षा पोखरा आईपुगेका छन् । मन्त्रालयबाट बिहान निस्केका पुन जहाजबाट पोखरा आईपुगेका हुन् । ‘सुरक्षाकर्मी नलिइ मन्त्रीज्यू मन्त्रालयबाट बिहान निस्कनु भएको हो । पोखरा जानु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पीएसओ पनि नलिइ जानु भएको छ ।’मन्त्री पुन पोखरा एयरपोर्टबाट सामान्यरुपमा ट्याक्सी चढेर नदीपुरस्थित घर पुगे का छन् । ‘उनी पोखरा आउने कसैलाई थाहा थिएन । सर्वसाधारण नागरिक जसरी नै पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर घर जानु भएको छ,’ ती अधिकारीले… पुरा पढौ

कोपिला बालगृहको सामाजिक परीक्षण सम्पन्न, उत्कृष्टताकालागि थप सुधारमा जोड

पोखरा । कोपिला बालगृहले आ.ब. २०८१/८२ को सामाजिक परीक्षण सम्पन्न गरेको छ। परीक्षणमा संस्थाको आर्थिक, सामाजिक, शैक्षिक, खानपान, बालबालिकाको स्वास्थ्य र व्यवस्थापकीय पक्षका बारेमा विस्तृत समीक्षा गरिएको थियो । प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले “बालगृह अन्तिम विकल्प भएकोले सिधै बाल गृहमै ल्याउन जोड दिन नहुने बताउनु भयो । “केहि सिप नचलेपछि बल्ल यहाँ ल्याउने हो। ल्याए पछि पनि बिच बिचमा पारिवारिक भेटघाटलाई बाक्लो बनाउन आवश्यक छ”, भन्दै शर्माले सामाजिकरणमा जोड दिनुभयो। उहाँले १८ वर्ष… पुरा पढौ

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ… पुरा पढौ

कास्कीका निजी विद्यालय आज र भोलि पनि बन्द रहने

पोखरा । कास्की जिल्लाका संस्थागत विद्यालयहरू आज (भदौ २६ गते) र भोलि (भदौ २७ गते) पनि बन्द रहने भएका छन्। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण सार्वजनिक यातायात तथा बजार बन्द लगायतका कारण विद्यार्थी र शिक्षकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन, कास्की अध्यक्ष षडानन्द गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त जानकारी गराइएको हो । विद्यालय सञ्चालकहरूले अभिभावकहरूलाई जारी गरेको विशेष… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ-मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन… पुरा पढौ