शिक्षा

लेखनाथमा बृहत शैक्षिक प्रर्दशनी

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले विद्यालयहरुलाई समेटेर शनिवार लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयहरुका बीच शैक्षिक सहकार्य बढाउने र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटननको अवसर सृजना गरी शैक्षिक गतिविधी वढाउन सहज हुने गरी दुई दिने शैिक्षक कार्यक्रम अन्तरगत शुक्रवार मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो भने शनिवार विभिन्न पाँच विधालाई आधार मानी प्रतियोगितात्मक शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रतियोगितामा सहभागी बिद्यालय मध्येबाट समग्रमा डायमण्ड माविले उत्कृष्ट स्थान हासिल गरेको थियो… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषदमा सूर्यको नेतृत्वमा नयाँ समिति

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले सूर्यप्रसाद लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल, उपाध्यक्ष इन्दिरा सापकोटा, महासचिव शिवहरि सुवेदी, सचिव शशिशिशिर ढुंगाना र कोषाध्यक्ष हरिप्रसाद ढुंगाना निर्वाचित भएका छन् । सदस्यमा प्रेमनारायण ढकाल, पोष्टराज सुवेदी, भावना लामिछाने, ध्रुववन्धु रिजाल, होमनाथ भट्टराई, अमृत पौडेल, झलकनाथ आचार्य, रत्नाकुमारी विश्वकर्मा र सावित्री पहारी भट्टराई छन् । संस्थाका सल्लाहकार बोधराज ढकालको संयोजकत्वमा लोकचन्द्र खनाल र दिनेश सापकोटा… पुरा पढौ

अल्फा स्कुलमा अन्र्तराष्ट्रिय शान्ति टर्च

पोखरा । पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ । श्री चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो । शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामना सहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिए।अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापान सहित १० वटा राष्ट्रका… पुरा पढौ

सहारा बाल आधारभूत विद्यालयमा सहारा युके द्वारा लाईव्रेरी हस्तान्तरण

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा युकेले पुस्तकालय हस्तान्तरण गरेको छ । तीन लाख रुपैयाँ बरावरको आर्थिक सहयोगमा विद्यालयमा फर्निचर र पुस्तकहरु सहितको लाइव्रेरी स्थापना गरि हस्तान्तरण गरिएको हो । सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ(कृष) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यपाक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । मन्तव्यका क्रममा प्र।अ अधिकारीले विद्यालयको समग्र अवस्थिती, वर्तमान समित अध्यक्ष विक्रम थकाली को उपस्थितिले विद्यालयमा भएका सकरात्मक परिवर्तनहरु को जानकारी प्रदान गर्दै उपस्थित… पुरा पढौ

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा, माघ २८जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ ।विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व सीमसार दिवस फेब्रुअरी २ मा मनाईन्छ । सीमसार दिवसका अवसरमा यसअघि विद्यालयमा सीमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो । सीमसार दिवसकै छेको पारेर सोमबार कार्यक्रम गरिएको… पुरा पढौ

बगैँचा टोल विकासद्धारा गुरुकुल विद्याश्रमलाई सहयोग

पोखरा, माघ २७ ।पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित बगैँचा टोल विकास संस्थाले पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्ध बराह तपोवन सन्यास तथा गुरुकुल विद्याश्रममा अध्ययन गर्ने वटुकहरूलाई आज माघ महिनाको भीम द्धादशी तिथि पारेर छात्रहरूलाई भोजन गराएको छ । विद्याश्रममा अध्ययनरत १५ जनालाई खाना सहित नगद रु २४ हजार सहयोग गरेका हुन् । कार्यक्रममा सिद्ध बराह तपोवन सन्यास आश्रमका तथा सिद्ध बराह ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष भेषराज पराजुली र गुरुकुल विद्याश्रममा प्रधानाध्यापक हरिलाल पौडेल लगायतले संस्थालाई… पुरा पढौ

ब्याक टु नाईन्टिजको टाईटल स्पोन्सर्डमा कुमुदिनी होम्स र एनटीएचएमसी

पोखरामा भोलि शनिबार हुने ‘ब्याक टु नाईन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रमको टाईटल स्पोन्सर्ड नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट (एनटीएचएमसी) र कुमुदिनी होम्स उच्च माविले गरेको छ । नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको उक्त सांगीतिक विरासत फर्काउन आयोजित सो कार्यक्रमको टाइटल स्पोन्सर्डमा पोखरा–१४ छिनेडाँडामा रहेको एनटीएचएमसी र पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स उच्च मावि जोडिएको हो । कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भइसकेको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । पर्यटनको एउटा पाटो गीत, संगीतपनि भएकाले त्यसको विकास, बिस्तार, संरक्षण,… पुरा पढौ

जानकी माविको बार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए । विद्यालयमा सरकारी लगानी अनुसारको शैक्षिक गुणस्तर कायम हुन नसकेको विषयमा चर्चा गर्दै उहाँले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी बिच… पुरा पढौ

अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति अक्षयकोष स्थापना

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ राखु भगवती, पिप्ले क्षेत्रका सामुदायिक विद्यालयमा अनाथ तथा विपन्न छात्रछात्राका लागि छात्रवृत्ति दिन रु सात लाखको अक्षयकोष स्थापना गरिएको छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका खिमबहादुर क्षेत्रीले यहाँका १० वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेका हुन् । माध्यमिक विद्यालयहरु ज्ञानोदय मावि, रघुगङ्गा मावि, मुक्तिधाम मावि र कक्षा ८ सम्म पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा रु एक÷एक लाख राशिको अक्षयकोष स्थापना गरिएको छ । त्यसैगरी, हिमालय आधारभूत, मालिका… पुरा पढौ

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ लगाईदै

काठमाडौँ । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन… पुरा पढौ