गण्डकी

गण्डकीमा ४२५ संक्रमित थपिए, ११४ जना डिस्चार्ज

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइतबार एकै दिन ४२४ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार २३० नमुना परिक्षणका क्रममा २६१ जना पुरुष र १६३ जना महिला गरि ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार आज सबैभन्दा बढी कास्कीका २८३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै तनहुँका ४१ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वका ३१ जना, लमजुङका १९ जना, पर्वतका १३ जना, गोरखाका… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका महासचिव पोखरेललाईपनि कोरोना संक्रमण

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेललाईपनि कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएका जनाएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनले लेखेको स्टाटसमा भनिएको छ,‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन ।’ उनले सामान्य लक्षण देखिने वित्तिकै १० दिनदेखि आफू होम आइसोलेसनमा रहेको बताउँदै त्यसपछि कोहिसँगपनि सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् । मसचिव पोखरेलले कोरोना संक्रमित हुनु कुनै पाप… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलाई कोरोना संक्रमण भएको छ । संघका अध्यक्ष अधिकारीले आफूलाई आईतबार कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । अध्यक्ष अधिकारीका दाजु धर्मराज अधिकारीलाई केहि दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका उनको आज पोजिटिभ रिपोर्ट आएको हो । अधिकारीसँगै परिवारका अन्य ६ जनामापनि संक्रमण पुष्टी भएको जनाइएको छ । अध्यक्ष अधिकारीले आफू, आफ्नो छोरी, धर्मदाईको २ छोरी, ब्यबसायी तथा साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टी भएको उनले… पुरा पढौ

लमजुङबाट अबैध जडिबुटी सहित पाँच जना पक्राउ

कार्तिक १६ पोखरा । लमजुङबाट प्रहरीले ठूलो मात्रामा प्रतिवन्धित जडिबुटी सहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले गरेको चेकजाँचका क्रममा मनाङबाट लमजुङको बेशिसहर आउँदै गरेको जिपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त प्रतिबन्धीत जडिबुटी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । प्रहरीले जिपबाट जटामसी–१६ किलो, बुकीफुल–१२४ किलो, धुपिपात–५३ किलो, सुनपाती– ९ किलो, भोजपत्र–१३ किलो गरी २१५ किलो प्रतिबन्धीत जडिबुटी सहित जिप चालक लमजुङको दोर्दी स्थायी ठेगना भएका कर्ण गुरुङ, मनाङ… पुरा पढौ

पोखराका ६० वर्षिय संक्रमित पुरुषको मृत्यु

कार्तिक १६ पोखरा । कोभिड १९ बाट पोखरा–१७ एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत उनको आइतबार बिहान ११ : ५५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् । गत कार्तिक ११ गते कोभिड–१९ को संक्रमण पुष्टि भई उपचार केन्द्रको आइसियूमा भर्ना भएका पोखरा–१७ का ६० वर्षिय ति पुरुषमा कोभिड–१९ सहित निमोनिया, मधुमेह लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।… पुरा पढौ

कास्कीका ५६ सहित ६४ जनामा कोरोना पुष्टि

कार्तिक १६ पोखरा । गण्डकी प्रदेशमा कास्कीका ५६ जना सहित ६ जिल्लाका ६४ जना नयाँ कारोना संक्रमित थपिएका छन् । लाइफ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा गरिएको नमुना परिक्षणमा कास्की, बाग्लुङ, म्याग्दी, स्याङ्जा र पर्वतका गरि ६४ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । कास्कीमा थपिएका सबै ५६ जना संक्रमित पोखरा महानगरका हुन् । यस्तै तनहुँको शुक्लागण्डकी, ब्यास र पालीका नखुलेका एक सहित ४ जना, बाग्लुङको बाग्लुङ नगरपालिकाका, पर्वतको कुश्मा , स्याङ्जा र म्याग्दीका एक–एक जनामा कोरोना संक्रमण… पुरा पढौ

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो । चालु आवमा तीे कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को… पुरा पढौ

सुनसान पोखराको तालवाराही मन्दिर र ताल किनारका रित्तो डुंगाहरु (हेर्नुहोस, फोटो फिचर)

विश्वव्यापी रुपमा कोरोना भाइरसको महाव्याधी छाएपछि नेपालको पर्यटकीय नगरी फेवातालमा अवस्थित शक्तिपीठ तालवाराही मन्दिर नेपाल सरकारले गरेको लकडाउनसँगै सुनसान बनेको छ । दशैंको घटस्थापनादेखि विशेष चहल–पहल र भिडभाड सहितको बजार नै लाग्ने तालवाराही यस वर्षको कोजाग्रत पूर्णिमामा पनि सुनसान नै बन्यो। वाराहीघाटबाट डुंगामा सयर गर्दै मन्दिरको नजिक पुगेका दर्शनार्थी, भक्तजन र पर्यटकहरुले मन्दिर वरैबाट दर्शन र अवलोकन गरेर पुनः वाराहीघाटमै फर्कने गरेका छन् । साथै, फेवातालको ८ वटा घाटबाट चल्ने अधिकांश रित्तो डुंगाहरु तालको किनारा लागेर बसेका छन् । गत… पुरा पढौ

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ?

के कोराना संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? कहाॅं चुक्यो त सरकार ? अब बच्न के गर्ने? छाति रोग बिशेषज्ञ डा. सि.पि.आचार्यज्यूसॅंगको कुराकानी । पुरा पढौ

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । पचास वाट क्षमताको सोलार सेट वितरण गरिएको हो । वडा नं ६ मराङका २५ र वडा नं ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५… पुरा पढौ