बिभिन्न क्षेत्रमा क्रियाशील पोखराका ६ जना युवाहरूलाई पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान गरिएको छ । नगर युवा परिषद्ले आयोजना गरेको यूथ फेस्टिभलका अवसरमा युवा उद्यमशीलता, सशक्तीकरण र सीप विकासको क्षेत्रमा क्रियाशील युवालाई सम्मान गरेको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राना मगर, पर्यटन तर्फ प्रतीक पहारी, समाज सेवा तर्फ सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी तर्फ नव ज्योति सुवेदी, खेलकुद तर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तीकरणमा क्रियाशील…
पुरा पढौ