गण्डकी

गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा १३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसहित अभिमुखीकरण दिईएको छ । विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी हुन र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे । विद्यालयकी प्रिन्सिपल… पुरा पढौ

विद्यालयस्तरिय कविता प्रतियोगितामा युगम रिजाल प्रथम

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औं जयन्तिको अवसरमा पोखराको बाटुलेचौरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा १६ को आयोजनामा भएको प्रतियोगितामा चिसाखोला वेद विद्याश्रमका युगम रिजाल प्रथम, विन्ध्येश्वरी माध्यमिक विद्यालयकी स्वस्तिका खड्का द्वितीय तथा गण्डकी बोर्डिङ स्कुलकी आकांक्षा सुवेदी तृतीय भएका छन्।त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य र केएफ माध्यमिक विद्यालयका आदर्श पौडेलले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रम संयोजक सिर्जना थापाले जानकारी दिईन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रभा कोईरालाले नेपाली साहित्य र… पुरा पढौ

यू १६ जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकेडेमी फाइनलमा

यू १६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी फाइनलमा… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडमा आयोजकलाई घाटा

पोखरामा पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५० रुपैयाँ घाटा भएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गरे, नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजको बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन मार्फत दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । विद्यार्थीहरुको समूहले फ्लाई दुवाईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरेको, पोखरा पर्यटन परिषदले रोपाईं महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा केन्द्रित भएर नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए । त्यसै गरी पसल डट कमको सेवा विस्तार,… पुरा पढौ

वनफूलले सिँगारिएको बागलुङको ढोरपाटन, पर्यटकको आर्कषण बढ्दैं

समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता वनफूलले पर्यटकलाई थप आकर्षित गर्न थालेको छ । विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन न्यून थियो । घुम्न आउनेभन्दा पनि ढोर बराह मन्दिरमा… पुरा पढौ

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज

सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण भएको छ । बेँसीसहरका बाबुलाल श्रेष्ठ पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताउछन् । “गत वर्ष बर्खामा… पुरा पढौ

बिन्दा पाण्डेका पुस्तकमाथि पोखरामा परिचर्चा

पोखरा, २७ असार ।लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा पाण्डेका विभिन्न कृति र नेपाली राजनीतिमा महिलाको योगदानबारे बहस भएको हो । कार्यक्रममा विशेष गरी भुइँमान्छेको श्रम र पसिनाबाट निर्मित राजनीतिमा उनीहरुको उपेक्षा भएको विषयले प्राथमिकता पायो ।परिचर्चामा बोल्दै पाण्डेले महिलालाई आधा आकाशको सपना देखाएर अधिकारबाट बञ्चित गरिएको बताइन् । अब लालपूर्जासहितको धर्तीमा महिलाको हिस्सेदारी खोज्नुपर्ने उनको तर्क थियो । ‘आधा आकाश आधा धर्ती भनिए पनि लालपूर्जा… पुरा पढौ

उपभोक्ता मञ्च गण्डकीको अध्यक्षमा दोहोरिए कपिलनाथ कोइराला

पोखरा, २७ असार —। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेशको अध्यक्षमा कपिलनाथ कोइराला सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालाको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट अध्यक्षसहित सात सदस्य निर्वाचित भएका छन्। सदस्यमा रमेश पौडेल, गीता आचार्य, हरि खनाल, मीना रानाभाट, गीता लामिछाने, मिलन तिवारी र राजु अधिकारी चयन भए। मञ्चको विधानअनुसार प्रदेश कार्यसमिति १५ सदस्यीय रहने व्यवस्था छ भने बाँकी सात सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ। निर्वाचन समितिका… पुरा पढौ

अभिभावकसँग सहकार्य गर्दै तमु विद्यार्थी समिती कास्की

पोखरा, असार २७ — तमु धिं नेपाल कास्की जिल्ला अन्तर्गत गठित तमु विद्यार्थी समिती कास्कीले शनिबार अभिभावक भेटघाट तथा प्रथम बैठक सम्पन्न गरेको छ।पोखरा–९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययनशील बनाउनुका साथै तमु भाषा, कला, संस्कृति, पहिचान, अधिकार, एकता तथा नेतृत्व र क्षमता विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले अभिभावक भेटघाट आयोजना गरिएको समितिका अध्यक्ष सतिश गुरुङले जानकारी दिए।कार्यक्रमका प्रमुख अतिथि तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विद्यार्थीले पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने र त्यससँगै तमु… पुरा पढौ