गण्डकी

गोल्डेन नेचरमा अभिभावक शिक्षक अन्तरक्रिया सम्पन्न

पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ। कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यवहारगत विकास, रुचि, क्षमता तथा निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा जानकारी आदानप्रदान गर्दै विद्यालय र अभिभावकबबिच सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमप्रसाद शर्माले बालबालिकाको समग्र विकासका लागि विद्यालय र अभिभावकबिच नियमित संवाद, विश्वास र सहकार्य अपरिहार्य रहेको बताए । उनले बालबालिकालाई केवल परीक्षामुखी नभई जीवनोपयोगी सिप, नैतिक आचरण, अनुशासन,… पुरा पढौ

पश्चिमाञ्चल माविमा स्वागत र अभिमूखिकरण

पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यार्थीका लागि आयोजित उक्त कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही समयमा सही विषय छनोट गर्न सकेमा मात्र भविश्य उज्जवल हुन्छ । बेलैमा सही विषय छनोट गर्नुपर्छ,’ उनले भने, ‘अबका दुईवर्ष मेहनत गरेमा विद्यार्थीको जीवन उज्जवल हुनेछ ।’विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए । कोइरालाले भने, ‘अबको दुईवर्ष कतैपनि अन्योलमा नपर्नु,… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस सम्पन्न, व्यवसायमैत्री नीति र औद्योगिक विकासमा जोड

गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन्। राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन् ।लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबुत बन्न सक्ने धारणा व्यक्त गरिन्। उनले निजी… पुरा पढौ

पोखरामा उत्कृष्ट कफि कृषक सम्मानित,बाँदरले क्षति पुर्‍याउने क्षेत्रमा कफि खेती गर्न सुझाव

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा सो एक दिने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । त्यस अवसरमा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफि कपिङमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा कृषकहरूलाई नगद… पुरा पढौ

बालेन सरकारबिरुद्ध आन्दोलनका लागि पत्रकार र कर्मचारीलाई उक्साउँदै गण्डकीका मुख्यमन्त्री

सन्देश श्रेष्ठपोखरा, असार २० पुराना दलहरुलाई बिस्थापित गर्दै नया शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको छ । केहि वर्ष अघिमात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै दुईतिहाई मत पाएर सरकार बनाएको छ । सो पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वमा सरकार बनेसँगै पुराना दलहरु रुष्ट छन् । अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरु आक्रोषित छन् । त्यसमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि अछुतो छैनन् । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री… पुरा पढौ

फेवातालमा अलपत्र परेकी युवतीको सकुशल उद्धार

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा अलपत्र परेकी एक युवतीको सकुशल उद्धार गरिएको छ । उनी फेवातालमा कायकिङ गर्ने क्रममा अचानक हावाहुरी आएपछि तालको बीचमा अलपत्र परेकी थिईन् । काठमाडौँको नारायणटार घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाँललाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खट्टिएको टोलीले सकुशल उद्धार गरेको हो । फेवातालस्थित फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा टोली उद्धारका लागि खटिएको थियो । विशेष विपद् उद्धार टोलीले तुरुन्तै… पुरा पढौ

गण्डकीका ५ जना अग्रज पत्रकार सम्मानित,प्रविधिको विकाससँगसँगै आमसञ्चारमा चुनौती थपियो: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । गत मंगलबार मात्र निधन भएका स्व.… पुरा पढौ

नागरिक सहयोग समितिमा तिमिल्सीना, मातृशिशुको सेवालाई थप प्रभावकारी बनाईने

नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् । बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुशीला थापा,सचिवमा मोहनकुमार सुनार,कोषध्यक्षमा रञ्जु गुरुङ र सदस्यमा बसन्त बानियाँ,मेहरमान थापा,भिमबहादुर थापा, गुमादेवी गौतम चयन भए । एक जना सदस्य समितिले मनोनित गर्ने जनाईएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा सबै नागरिकको सहज… पुरा पढौ

पूर्वाधारमन्त्री लम्साल र पर्यटन मन्त्री पौडेल कोरला सडकको निरीक्षणमा

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कोरला पुगेका छन् । शुक्रबार बेनी(जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा बास बसेका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल गनेश, मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि सहभागी छन् । कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उनीहरु यहाँ आएका हुन् । त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा… पुरा पढौ

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । उक्त सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन् । पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडक सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए । विसं २०७७ माघसम्म निर्माण सम्पन्न गर्रेगरी विसं २०७६ असार २६ गते ठेक्का… पुरा पढौ