गण्डकी

गण्डकी प्रदेशमा गुरुङ समुदायद्वारा ट्होटेँ पर्व मनाइँदै

गण्डक क्षेत्रका कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत जिल्लामा गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ पर्व आज हर्षोउल्लासपूर्वक मनाइँदैछ । गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रुपमा बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ । ट्होटेँका अवसरमा कास्कीको अन्नपूर्ण, मादी, माछापुछे्र गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । उक्त समुदायले आफ्नो पुस्तैनी पर्वलाई धान्दै आएको छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप यस पर्वको सुरुआत भएको मानिन्छ । तमु धिँ नेपालका अध्यक्ष हुम… पुरा पढौ

कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु ९० लाख बजेट विनियोजन गरेको छ ।गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब छ हजार ५०० घरधुरी छन् । सबै नागरिकको स्वास्थ्य बिमा गर्न विनियोजित बजेट अपुग भए आवश्यकताअनुसार थप बजेटको व्यवस्था… पुरा पढौ

सुक्खा पहिराले म्याग्दीमा विद्युतगृहमामा क्षति: एक जना बेपत्ता ,एक जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् । विद्युत गृहमाका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेका र विकलाई घाइते अवस्थामा उद्धार तथा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रदेश अस्पताल… पुरा पढौ

नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै

सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ । परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा ९जगात्० माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै… पुरा पढौ

खेलकुद पदक वितरणमा भएको अनिमितता : सचिवको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन

सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानविन हुने भएको छ । गखेपले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतोको छानविन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्यीय छानविन समिति बनाएको हो । मन्त्री स्तरीय निर्णयले बनेको छानविन समितिको संयोजकमा मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल रहेका छन् भने सदस्यमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला रहेको गण्डकी प्रदेश… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसका विद्यार्थी जटायु संरक्षण केन्द्रमा, जैविक विविधता जोगाउन सक्रिय

पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।पृथ्वीनारायण क्याम्सका ४० विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीले मरेका जनावरका हड्डी सङ्कलन… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा हाइकिङ हुने

पोखरा, २४ साउन । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका-९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा हुने हाइकिङ स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित आयोजना गर्न लागिएको हो। पोखरा–९ महेन्द्र पुलस्थित फल्चाबाट शनिबार बिहान करिब ७ बजे हाइकिङ सुरु भएर पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले भने। हाइकिङमा सहभागी… पुरा पढौ

लायन्स साझा चौतारीको रक्तदानमा, ५५ युनिट संकलन

लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन भएको छ । बर्षासंगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । लायन्स क्लव रक्तदान विभाग प्रमुख मिन वहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान, जीवनदान महादान बाट प्रेरित लायन्स क्लवहरुले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताए । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने… पुरा पढौ

सामुदायिक वन दिवसका अवसरमा रातोपैह्रा वनमा वृक्षरोपण

सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताईन् । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उनले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि प्रोत्साहन गरिएको जानकारी दिईन् ।… पुरा पढौ

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्न लागेको हो ।रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्तिमार्फत जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म… पुरा पढौ