गण्डकी

बागलुङमा चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो । हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ । घटना गए राति भएको हो । हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति निजलाई जिल्ला अदालत पुर्याइएको छ । रासस पुरा पढौ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन । ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन् । ती कम्पनीले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गरेकाले बजारमा अभाव देखिएको जनाएका छन् । गृहलक्ष्मी ग्यास कम्पनीले गत आवको साउनमा कास्कीमा ३७ हजार सिलिन्डर… पुरा पढौ

ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीको सम्झनामा दीप प्रज्वलन

पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा बाराही टाउनले ब्रोडपिक हिमपहिरोमा ज्यान गुमाएका पर्वतारोहीको सम्झनामा दीप प्रज्वलन गरेको छ।लायन्स डिस्ट्रीक्ट ३२५ आई नेपालअन्तर्गतको क्लबले श्रावण महिनाको अन्तिम सोमबार पोखराको सहिदचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।क्लब अध्यक्ष लायन लक्ष्मी शाह न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ आई नेपालका पूर्व गभर्नर लायन विनोद ढुंगाना प्रमुख अतिथि थिए।कार्यक्रममा डिस्ट्रीक्ट एसिस्टेन्ट चिफ एडभाइजर लायन शान्ति थापा, लायन सूर्यनारायण बराल, डिस्ट्रीक्ट चिफ कोर्डिनेटर लायन विष्णुप्रसाद ढुंगाना, डिस्ट्रीक्ट एक्जुकेटिभ लायन रोजी श्रेष्ठ,… पुरा पढौ

इन्जिनियरिङको प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान

इन्जिनियरिङ तर्फ स्नातक तह अध्ययनका लागि विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीलाई प्रतिभा माविले मंगलबार सम्मान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउन सफल विद्यार्थी सहित उनीहरुका अभिभावकलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई विद्यालय संचालन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल,निर्देशक राकेश जोशी र प्राचार्य किरण सापकोटाले सम्मान गरे । कार्यक्रममा विद्यालयका निर्देशक राकेश जोशीले विद्यार्थीको यो सफलतामा सबैभन्दा बढी योगदान विद्यार्थीकै रहेको र त्यसमा अरुले… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा जेसीजले दुई कार्यक्रम गर्ने

पोखरा, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।‘परिवर्तनलाई गति दिऔँ, नेतृत्व सशक्त बनाऔँ, युवा रूपान्तरण गरौँ’ भन्ने सन्देशसहित आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय… पुरा पढौ

मन्त्रिपरिषद् बैठकः सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा

सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न… पुरा पढौ

पोखरामा हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा सरसफाइ तथा पुष्परोपण

पोखरामा हुने समर हाइकिङको पुर्व संन्ध्यामा पोखरा–९ स्थित फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण गरिएको छ । सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ को आयोजना हुँदैंछ । सहारा क्लब पोखराको आयोजना तथा पोखरा महानगरपालिका–९ को समन्वयमा हुने हाइकिङको प्रचारप्रसारसँगै पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ तथा पुष्परोपण गरिएको क्लवले जनाएको छ । कार्यक्रममा विभिन्न जातका एक सय भन्दा बढी फूलका बिरुवा रोप्नुका साथै फलफूल तथा अन्य रुखका बिरुवाको गोडमेल र पार्क… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गरेका छन् । उनी बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको औपचारिक निमन्त्रणमा हेटौंडा पुगेका हुन् । प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानीस्थित हेटौँडा सहिद स्मारक, भैरवडाँडास्थित पाथीभरा मन्दिर, मकवानपुरगढीस्थित ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रको स्थलगत अवलोकन गराएका थिए । उनीहरूबीच दुई प्रदेशबीचको सम्बन्ध सुदृढ बनाउँदै विकास, अनुभव आदान–प्रदान र सहकार्य प्रदेशका गतिविधि, उपलब्धि र चुनौतीबारे छलफल भएको थियो । दुवै प्रदेशले सफल अभ्यासको अनुसरण… पुरा पढौ

कास्कीका पालिकालाई सिमांकन पुनरावलोकनको लागि प्रस्ताव पठाउन भदौं १ सम्मको म्याद

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउन थप सात दिनको म्याद दिईएको छ । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताव पठाउने म्याद भदौं १ गतेसम्मलाई थप गरिएको जनाइएको छ।समितिले साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताव पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताव प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताव पठाउन… पुरा पढौ

मुस्ताङमा अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङमा कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात जना व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ । बिनाअनुमति अवैध रुपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसारपोसार गरेको आरोपमा ग१त ७६५३, ग१त ७५९७, ग१त ६६५३, ध१त ११४, ग१त ६०८८ र ग१त ६९५४ नम्बरको ट्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो । उनीहरु जोमसोम–कोरला सडकखण्डअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित एक्लेभट्टी नजिकको कालीगण्डकी नदी बगरमा अवैध रुपमा बालुवा उत्खनन गरी ओसारपोसार गर्दै थिए ।… पुरा पढौ