गण्डकी

मिलेमतोमा पदक वितरण विवाद : छानबिन समितिको म्याद तीन दिन थपियो

पोखरा, २९ साउन । गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न गठित समितिको म्याद तीन दिन थपिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार म्याद थपिएको समितिका संयोजक तथा गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले जानकारी दिए । यसअघि साउन २४ गते बनेको छानबिन समितिको म्याद आज सकिएको थियो । काम नसकिएकोले म्याद थप गरिएको उनले बताए ।समितिले आज २९ गतेसम्म छानबिनको काम सकेको र अब प्रतिवेदन लेखनको काम सुरु गर्ने पौडेलले जानकारी दिए… पुरा पढौ

स्टेप बाई स्टेप मा.वि. मा चेस प्रतियोगिता सम्पन्न

स्टेप बाई स्टेप माध्यमिक विद्यालय, पोखरा–७, मासबारमा कक्षा ६ देखि १० सम्मका विद्यार्र्थीहरूबीच चेस प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १५५ जना छात्र तथा छात्राहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्रातर्पm पूर्णिमा गुरुङ (कक्षा ७), करिश्मा तामाङ (कक्षा ७), आइस्ना थापा (कक्षा ९), सवित्रा नेपाली (कक्षा १०) क्रमशः प्रथम, द्वितीय र दुई जना तृतीय हुन सफल भएका थिए । त्यसैगरी कक्षा ६–८ छात्रतर्पm सुशान्त गुरुङ (कक्षा ७) प्रथम, एल्सन थापा (कक्षा ७) द्वितीय र सम्राट थापा (कक्षा ७) तथा… पुरा पढौ

पोखरा महानगरको ड्रिम प्रोजेक्ट ‘पोखरा घर’ सञ्चालन

सन्देश श्रेष्ठपोखरा, साउन २९ पोखराको चिनारीका रुपमा निर्माण गरिएको ‘पोखरा घर’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाको करीब साढे ५ करोड लगानीमा पोखरा पृथ्वीचोकमा ‘जेड’ आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो । पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उद्घाटन गरे । २ सय ८५ वर्गमिटरमा निर्माण गरिएको यो भवन पाँच तलाको छ । यो निर्माणका लागि ७ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिए… पुरा पढौ

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड दिएको छ । आज आयोजित प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिए । यस व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसका साथै, वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी… पुरा पढौ

भलामको महामाया मन्दिर परिसरमा वृक्षरोपण

पोखरा महानगरपालिका वडा नं. २०, भलामस्थित महामाया मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । स्थानीय भलाम डाँडाखोर बहुद्धेश्यीय सहकारी संस्थाले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको सो कार्यक्रममा रुद्राक्ष,वेलपत्र, पारिजात, गुलमोहर,धुपीसहित बिभिन्न प्रजातीका फलफुल गरी एक सय बढी विरुवा रोपिएको संस्थाले जनाएको छ । यसअघि कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले वातावरण र पर्यावरणको संरक्षणका लागि नियमित रुपमा वृक्षरोपण गर्नुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाले आर्थिक क्रियाकलाप मात्र नगरी वातावरणीय संरक्षणका क्षेत्रमा पनि काम गरेको भन्दै प्रशंसा गरे । सहकारीका अध्यक्ष… पुरा पढौ

सहारा क्लवको हाईकिङ भोलि, तयारी अन्तिम चरणमा

पोखरा, २४ साउनपोखराको सहारा फुटवल एकेडेमीको सहयोगार्थ पोखरामा भोलि शनिबार हाइकिङ हुने भएको छ । पोखरा महानगरपालिका–९ को कार्यालयको समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा पोखरामा भोलि स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित सहारा फुटवल एकेडेमीको सहयोगार्थ ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुन लागेको हो ।पोखरा–९ स्थित फल्चाबाट बिहान करिब ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने गरी हाईकिङको यात्रा तय गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने… पुरा पढौ

पोखराको मालेपाटनमा भोलि मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुँदै

सन्देश श्रेष्ठपोखरा, साउन २९ तायाःमचा नाच समिति पोखरा–५ मालेपाटनकाृ आायोजनामा भोलि शनिबार तेस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुने भएको छ । मालेपाटनस्थित वाराही माविको खेलमैदानमा बिहान १० बजेदेखि राति १० बजेसम्म लाखे नाच प्रदर्शन गर्न लागिएको हो । लाखे संस्कृति संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा पोखरा र आसपासका विभिन्न स्थानका २० वटा लाखे समूहले एउटै मञ्चमा लाखे नाच प्रदर्शन गर्नेछन् । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसँगै नेवारी खाना, खाजा र स्थानिय उत्पादनको प्रदर्शन तथा बिक्रीसमेत… पुरा पढौ

कुँडहरको सहयोग घार्मीलाई

पोखरा १२ स्थित कुँडहर आमा समुहले महेन्द्र मावि, घार्मीलाई स्टेशनरी सहयोग गरेको छ । बिभिन्न क्षेत्रमा सामाजिक सेवा गर्दै आईरहेको समुहले बिहीबार सो विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री अन्र्तगत कापी, कलम वितरण गरेको हो । ति सामाग्री समाजसेवी प्रेमप्रसाद गौतम र आमा समुहका अध्यक्ष प्रभा गौतमले हस्तान्तरण गरिन् । कार्यक्रममा बोल्दै समाजसेवी गौतमले विद्यालयको शैक्षिक विकासमा आफु आवद्ध संघ संस्थाबाट पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । समुहका अध्यक्ष समेत रहेकी पुर्व शिक्षक प्रभा गौतमले विद्यार्थीको शैक्षिक विकासका लागि सानो सहयोगले… पुरा पढौ

पहिरो र बाढीले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित, रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता,कास्कीमा अलपत्र परेका तीन जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले जनजीवन प्रभावित बनाएको छ । गएराती परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा पहिरोले मानविय क्षती समेत हुन पुगेको छ । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र… पुरा पढौ

पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।बिहीबार मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीको प्रमुख आतिथ्यतामा रु १ लाख ५५ हजार लागतमा जडान गरिएका ८ वटा उच्च प्रविधियुक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीले लायन्सको यो… पुरा पढौ