प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो । मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । “यो पदयात्राका लाग उत्तम याम हो, तर यही बेला मौसम प्रतिकूल हुँदा पर्यटनमा असर पुगेको छ”, उनले भने, “कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् ।” जोखिमको अवस्था मूल्याङ्कन गरेर निश्चित क्षेत्रमा…
पुरा पढौ