गण्डकी

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको मुख्यमन्त्री पाण्डेको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका कामले गति लिएको बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिका १ र गोरखा नगरपालिका १२ जोड्ने लुदीखोला मोटरवेल पुलको आज उद्घाटन गर्दै उनले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताए । गोरखाको रणनीतिक ग्रामीण सडकखण्डको रुपमा रहेको स्याउली बजार,भट्ट फाँट, मनकामना सडकखण्डमा नवनिर्मित मोटरेवल पुल निर्माण सुरु भएको आठ महिनाभित्रै काम सक्नुले पनि सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । “विकास निर्माणका आयोजनाहरू वर्षौं अलपत्र पर्ने… पुरा पढौ

स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’

स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी गहना क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याएको छ । परम्परागत रूपमा सञ्चालन भइरहेका गहना व्यवसायलाई आधुनिक एवं डिजिटल प्रणालीतर्फ उन्मुख गराउने लक्ष्यका साथ यो सफ्टवेयर औपचारिक रूपमा शनिबारदेखि बजारमा ल्याइएको हो । स्वर्डफिस टेक्नोलोजीका प्रबन्ध निर्देशक किसान सुनारका अनुसार यो आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त सफ्टवेयर हो । यसअघि काठमाडौँमा मात्रै करिब २ सयभन्दा बढी व्यावसायिक कम्पनीहरूले यसको सफल प्रयोग गरिसकेका छन् ।यस सफ्टवेयर परिवर्तित समयानुसार अनुकुल रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव निर्मल दियालीले… पुरा पढौ

नेपाल परिवार नियोजन संघ कास्की शाखाको अध्यक्षमा पुनः सिग्देल

पोखरा । नेपाल परिवार नियोजन संघको शनिबार सम्पन्न ४५ औँ वार्षिक शाखा सभाले पुनः नविन सिग्देललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल ‘आभाष’, महिला सदस्यमा डा.लक्ष्मी पौडेल र विशेष सदस्यमा कमल कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशचन्द्र त्रिपाठीले जानकारी दिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथिका पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको विस्तारमा नेपाल परिवार नियोजन संघले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको… पुरा पढौ

फिफा विश्वकपमा आइतबार बिहान दुई खेल, घनिष्ठ मित्रता गाँसेका बेलिङहम र हालान्ड भिड्ने

फिफा विश्वकप फुटबल अन्र्तगत आइतबार बिहान क्वार्टरफाइनलका दुई खेल हुने भएका छन् । तेस्रो क्वार्टरफाइनलमा बिहान पौने ३ बजे नर्वे र इङ्ग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् भने अन्तिम क्वार्टरफाइनलमा पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्नेछन् ।घनिष्ठ मित्रता गाँसेका इंग्ल्यान्डका जुड बेलिङहम र नर्वेका एर्लिङ हालान्ड आमनेसामने हुँदा समर्थकहरू केवल गोलको प्रतीक्षामा मात्र छैनन्, उनीहरू मैदानभित्र यी दुईबीचको आत्मीय सम्बन्ध पनि हेर्न उत्साहित छन्।बेलिङहम र हालान्डको मित्रता जर्मन क्लब बोरुसिया डर्टमन्डमा सँगै खेलेको समयदेखि सुरु भएको हो। यसअघि आज… पुरा पढौ

२ लाख २२ हजार २ सय २२ राशीको श्रीपती समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई

पोखरा, असार २७ यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मानव सेवामा समर्पित मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठीको २१९ औं जन्मजयन्तीको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०८२ सो आश्रमलाई अर्पण गर्न लागिएको जानकारी दिइएको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए । छनौट समितिको सिफारिसमा मानव सेवामा समर्पित सो… पुरा पढौ

पहिरोले बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

पहिरोले राष्ट्रिय गौरवको आयोजना बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । शुक्रबार साँझ नै ढोरपाटन पुगे पर्यटक फर्किन पाएका छैनन् भने बिदामा घुम्न हिँडेका पर्यटक फल्लेघरमै अलपत्र परेका हुन् । मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब… पुरा पढौ

मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार

यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । श्रीपति कोइराला गुठी पोखराले स्थापना गरेको यस पुरस्कार राशि नगद रु दुई लाख २२ हजार २२२ रहेको छ । गुठीले आज श्रीपतिको २१९औँ जन्म दिन पारेर पोखरामा कार्यक्रम आयोजना गरी पुरस्कार घोषणा गरेको हो । गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले मानवीय सेवामा देशभर क्रियाशील रहेको मानव सेवा आश्रमलाई पुरस्कार प्रदान गर्नका लागि छनोट समितिको सिफारिसअनुसार निर्णय गरिएको बताए । उनका अनुसार स्व श्रीपतिको स्मृति र सम्मान… पुरा पढौ

पोखरामा सट्टेबाजको सञ्जाल, ७ भारतीयसहित ८ जना पक्राउ

सन्देश श्रेष्ठपोखरा, असार २६ पोखरामा अनलाईन सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । भारतीय नेटवर्कसँग आबद्ध भई विभिन्न खेलमा सट्टेबाजी गर्दै आएका उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा एक नेपाली र ७ भारतीय छन् । कास्की प्रहरीका अनुसार उनीहरु पोखरा–१८ सेदीमा अस्थायी रुपमा बस्दै आएका उनीहरु भारतीय एक सट्टेबाजीमार्फत परिचालित सट्टेबाजहरु हुन् । तलबी रुपमा काम गर्दै आएका उनीहरुमध्ये दार्चुला घर भई पोखरा–१८ सेदी बस्ने ३१ वर्षिय दीनेशसिंह बोहरा मात्र नेपाली हुन्… पुरा पढौ

कर्म–कर्ण पत्रकारिता पुरस्कार, पत्रकार हितान मगर र गुरुङलाई

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी… पुरा पढौ

पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट कास्कीका अग्रज पत्रकारद्धय रुद्र बहादुर हितानमगर र इन्दिरा गुरुङलाई सम्मान गरिने भएको छ । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँको श्रीमान कर्ण गुरुङको बैबाहिक बर्षगाँठको अवसरमा स्थापित यस पुरस्कार २०८२ बाट पत्रकार हितानमगर र २०८३ बाट गुरुङलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले सिफारिस गरेको पत्रकार हितानमगर र गुरुङको नाम फोनिज कास्कीको बैठकले अनुमोदन गरेको फोनिज कास्कीका अध्यक्ष बिना कुमारी थापाले जानकारी… पुरा पढौ